इन्टर्नसिप अनुभव: डाक्टरी ज्ञान तिखार्ने सशक्त माध्यम

1094169667sruti

डा. श्रुति पोखरेल

 मानिस स्वभावैले एक विवेकशिल र जिज्ञासु प्राणी हो । उ जहिले पनि आफ्नो सामुन्ने आउन कुनै पनि किसिमको तगारो हटाउँदै अगाडी बढ्नका लागि प्रयत्नशिल रहने गर्दछ । यहि विवेकले नै उसलाई अरु प्राणीबाट छुट्टाएको हुन्छ । के असल के खराब, के ठिक के बेठिक, के गर्न हुन्छ के गर्न हुन्न भन्ने ज्ञान उसमा रहेको हुन्छ । यसै विवेकका कारण मानव सदा आफ्नो जीवनमा विभिन्न विषयको अध्ययन तथा यसको उपयोगिता बारे शैक्षिक ज्ञान हासिल गरिरहेको हुन्छ र शिक्षाको अनेकौँ श्रृंखलाहरु पार गर्दै अध्ययनका अन्तरार्धमा आएर आफ्नो जीवन अनुरुपको शैक्षिक विषय अवलम्वन गर्दछ ।

ब्रम्हाण्डमा मानिसले बुझ्नु पर्ने जान्नै पर्ने विषयहरु धेरै छन् किनभने ज्ञानको भण्डार अनन्त छ । यिनै भण्डार भित्रको एक विषय हो चिकित्सा विज्ञान । मानव जीवनमा जन्मनु अगाडीदेखि मृत्यु प्रयत्नसम्मको समग्र जानकारी गराउने विष्या चिकित्सा वज्ञान नै हो । जसको क्षेत्रभित्र मानव लगायत मानव जीवनसँग सम्बन्ध राख्ने प्राणीहरुको सुक्ष्म अध्ययन समेत पर्दछ ।

इन्टर्नसिप भन्नाले कुनै पनि विषयको सैद्धान्तिक पक्षको अध्ययनपछि सो विषयको बारेमा गरिने व्यवहारिक एवं प्रयोगात्मक अध्ययन भन्ने बुझिन्छ । अझ चिकित्सा विज्ञानमा इन्टर्नसिपको निकै ठूलो महत्व रहन्छ । भर्खरै सैद्धान्तिक ज्ञान हासिल गरेका एमबिबिएसका विद्यार्थीले चिकित्सकिय अभ्यासमा आफूलाई अब्बल र दक्ष बनाउन इन्र्टनसिपले ठुलो भूमिका खेल्छ । एमबिबिएस गरेका विद्यार्थीले भविष्यमा बिरामीलाई गुणस्तरीय सेवा दिनका लागि आफूलाई तिखार्न पनि इन्र्टनसिप अनिवार्य गर्नुपर्ने हुन्छ । इन्टर्नसिप विद्यार्थीलाई डाक्टरी ज्ञान सिकाउने एउटा सशक्त माध्यम हो ।

सामान्य हिसाबमा भन्नुपर्दा एमबिबिएस डिग्री प्राप्त गरिसकेपछि विद्यार्थीहरुले आफ्नै कलेजमा एक वर्ष प्रयोगात्मक ज्ञान हासिल गर्न गरिने प्रयोगात्मक अभ्यासलाई इन्टर्नसिप भनिन्छ । इन्टर्नको सिधा अर्थ हुन्छ सिमावद्ध वा सिमाबन्धन । मेडिकल क्षेत्रमा भन्नुपर्दा इन्टर्न भनेको एमबिबिएस पुरा गरेका विद्यार्थीहरुले आफूभन्दा सिनियरहरुको अधिनमा रहेर उनीहरुको निर्देशनलाई पालना गर्दै बिरामीहरुको सेवा गर्नु हो । डाक्टरी विद्यार्थीले आफूलाई माझ्दै क्षमताको विकास गर्दै जाने माध्यम हो इन्टर्नसिप ।

