स्वर्गको टुक्रा जस्तो प्राकृतिक सौन्दर्यको अदभुत नमुना रारा ताल

शुर बहादुर सिंह

जुम्ला – सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसैंपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ । पर्यटन व्यवसायी गोपाल बमले भने – “असार, साउन र भदौसम्म पर्यटकको त्यति चहलपहल देखिएन, तर चैत, वैशाख, जेठ र असोजमा दैनिक २०–२५ आउने गरे पनि दसैंको दुई दिनपछि प्रतिदिन डेढ सयदेखि दुई सयको भीड लाग्न थाल्यो ।” अहिले यहाँका व्यवसायीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।

001_rara-sec_rara-lake_bharat-bandhu-thapa_ghtdp_618x385उहाँका अनुसार यो समयमा धेरै आन्तरिक पर्यटकले रारा अवलोकन गरेका छन् । त्यसमा पनि ज्यादा जसो काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन, भैरहवा, बुटवल, सुर्खेत र केही पूर्वी जिल्लाका पर्यटक रहेका छन् । बाह्य पर्यटक भने अमेरिका र युरोपेली मुलुकहरुबाट बढी मात्रामा आउने गरेका छन् । त्यहाँ पुग्ने पर्यटकलाई रारा राष्ट्रिय निकुञ्जद्वारा सञ्चालित हेरिटेज गेस्ट हाउस, पूर्णादेवी बमको डाँफे गेस्ट हाउस र तालबाट १५ मिनेट तल माझघट्टका होटलमा व्यवस्थापन गरिँदै आएको उनले बताए । रारा हेर्न आउने कर्मचारीको पनि बाक्लै रहेको बमको अनुभव छ ।

सरकारको वार्षिक नियमित कार्यक्रम सञ्चालन गर्नेका लागि रारा ‘पशुपतिको यात्रा सिद्राको व्यापार’जस्तै भयो । यो पटक सर्वोच्च अदालतका न्यायाधीश, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव, पशुपक्षी विकास मन्त्रालयका सचिव, मध्यपश्चिम सुर्खेतका क्षेत्रीय प्रशासकको रारा अवलोकन भ्रमण पनि भयो ।

rara-lakeउनीहरुले पर्याप्त होटेलसहित होमस्टे र बोटिङ लगायतका थप सेवा प्रवाह गर्नसकिए सिङ्गो कर्णाली क्षेत्रको पर्यटन विकास हुने सुझाव दिए । सर्वोच्चको टोलीले रारा पुग्ने मार्गमा पर्ने कालीकोट, मुगु र जुम्लामा ‘न्यायमा नागरिक पहुँचको अवस्था’ विषयको कार्यक्रम, शान्ति मन्त्रालयको पुनःनिर्माण र शान्तिको अवस्थाको अनुगमन, पशुपक्षी विकास मन्त्रालयको दैलेख, कालीकोट र मुगुमा पशुपक्षी विकासअन्तर्गत सञ्चालित क्रियाकलापको अनुगमन तथा निरीक्षण र क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको कर्णाली क्षेत्रको सुशासन, सेवा प्रवाह र विकासबारे कालीकोट, मुगु र जुम्लाको अध्ययन, अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम थियो ।

04062016093005rara-1000x0मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले यस वर्ष रारा ताल हेर्न आउने पर्यटक ह्वात्तै बढेको बताउनुभयो । आउने सबै पर्यटकको बसाइ शान्त र सुरक्षित रहेको प्रजिअ शर्माले बताए । आफू छ हजार नौ सय ८६ मिटर उचाइ रहेको ६ नं प्रदेशको सबैभन्दा नजिक र सजिलो चीनसँग जोडिएको नाका नाक्चेलाग्नामा पुगेको जानकारी दिए । यो नाका चाँडै खोल्न सकिए यहाँको समग्र विकास र ६ नं प्रदेशको समृद्धिको ढोका खुल्ने उनको भनाइ थियो । पर्यटकले कर्णाली राजमार्गलाई पहिलो प्राथमिकता दिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ रुद्रप्रसाद पण्डितले बताए ।

dsc09573-1024x682हवाईजहाजबाट महँगो र सबैको पहुँच नभएका कारण स्थलमार्ग प्राथमिकता परेको जनाउँदै प्रजिअ पण्डितले रारा पुग्नेले एकै पटक सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला र मुगु जिल्ला अध्ययन गर्ने मौका पाएको बताए ।

