मनै लोभ्याउने स्वर्गको टुक्रा जस्तो मुस्ताङको लोमन्थाङ

चन्द्रश्वर बस्ताकोटी

मुस्ताङ १२ मङ्सिर  । बिकाससगै बिनास बढेकाले लोमन्थाङको पहिचान बदलिदै गएको छ । मध्ययुगिन ऐतिहासीक ‘माटोको सहर’ लोमन्थाङलाई केहि पाउन केहि गुमाउनु पर्छ भने जस्तै भएको छ । हिमाली जिल्ला मुस्ताङका बस्तीमा आधुनिक विकासको पहुच बढ्दै जादा यसको पहिचान बदलिदै गएको हो । प्राचिन आर्कषक बस्ती लोमान्थाङले अहिले सम्म ऐतिहासीक तिब्बतियन शैलीलाई पछयाउदै आएपनि पछिल्लो समय बिकासका लागि यँहाका बासिन्दा रड र सिमेन्ट लगायत आधुनिकतामा आकर्षीत हुदै गएका छन ।

lomanthang

सडकको पहुच र पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जादा प्राचीन बस्ती कक्रिटमा परिणत हुने खतरा छ । “मुस्ताङ जस्तो अधिक चिसो हुने उच्च हिमाली क्षेत्रमा ‘सिमेन्ट, छड, जस्तापाता प्रयोग गरी बनाइएका संरचनाहरु सांस्कृतिक र आथिर्क दृष्टिले मात्र नभई स्वास्थ्यका दृष्टिले उपयुक्त हुदैनन्” लोमान्थाङका गाबिस सचिब एव स्थानिय धुर्मीआङग्याल विष्टले भन्नुभयो, “यहाँका करिब ७ सय वर्र्ष पुराना घरहरु कुनै आधुनिक सहरका भवन भन्दा कम बलिया छैनन, सस्ता र स्वस्थकर पनि छन् ।

आधुनिक घर पनि यहींको परिवेश, सस्कृति सुहाउदो गरि सुधार गरेर बनाउन सकिन्छ ।” यिनै कारणले मुस्ताङलाई बिश्वका सबै भन्दा बढि पर्यटकले हेर्ने लोन्ली प्लानेटले सन २०१३ का लागि बिश्वको उत्कृष्ट तेस्रो गन्तब्यका रुपमा राखेको थियो भने युनेस्कोले विश्व सम्पदासूचिमा राख्न चाहेको ‘माटोको शहर’ क्रमश आधुनिकतालाई पछ्याउदै जान थालेको छ । न्यून वर्षा, एकोहोरो वेगले चल्ने चिसो सुक्खाहावा यहाको विशेषता हो । निलगिरी, धौलागिरि लगायतका हिमशृंखलाले छेक्ने भएकाले मुस्ताङलाई छायावृष्टि हुने क्षेत्रकारुपमा हेर्ने गरिन्छ । न्युनवर्षा र हावाको असरबाट जोगिन मुस्ताङका घर र गुम्बाहरु काँचो सख्खरमाटोको इँटाले बनाइएका छन भने, छाना पनि माटाकै हुन्छन् । मुण्डे घरका छानामा चाङ मिलाएर दाउरा राख्नु यहाँको मौलिक संस्कृति हो ।

घाम लाग्दा चट्टानझैं कडा र पानी पर्दा सख्खर चट्टान जस्तै बिस्तारै पग्लिने भएकाले पनि माटोको अधिक प्रयोग हुने गरेको छोसेरका कर्मसम्टुक गुरुङले बताउनु भयो । “यस क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्ने र नराख्ने विषयमा स्थानीयबासिन्दाबीच विवाद छ । आथिर्क रुपमा सम्पन्न मानिनेहरुले सूचीकृत गरेर आफूहरुलाई ‘संग्राहालय’ मा राख्न खोजेको आरोप लगाएका छन । यसको महत्त्व बुझेको समूह भने सूचीकृत भएपछि बढ्ने पर्यटकका कारण स्थानीयले लाभ लिन सक्ने बुझाइमा छन्,” अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय एक्याप लोमन्थाङका संरक्षण अधिकृत सन्तोष शेरचनले भन्नुभयो ।

