Monthly Archives: October 2016

हेल्प मधेश नेपाल साउदी अरब को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

14923131_1208485402541826_458575419_o

लक्ष्मण रसाइली  हेल्प मधेसी नेपाल – साउदी अरब जुबेल साउदी अरब हेल्प मधेसी – तन मन से भन्ने मूल नाराका साथ स्थापित हेल्प मधेसी संघ साउदी लगायत कतार, दुबई , कुवैत , मलेसिया , अमेरिका मा कृयासिल नेपाली संस्था को रुपमा अनेको उदाहरनिय कार्यहरु गर्दै आइरहेको छ . त्यसै क्रममा संस्थाको विस्तार र प्रचार प्रसारको क्रममा Nasma & Partner Co. jubail ...

Read More »

किन यी महिलालाई युट्युबमा प्रतिबन्ध गर्न चाहन्छन् मानिसहरु, थाहा पाउनुस् पूरा कहानी

untitled-13_1477718745

एजेन्सी सोसल साइट्समा चर्चित हुन कसलाई रहर नहोला । तर यदि एकसाथ हज्जारौं मानिसहरु कसैलाई प्रतिबन्ध गर्न माग गरे के होला ? आज हामी तपाईंलाई यस्तै एक महिला बारे बताउँदैछौं जसलाई युट्युबमा प्रतिबन्ध गर्नका लागि हज्जारौं मानिसले पिटिशनमा हस्ताक्षर गरेका छन् । ग्रीनविचमा बस्ने २२ वर्षीया यूगेनिया कानी भिडियो ब्लगर हुन् । युट्युबमा उनका ९ लाख फलोअर्स छन् । यूगेनिया ...

Read More »

सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमाः प्रधानमन्त्री

prachanda-4

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाल संवत्को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताए । सन्देशमा भनिएको छ– “आजको २१औँ शताब्दीको विकसित युगमा सबै ...

Read More »

प्रधानमन्त्रीले भने नेपाल सम्वतलाई व्यवहारमा उतार्ने संकल्प गरौं

dsc2853-2

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरिएकाले अब घोषणालाई व्यवहारमा उतार्ने संकल्प गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा थानकोटमा नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय बिभूति शङ्ख्वाधर शाक्वाको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताए । प्रधानमन्त्रीले भने , ‘नेपाल सम्वत् नेवारहरुको मात्र सम्वत् होइन, सारा नेपालीको सम्वत् हो । ...

Read More »

प्रचण्ड पुत्रको नारायणकाजीलाई जवाफ : तपाईं फेसबुकको मात्र नेता हो ?

14470495_1779671618964592_4323792047999406044_n

काठमाडौं– प्रचण्डका सल्लाहकारमाथि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सामाजिक संजालमा मजाक गरेको प्रचण्ड पुत्रले असन्तुष्टि राखेका छन् । प्रधानमन्त्री प्रचण्डको प्रशासकिन सल्लाहकारमा उनका भाई नारायण दाहाल नियुक्त भएपछि नारायणकाजीले फेसवुकमा मजाक उडाएका थिए । त्यसैको जवाफमा आज प्रचण्डका स्वकीय सचिव समेत रहेका प्रचण्ड पुत्र प्रकाश दाहालले ‘हामी फेसवुकका नेता हौं र ?’ भनि प्रश्न उठाएका हुन ।

Read More »

देउसीमा प्रधानमन्त्री छमछमी नाचे पछि ..

prachanda-4

काठमाडौं १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्रकारहरुको देउसी टोलीसँग छमछम नाचेपछि तिहारको रौनकतामा झनै चमक छाएकोछ । रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा पत्रकारहरुको देउसी-भैलो टोली आइतबार बालुवाटार पुगेको थियो । प्रधाानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गरे र पत्रकार ऋषि धमला नाच्न आग्रह गरे । त्यसलाई टार्न नसकेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सञ्चारकर्मीहरुसँग छमछमी नाचेका का छन् ।

Read More »

ओबामा बने दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति

barak-obama-dipawali-1

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नै निवासमा विशेष कार्यक्रममा दियो जलाएर दिपावली मनाएका छन् । ओबामामो सरकारी आवास हृवाइट हाउसले आधिकारिक फेसबुक र ट्वीटर पेजमा यसको जानकारी दिएको छ र तस्वीर पनि पोष्ट गरेको छ । सन्देशमा लेखिएको छ, अमेरिका र विश्वभरमा उज्यालोको पर्व मनाइरहका सबै मानिसलाई दिवापली (दिवाली)को शुभकामना । ओबामाले गर्वका साथका भनेका छन् कि दिपावली मनाउने ...

Read More »

भारतीय राष्ट्रपतिले पशुपतिनाथमा विशेष पूजा गर्ने

1476808503_pranab-mukharji

काठमाडौँ- पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ । यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । “राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी अभिषेकसहितको विशेष पूजा गर्नुहुनेछ, मूलभट्ट गणेश भट्टले विशेष ...

Read More »

मिनिबस दुर्घटना हुँदा एकको मृत्यु

hatya

नुवाकोट– नुवाकोटको तारुका गाविस – १ स्थित ढुंगेपाटो भन्ने स्थानमा आइतबार दिउँसो यात्रुबाहक मिनीबस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । तारुका १ स्थित तारुकाघाटबाट जोरचौतारा भन्ने स्थानको लागि छुटेको बा३ ख २००० नम्बरको उक्त मिनिबस दुर्घटना हुँदा तारुका ५ की विमला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का स्थानीय विष्णु अधिकारी गम्भीर घाइते भएको घटनास्थलबाट पत्रकार विष्णु तारुकेले ...

Read More »

भाइटीकाको दिन बालगोपालेश्वरको दर्शन गर्न नपाइने

20150206rani-pokhari-tales-retold-600x0

काठमाडौँ – रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको दर्शन गरी टीका लगाउँदै आएका थिए तर भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको र मन्दिर वरपरका पर्खालमा पनि ...

Read More »