Monthly Archives: October 2016

भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णय

mantriparisad-nepal

काठमाडौँ, ११ कात्तिक । सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले अबदेखि ती मुलुकका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । दक्षिणी छिमेकी भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । बैठकले नेपाल ...

Read More »

बेपत्ता नागरिकको बृहत् अनुसन्धान र उत्खननको तयारी  

bepatta-aayog

काठमाडौँ, ११ कात्तिक । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका घटनाको बृहत् अनुसन्धान तथा व्यक्ति उत्खनन गर्ने तयारी गरिरहेको छ । आयोगले पीडितको उजुरी लिएर प्रारम्भिक चरणको अध्ययन सकिसकेको छ । बेपत्ता पारिएका सङ्घ/संस्थाका प्रतिनिधिसँग छिट्टै छलफल गरी उनीहरुको नेटवर्क प्रयोग गरी बृहत् अनुसन्धान गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता प्राडा विष्णु पाठकले बेपत्ता पारिएका व्यक्तिको ...

Read More »

युएईका राजदूतले दिए प्रधानमन्त्रीलाई उर्जा सम्मेलनको निम्तो

dsc0122-848x478

काठमाडौं, ११ कार्तिक । नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्र्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेका छन् । राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए। प्रधानमन्त्रीले निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक ...

Read More »

जासुसको आरोपमा पाकिस्तान उच्चायोगका एक कर्मचारी पक्राऊ

काठमाडौं, ११ कार्तिक । जासुसको आरोपमा भारतीय प्रहरीले पाकिस्तान उच्चायोगका एक कर्मचारीलाई पक्राउ गरेको छ । दिल्ली पुलिसको अपराध शाखाले महमुद अख्तर नामक कर्मचारीलाई पक्राउ गरी हिरासतमा लिएको छ । उच्चायोगका कर्मचारी अख्तरलाई दिल्लीबाट सुरक्षा मामिला सम्बन्धी केही दस्ताबेजसहित हिरासतमा लिइएको र सोधपुछका लागि चाणक्यपुरीस्थित कार्यालयमा लगिएको भारतीय समाचार एजेन्सी पिटीआईले जनाएको छ । उनीमाथि जासुसी गरेको र सुरक्षासँग सम्बन्धित ...

Read More »

ट्रक र मोटरसाइकल ठोकिदा दुईको मृत्यु, एक घाइते

dc-cover-t1rcedom42t1b4c74sguvlf9t6-20160218041256-medi

बर्दिया, ११ कार्तिक । बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा आज धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा १ प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ ...

Read More »

आयोगले गर्यो बेपत्ताको बृहत् अनुसन्धान र उत्खननको तयारी

140830035946_disappeared_commission_nepal__304x171_bbc_nocredit

काठमाडौँ, ११ कात्तिक । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका घटनाको बृहत् अनुसन्धान तथा व्यक्ति उत्खनन गर्ने तयारी गरिरहेको छ । आयोगले पीडितको उजुरी लिएर प्रारम्भिक चरणको अध्ययन सकिसकेको छ । बेपत्ता पारिएका सङ्घ÷संस्थाका प्रतिनिधिसँग छिट्टै छलफल गरी उनीहरुको नेटवर्क प्रयोग गरी बृहत् अनुसन्धान गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता प्राडा विष्णु पाठकले बेपत्ता पारिएका व्यक्तिको ...

Read More »

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

download

बर्दिया, ११ कार्तिक । बर्दिया सोरहवा–३ मा गएराति एक जनाले बच्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर्काई हत्या गरेका हुन् । सोरहवा–३ स्थित दाजुको घरमा बसेकी ३६ वर्षीया खगीसरासँग झगडा हुँदा मीनबहादुरले प्रहार गरेको बन्चरोबाट उनको घटनास्थतलमै मृत्यु ...

Read More »

विश्वका पाँच अर्ब मानिस विद्युत ऊर्जाबाट वञ्चित

electric

काठमाडौं,११ कात्तिक  । परम्परागत ऊर्जा स्रोतमा निर्भर नेपाली मात्र होइन विश्वका अरु देशका धेरै मानिस पनि ऊर्जाको सङ्कट व्यहोर्न बाध्य छन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको तत्वावधानमा काठमाडौंमा बुधबार आयोजित ऊर्जा तथा जलवायु न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा विज्ञले विश्वका पाँच अर्ब मानिस अझै विद्युत्जस्ता ऊर्जाको पहुँचबाट वञ्चित छन् । सन् २००९ मा नौ हजार ५३२ मिलियन टन ऊर्जा खपत भएकामा सन् २०११ ...

Read More »

बंगलादेशको अनुदान चामल दुर्गम ८ जिल्लामा पुर्याउन निर्देशन

c465f8ee316bd222050f8ea18a0cf7d2

काठमाडौं, ११ कार्तिक । सरकारले गत वर्षको भूकम्पका बेला बंगलादेशले दिएको अनुदानको चामल दुर्गम ८ जिल्लामा तत्काल पु¥याउन नेपाल खाद्य संस्थानलाई निर्देशन दिएको छ । आपूर्तिमन्त्री दीपक बोहराको अध्यक्षतामा हिजो बसेको पर्यटनमन्त्री जीवनबहादुर शाही र कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदसहितको बैठकले यस्तो निर्णय गरेको हो । आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले कर्णालीका ५ जिल्लासहित गोरखा, बझाङ र बाजुरामा भोकमरीको समस्या आउन ...

Read More »

साउदीको जुवेलमा ६२ जना नेपाली कामदार अलपत्र

7161

काठमाडौं, ११, कार्तिक । साउदी अरबको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो । रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै ...

Read More »