‘प्राचीन सभ्यता र बस्तीको स्वरुप नबिगारी बिकासलाई निरन्तरता दिनु पर्ने एक्यापका संरक्षण अधिकृत शेरचन भन्नुहुन्छ, ‘होमस्टेको विकास गर्न सके आन्तरीक एव बाह्य पर्यटकबाट सबै क्षेत्रका स्थानीय बासिन्दा लाभान्वित हुन सक्छन् ।’ लोमन्थाङ जस्तै अन्य बस्ति समेत आधुनिकता तर्फ उन्मुख बनेपनि पछिल्लो समय यहाका संरचनामा क्रमभंग हुने क्रम जारी छ । माटो र काठको मात्र प्रयोग गरि घर, गुम्वा बनाउने परम्परा आधुनिकतासगै तोडिदै छ । माटाले बनेका घर सदरमुकाम जोमसोम, ठिनी, झारकोट, मुक्तिनाथ, कागबेनी, मार्फा, छुसाङ, टुकुचे, झोङ, सुर्खाङ, घमी, चराङ, छोसेर, छोण्हुपमा समेत छन् ।

ती सबै प्राचीन बस्तीमा धमाधम आधुनिक संरचना बनिरहेका छन् । मुस्ताङी पूर्वयुवराज जिग्मे सिङगे परबल विष्ट ‘अशोक’ंको करिब ८ करोड लगानीको अत्याधुनिक रोयल रिसोर्ट लोमन्थाङमा निमार्णाधिन छ । यसले मुस्ताङको प्राचीन सभ्यता माथि चुनौती थपिएको स्थानीय बताउछन् । ‘। सिमेन्ट, छड लगायतका निमार्ण सामाग्रीको प्रयोग भएपनि बाहीरीरुप पुरानैशैलि देखिने गरि बनाउने पुर्वयुवराज अशोकले बताउनुभयो । एक्यापको तथ्याक अनुसार मुस्ताङमा वर्षायाममा औसत १ सय ८४ मिलिमिटर र सुख्खामा ५ मिलिमिटर भन्दा न्यून वर्षा हुन्छ । गर्मी याममा २० र हिउदमा माइनस २० डिग्र्र्र्र्र्र्र्र्र्री सेल्सियस सम्म तापक्रम हुन्छ ।

सख्खरमाटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले लोमन्थाङ पुरैगाँउ घेरिएको छ । २ सय ८० मिटर उत्तर–दक्षिण र १ सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको यो बस्ती प्रवेश गर्ने मुख्य एउटा मुल ढोका छ । लोमन्थाङका स्थानियबासी इन्द्रधारा गुरुङ भन्नुहुन्छ, “यस्तो वस्ती सायद विश्वमा कहीं कतै अस्तित्वमा छैन । यो क्षेत्र अनुपम प्राचिन, धार्मिक, ऐतिहासिक, सामरिक, पुरातात्वीक, संस्कृति, भेषभुषा र बास्तुकलाको दृष्टिले महत्वपूर्ण सम्पदा हो ।” तिब्र बिकास, बढ्दो आधुनिकता, जनसंख्या र पर्यटक आगमन वृद्धिले १ सय ४५ घरधुरीका लोमन्थाङवासी पर्खालले घेरिएको बस्तीमा उकुसमुकुस भई छटपटाउन थालेको अनुमान गर्न सकिन्छ । एक दशकयता करिब ५० घरधुरी बस्ती छाडेर बाहिर निस्किसकेका छन् ।

बस्ती बाहिरका घरमा पर्यटकीय होटल, रेस्टुरा र पसल खोलिएको छ । लोमान्थाङमा पर्यटकीय स्तरका १५ होटल छन् । आधुनिक तरिकाले रोयल रिसोर्ट बाहेक थप ३ वटा मध्यम स्तरका होटल निर्माणाधीन छन् । कागबेनी, घमी, चराङ, सुर्खाङ छोण्हुप, छोसेर र छुसाङमा पनि बर्सेनि होटल, रेस्टुरा थपिदै छन् । पछिल्लो समय पर्यटकको सख्यामा बद्धि हुनथालेपछि स्थानिय उत्पादन, पुराना सामाग्री, क्युरियो पसल र आर्ट ग्यालरी बढेका छन् । मेरो जिल्ला डटकमबाट 

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*