जुम्ला स्नोल्याडका होटल व्यवसायी ललितजङ्ग महतले रारा हेर्न आउने पर्यटक जुम्लाबास गरेरै जाने गरेको बताउनुभयो । आगन्तुक पर्यटक बढीभन्दा बढी भित्र्याउन रारा वरिपरिका मुर्मा, झ्यारी, पिना, पुम गाउँ होमस्टेका लागि उपयुक्त रहकेको पर्यटन व्यवसायी बताउँछन् । तथापि गरिबीका कारण त्यहाँका नागरिकले त्यो प्रकारको संरचना निर्माण गर्न नसक्ने भएकाले त्यसमा सरकारले होमस्टे निर्माणमा अनुदान दिनुपर्ने र सञ्चालनको अवधारणाबारे बुझाउनुपर्ने उनीहरुले सुझाएका छन् । रारा पुग्न बर्दिया चिसापानीको गावर भ्यालीमा पाँचवटा होमस्टे निर्माण गरिएका छन् भने सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसम्म पुग्ने पर्यटकीय पदमार्ग बनाउन थालिएको छ ।

rara-lake-2नाक्चेलाग्ना नाका पुग्ने पहिलो प्रशासक शर्मा

विसं २०२० यता उत्तरी चीनसँग जोडिएको नाका मुगुको नाक्चेलाग्ना पुग्ने नेपाल सरकारका पहिलो प्रशासक मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा छन् ।

प्रजिअ शर्माले यो वर्षको भदौ ३० गते मुगुका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र विप्लव माओवादीका प्रतिनिधिसाथ नाक्चेलाग्ना पुगेको बताए। “खासगरी मुगु जिल्लाको अति दुर्गम ‘एक गाउँ, एक गाविस र एक इलाका’का रुपमा परिचित मुगु गाउँमा राज्य छ भन्ने अनुभूति गराउन र बर्सेनि व्यापारी लुटिने घटनालाई न्यून गर्न त्यहाँ पुगेको उनले बताए ।

rara-lake-1024x683“शान्तिसुरक्षा दिनु राज्यको कर्तव्यका हिसाबले म स्वयम् चार दिन लगाएर मुगु गाउँ पुगे र हाम्रो मूल उद्देश्य नाक्चेलाग्नासम्मको निर्माणाधीन बाटोको स्थलगत अनुगमन गर्दै नाकामा पुगेर अवस्था बुझ्ने थियो”, उनले भने । प्रजिअ शर्माले भने, “दल र प्रहरी प्रशासन मुगुगाउँ हुँदै नाक्चेलाग्ना पुगेकाले यो वर्ष कुनै आपराधिक घटना घटेनन् र त्यहाँका नागरिकले पनि शान्तिको अनुभूति भएको टिप्पणी गरेका छन् ।” उनका अनुसार केही वर्षअघि मुगुका तत्कालीन प्रजिअ माथवरसिंह थापा मुगुगाउँ पुगेका रहेछन् ।

“६ हजार नौ सय ८६ मिटर उचाइको नाक्चेलाग्ना पुग्नुका साथै ढाइ घन्टा लगाएर चीनको ह्याचिमारा भन्ने ठाउँका चिनियासँग नेपालप्रतिको धाराणा बुझ्ने काम भयो”, उनले थपे । उनका अनुसार नेपालप्रति चिनियाँ सोच सहयोगी र सकारात्मक छ । नाक्चेलाग्ना छोटो र सहज नाका हो, यो मुगुबाट मात्र ८४ किलोमिटर टाढा छ तर बनेको १५÷१६ किमी बाटो भने गाडी हिँड्न लायकको छैन । चाँडोभन्दा चाँडो बाटो निर्माण भइदिए ६ नं प्रदेशको समृद्धिको ढोका खोल्ने उनको भनाइ थियो ।

डिभिजन सडक कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख अङ्गलाल रोकायाले बजेटको अभाव, ठेकेदारको लापरबाही, कार्यालयको रेखदेखमा कमी र प्रक्रियागत ढिलाइका कारण सडक निर्माणमा ढिलासुस्ती भएको बताए । गत वर्ष सरकारले विनियोजन गरेको रु सात करोड बजेटमा घटेर सत्यसाई निर्माण सेवा डोल्पाले रु तीन करोड २७ लाख ठेक्का लिए पनि काम गर्न नसक्दा त्यो बजेट ‘फ्रिज’ भएको हो । अहिले रु दुई करोड ५० लाखमा काम भइरहेको जनाइएको छ ।

गत वर्ष फागुनमा पूर्वसभासद् नरेश भण्डारी नेतृत्वको एक टोलीले नाक्चेलाग्ना खोल्ने अभियानअन्तर्गत ‘मुगु–गमगढी–नाक्चेलाग्ना सडक निर्माण’ एक छुट्टै परियोजना गठन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

रातोपाटीबाट 

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*