इन्टर्न गर्नु एउटा अतिनै आवश्यक र अपरिहार्य व्यवस्था हो । किनकी एउटा एमबिबिएस विद्यार्थीले सैद्धान्तिक रुपमा आफूलाई सक्षम त सावित गरेको हुन्छ तर प्रयोगात्मक भैसकेको हुँदैन । हुन त उसलाई सक्षम बन्न केही वर्ष त लाग्छ नै । तर, पनि एउटा एमबिबिएस विद्यार्थीलाई प्रयोगात्मक ज्ञान आर्जन गर्न इन्र्टनले धेरै मद्दत गर्दछ । किनकी इन्र्टनको एक वर्षको अवधिमा उसले अस्पतालको विभिन्न फ्याकल्टीमा काम गर्ने अवसर पाएको हुन्छ र आफूले पढेको सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक ज्ञान पनि हासिल गर्दछ । जसका कारण विद्यार्थी विस्तारै विस्तारै डाक्टरी ज्ञान तर्फ परिपक्व हुँदै जान्छ र बिरामीले सही उपचार पाउँछन् ।

इन्टर्न आ–आफ्ना कलेज अनुसारको प्रणालीमा भर पर्दछ । कुनै मेडिकल कलेजहरुमा हरेक फ्याकल्टीहरुमा एक÷एक महिना वा कुनैमा एक महिना, कुनैमा दुई महिना गर्नुपर्ने हुन्छ भने कुनैमा ४५ दिन वा १५/१५ दिन पनि हुनसक्छ । आफ्नो आफ्नो कलेजहरुको विद्यार्थीहरु आपसमा मिलेर सेवा तालिका मिलाउने पनि गर्दछन् ।

इन्टर्नको आफ्नै महत्व र आवश्यकता छ किनकी एउटा विद्यार्थीले एमबिबिएस पास गरेर निस्किँदा उ सँग सैद्धान्तिक ज्ञान मात्र रहेको हुन्छ । सैद्धान्तिक ज्ञानका भरमा मात्र उसलाई जिल्लामा पठाइयो भने उसले रोगको सही डाइग्नोसिस गर्न सक्दैन, बिरामीले सही सेवा पाउन सक्दैनन । तसर्थ विद्यार्थीलाई एक वर्षसम्म अस्पतालमा काम गराएर उसलाई विभिन्न फ्याकल्टिजमा कामको अनुभव हासिल गर्ने अवसर प्रदान गर्न इन्टर्नसिपले ठुलो सहयोग गर्दछ ।

इन्टर्नसिपका समयमा विद्यार्थी धेरै जिज्ञासु र मिहेनती हुनुपर्छ । उक्त समयमा जति धेरै मिहनेत र बिरामीका बारेमा जानकारी लिन सकिन्छ त्यतीले सक्षम डाक्टर बन्न सकिन्छ । त्यसकारण चिकित्सकिय अभ्यासमा आफूलाई अब्बल बनाउन डाक्टरी विद्यार्थीले इन्र्टनसिपमा धेरै मिहेनत गर्नैपर्छ । आफूभन्दा सिनियर र आफु काम गरिरहेको वार्ड तथा कक्षमा रहेका अन्यसँग सिकिरहनुपर्छ । इन्टर्नसिपका समयमा कुनै लाज र डर नमानी सिक्ने र बिरामीसँग राम्रो व्यवहार गर्ने व्यक्ति नै सक्षम बन्न सक्नेछ ।

इन्टर्नसिपको एक वर्षको अनुभवमा मैले पनि धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएँ । यो अवधिमा सिकेका र बुझेका कुरालाई मनन गर्दै आगामी दिनमा बिरामीको सेवामा निरन्तर लाग्नेछु । बिरामीलाई सकेसम्म धेरै समय दिनेछु ।
स्वास्थ्य खबर बाट

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*