रजतपटमा दिपिकाको डेब्यू

काठमाडौंः चलचित्र ‘ऐश्वर्या’को छायांकन सुरु भएको छ । नायक रमेश उप्रेतीले निर्माण गर्न लागेको यो चलचित्र लामो समयदेखि विभिन्न कारणले चर्चामा रहेको छ । नव नायिका दीपिका प्रसाँइले यहि चलचित्रबाट रजतपटमा डेब्यू गदैछिन् ।

deepika-prasai-copyवैष्णोदवी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन पेप्सीकलाबाट सुरु भएको निर्माण पक्षले जनाएको छ । दिवाकर भट्टराइले ‘ऐश्वर्या’लाई लेखन तथा निर्देशन गरेका हुन् । राजेश श्रेष्ठको छायांकन रहने चलचित्रलाई ४५ दिन लगाएर खिच्ने निर्देशकले जानकारी दिएका छन् ।

deepika-prasaiचलचित्रमा अर्जुन पोखरेल र विराज गौतमको संगीत, हिमाल केसीको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । रमेश उप्रेती, केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, प्रशान्त ताम्राकार, विकास खतिवडा, अमित पोखरेल, निर्मल शर्माको साथमा नव नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*