दाङमा एक उपमहानगरपालिका र नौ ईकाई प्रस्ताब

7-pardesh1घोराही १९ कात्तिक ।  स्थानिय तह पुर्नसंरचना आयोगले परिमार्जित शर्त तथा कार्यविधि २०७३ बमोजिम नयाँ कार्यविधि प्रस्ताव गरेको छ । स्थनिय तह पुर्न संरचनना नयाँ कार्यविधि प्राविधिक सहयोग समितिले दाङमा एक उप–महानगरपालिका रहने गरी नौ ईकाई प्रस्ताव गरेको हो ।

समितिले शुक्रवार जिल्ला विकास समिति दाङमा सर्वसाधरण ,नागरिक समाज र पत्रकारहरु संग छलफल गर्दै जिल्लाको भौगोलिक अवस्था , जनसख्या र वार्षिक आम्दानीको आधारमा नौ ईकाईको प्रस्ताव अघि सारेको हो । जसमा घोराही नगरपालिका , त्रिपुर नगरपालिका , रामपुर लक्ष्मीपुर ,सैघा ,सौडियार र धर्ना गाबिसलाई मिलाएर घोराही उपमहानगरपालिका वनाउने प्रस्ताव अघि सारेको छ ।

त्यस्तै स्युजा ,काभ्रे,लोहारपानी ,र हाँसीपुरको तल्लो क्षेत्रलाई एक ईकाई , गोवरडिहा ,गंगापस्पुर ,कोईलावास र गढवालाई मिलाएर एक ईकाई , लमही नगरपालिका , लालमटिया र सिसनियालाई मिलाएर एक ईकाई वनाउन प्रस्ताव गरेको हो । त्यसैगरी धनौरी , श्रीगाँउ , हेकुली र गोल्टाकुरी एक ईकाई ,पुरन्धरा ,वाघमारे ,शान्तिनगर ,पवननगर र पञ्चकुलेलाई मिलाएर एक ईकाई , मानपुर ,विजौरी र डुरुवाको एक ईकाई र तुलसीपुर नगरपालिकालाई मिलाएर एक ईकाईमा पुर्नसंरचनामा विभाजन गर्न सकिने प्रस्ताव अघि सारिएको छ ।

नागरिक समाज एंव र पत्रकारहरुले देउखुरीका केही वडाहरुलाई सामान्य हेरफेरका आधारमा प्रस्तावलाई सर्वसहमत निर्णय गरी स्वागत गरेका थिए । स्थानिय तह पुर्नसंरचना आयोगको परिमार्जित शर्त तथा कार्यविधि २०७३ बमोजिम दाङलाई न्युनतम १० र अधिक्तम १३ ओटा ईकाई वनाउन सकिने आयोगको प्रस्ताव रहेको छ ।

उपमहानगरपालिकाका हुनका लागि १ लाख ५० हजार जनसंख्या हुनुपर्ने ,समथर भुभागको हकमा नगरपालिका लागि ६० हजार पहाडी भेगका ४० हजार र गाँउपालिकाका लागि तराईमा ४० र पहाडी भेगका २२ हजार जनसख्या पुग्न पर्ने प्रावधान रहेको छ ।

About Kesharman Bc

One comment

  1. raj bahadur chaudhary

    sat bariya, bela and rajpur kaha parcha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*