Monthly Archives: November 2016

५ नम्वर प्रदेश टुक्राउने प्रस्तावको बिरोधमा एमाले भातृ संगठनद्धारा चक्काजाम

a2

तुलसीपुर  १५ मङ्सिर । अनेरास्ववियु र युवासंघ दाङले प्रदेश नम्वर ५ लाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा दाङमा एक घण्टा चक्का जाम गरेको छ । संविधान संशोधन तत्काल फिर्तालिन आग्रह गर्दै सांकेतिक बिरोध स्वरुप चक्का जाम गरिएको अनेरास्ववियु दाङका अध्यक्ष बिरबल खड्काले जानकारी दिए । तुलसीपुरमा भएको बिरोध सभालाई संवोधन गर्दै युवा संघ नेपालका अनुशासन आयोगका अध्यक्ष हिराचन्द्र ...

Read More »

रुकुममा निःशुल्क स्वास्थ्य शिविर समापन

_um_4255-copy

उदय के.सी रुकुम, १५ मङ्सिर । सुषमाकोईराला मेमोरीयल अस्पताल साँखु काठमाण्डौको आर्थिक तथाप्रविधिक सहयोगमा, जिल्ला अस्पताल रुकुमको समन्वयमा र रुकुमेली समाजविकास केन्द्र रुकुमको आयोजनामाजिल्ला अस्पताल सल्लेमा संचालितनिःशुल्क स्वास्थ्यशिविरको समापनभएकोे छ । शिविरमाआगोले पोलेर कुरुप, असक्त, अपांगभएका, शरिरको विभिन्नभागमा गाँठागुठी, सिष्ट पलाएका, पैतलाभित्रतिर फर्किएका, विष्फोटनमा परेका, जन्मजातओठ तालु फाटेका, आगोले पोलेर टाउकाको कपालगुमाएका ईत्यादिकालागिउपचार गरिएको सुषमाकोईराला मेमोरीयल अस्पताल साँखु काठमाण्डौका मेडीकल डाईरेक्टर एवं ...

Read More »

पत्रकार लामाको परिवारलाई आर्थिक सहयोग

img_7454

ललितपुर, १५ मंसिर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पार्षद स्वर्गीय दिलिप लामाको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।  बुधवार एक कार्यक्रमको आयोजन गरी नेपाल अमेरिका जर्नलिष्ट एशोसिएसन (नाजा) बाट प्राप्त ५२ हजार ९ सय ८० रुपैया र नेपाल पत्रकार महासंघले ललितपुर शाखाले ५ हजार रुपैँया सहयोग गरेको हो । उक्त सहयोग स्वर्गिय पत्रकार लामाकी जीवनसंगिनी गितादेवी ग्यावालाई नेपाल पत्रकार ...

Read More »

उच्च मावि निघुवारको अध्यक्षमा परियार

13119055_160561711008818_877996553892337064_n

दाङ, १५ मंसिर  । उच्च माबि निधुवार (हापुर)को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजु परियार (कान्छा) सर्वसम्मत रुपमा चयन हुन भएको छ । बुधवार भएको अभिभावक भेलाले परियारलाई अध्यक्षमा चयन गरेको हो । परियारको अध्यक्षतामा ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा नैना डाँगी, मनकुमारी वली, मनोज बस्नेत, बामदेब गौतम सुशिला न्यौपानेलाई चयन गरिएको थियो । ...

Read More »

संविधान संशोधन रोक्न माग गर्दै सर्वोच्चमा रिट

sketch-of-article

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता भएको र संशोधन विधेयक नेपालको संविधानको भावना प्रतिकूल हुनेगरी आएकाले तत्काल रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । अधिवक्ता टीकाध्वज खड्काले प्रधानमन्त्री, नेपाल सरकार, व्यवस्थापिका–संसद् लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा संविधानमा प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नसक्ने ...

Read More »

चित्रबहादुरले मुख खोले- ‘संघीयता नै देशको लागि क्यान्सर भयो’

chitra-bahadur-kc

काठमाडौं, १५ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नै देशको लागि क्यान्सर भएको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले आफ्नो पार्टी संघीयताको पक्षमा कुनै हालतमा नभएको भन्दै अहिले संघीयताका कारण मुलुक जलिरहेको दावी गरे । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले संसदमा दर्ता भएको संविधान संसोधन विधेयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको आरोप लगाए ...

Read More »

प्रधानमन्त्रीले भने- ‘चैत अन्तिम वा वैशाखको शुरुमा चुनाव गरौं’

prachanda

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैतको अन्तिममा वा वैशाखको शुरुमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव राखेका छन् । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आज बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । बैठकमा प्रचण्डले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्ने कि पुनर्संरचना अनुसार स्थानीय ...

Read More »

दोहोरो कर वन्द गर्न माग

t1

तुलसीपुर १६ मंसिर ।  दाङका यातायात व्यवसायीहरुले विभिन्न वहानामा खेप्नु परेको दोहोरो कर प्रणाली तत्काल वन्द गर्न माग गरेका छन् । दाङ जिल्ला टे«क्टर व्यवासायी समितिको १६ औं वार्षिक साधारण सभामा वक्ताहरुले राज्यलाई तिर्ने कर वाहेक विभिन्न क्लव तथा संस्थाको नाममा उठाईने अवैधानिक कर पूर्ण रुपमा रोक्नु पर्ने वताएका हुन । उनीहरुले खोलाजन्य वस्तुहरु निकासीमा व्यवसायीहरु मारमा परिरहेको र अर्को ...

Read More »

प्रतिवेदन लेखन तालिम सकियो

talim

लक्ष्मीपुर १६ मंसिर ।  महिला संञ्जाल लक्ष्मीपुरको आयोजनामा सञ्चालन भएको महिला शसक्तिकरण, प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम बुधवार सकिएको छ । गाविसको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम तीन दिन सम्म चलेको थियो । महिलाहरुलाई शसक्त पार्दै प्रस्तावना र प्रतिवेदन लेखनको विकास गर्न कार्यक्रम सहयोगी भएको सञ्जाल अध्यक्ष पार्वता सुवेदीले वताइन । गाविस सचिव पुनाराम गिरीले तालिमले महिलाहरुको क्षमता विकासमा भूमिका ...

Read More »

बसपार्कबासी नगरपालिका डेलिगेशनमा

nagarpalika

तुलसीपुर १६ मंसिर ।  तुलसीपुर बसपार्कलाई आधुनिक बनाउने कार्यलाई अगाडि बढाउनका लागि दवाव शिर्जन गर्न एक टोली बुधबार नगरपालिमा डेलिगेशन गएको छ । तुलसीपुर बसपार्क क्षेत्रका ११ बढि टोल बिकास संस्थाहरु संगठित भई डेलिगेशन गएको संयाजक बिर बहादुर वलीले बताए । बसपार्क धुलाम्मे हुँदा वातावरण प्रदुषण भई मानबिय स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै छिटै आधुनिक बनाउन उनीहरुको माग छ । ...

Read More »