Monthly Archives: October 2016

कपिलवस्तुमा तिहारको चहलपहल वढ्यो

14874883_1694500004201457_1249293832_n

माधव वेल्बासे कपिलवस्तु ,१३ कार्तिक । कपिलवस्तुका गाँउ घर देखि लिएर सहर वजार सम्म तिहार आएसगै चहल पहल वढ्को छ । जिल्लाको तौलिहवा,जितपुर,गोरुसिगे,चन्द्रौटा,कृष्णनगर वजारमा तिहार सगै व्यापार पनि वढेको व्यापारिहरुले वताएका छन । विषेश गरि तिहारमा भाडकुडा,कपडा,माला,मिठाईको व्यापार हुने वताइएको छ । बजार मालाले सिंगारिएका छन भने ब्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा मालाहरु सजाएर राखेका छन् ।भारतको सिमाना पर्ने भएकाले पनि ...

Read More »

प्रधानमन्त्री, कांग्रेस र मधेशी मोर्चाका नेताहरुको बैठक

dsc0386-848x478

कार्तिक १३, काठमाडौं । संविधान संशोधन लगायतका राजनीतिक विषयमा सहमति जुटाउने उद्देश्यका साथ प्रधानमन्त्रीसँग नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरुको बैठक बालुवाटारमा जारी छ ।

Read More »

तमोर जलाशययुक्त आयोजना अगाडि बढ्छ, ‘प्रधानमन्त्री’

dsc0385-848x478

कार्तिक १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमोर जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काम छिटै अगाडि बढ्ने बताउनु भएको छ । शनिबार एक नम्वर प्रदेश अन्तर्गत तमोर जलाशययुक्त आयोजना निर्माणका लागि ध्यानाकर्षण गराउन आएको तमोर जलाशययुक्त आयोजना सरोकार तथा समन्वय समितिका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री तमोर आयोजना अगाडि बढाउने बताउनु भएको हो । भेटमा प्रधानमन्त्रीेले भन्नुभयो, ‘तमोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणबारे ...

Read More »

सिरहामा विमानस्थल बनाउन पहल गरिने, ‘प्रधानमन्त्री’

dsc0367-1-848x478

कार्तिक १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न आफूले पहल गर्ने वताउनुभएको छ । प्रधानमन्त्री सभासदमा निर्वाचित हुनुभएको सिरहा क्षेत्र नं ५ को एक प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजनाहरु अघि सारेको वताउँदै क्षेत्र नं ५ मा पूर्वको सिरहा, सप्तरी, ...

Read More »

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

iswor pokhrel

काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले आज यहाँ आयोजना गरेको चियापान कार्याक्रममा उहाँले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष ...

Read More »

भारतीय राष्ट्रपतिको भ्रमणका लागि विशेष सुरक्षा योजना तयार

pranab-mukhargee

काठमाडौँ, १३ कात्तिक । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताउनुभयो । राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ । केही दिन अघिदेखिनै नेपाल– भारत ...

Read More »

चीन र भारतका लागि नेपाली नयाँ राजदूत नियुक्त, दीपकुमार दोहोरिए

naya-rajdut

काठमाडौं, १३ कात्तिक । सरकारले चीन र भारतका लागि नयाँ राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले शनिबार चीन र भारतका लागि दुई राजदूत नियुक्त गरेकी हुन् । भारतमा दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेललाई नियुक्त गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा राजदूत नियुक्त गरिएको हो । उपाध्याय ...

Read More »

मोहन वैद्यले गरे धुर्मुस–सुन्तलीको प्रशंसा, सरकारलाई भयो गतिलो व्याङ्ग्य

mohan-baidya1-1

काठमाडौं, १३ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले परिवर्तनको आन्दोलनमा नेपाली साहित्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ कथा संग्रहको शनिबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष वैद्यले परिवर्तनका लागि राजनीतिकर्मी र साहित्यिक–साँस्कृतिक फाँटमा कार्यरत सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाली साहित्य क्षेत्रले ...

Read More »

गाडि दुर्घटना हुँदा एकको मृत्यु 

accident-300x300

तुलसीपुर १३ कात्तिक ।  सल्यान बाट तुलसीपुरतर्फ आएदै गरेको पिक अप गाडि दुर्घटना हुँदा एक ब्यक्तिको मृत्यु भएको छ । रा १ त ६९३० नंबरको गाडि राम्रीमा दुर्घटना हुँदा चालक दाङ पवन नगर २ दमारगाउँका प्रेम दंगालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गएराती ८ बजेतिर भएको दुर्घटनामा मृत्यु भएका २७ बर्षिय दंगालको शब पोष्ट मार्टम ...

Read More »

तिहारको बेला भारतीयले वीरगञ्ज–रक्सौल नाकामा ठप्प बनाए

birganja-bhansar

काठमाडौं, १३ कात्तिक । भारतीयहरुले शुक्रबार वीरगन्ज रक्सौल नाका ठप्प पारेका छन् । वीरगन्ज उपमहानगरपालिका कार्यालयले नगरक्षेत्रबाट संकलित फोहर दसगजा क्षेत्रमा फालेर वातावरण प्रदुषित गरेको भन्दै उनीहरुले मितेरी पुलमा प्रदर्शनसहित वीरगन्ज रक्सौल नाका दुई घण्टा ठप्प पारेका हुन् । अन्नपूर्ण दैनिकले समाचार छापेको छ । भारतीयले दसगजा क्षेत्रमा पर्ने नेपाली मूमिमै प्रवेश गरेर शुक्रबार विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म ...

Read More »