कथा : चुरोट

sabita-sapkota

सविता सापकोटा

हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? कसैले मनभित्रै धुवाँ उडाउँछन् त कसैले बाहिर । फरक त्यति हो मनभित्रको धुवाँले आफँैलाई प्रदूशित बनाउँछ र बाहिर फाल्ने धुवाँले वातावरण ।

एक्लोपनले सताउँदा विगतलाई बिर्साउने माध्यमबनेको छ चुरोट । पहिले रहरले पिउँथ्यो ऊ तर आजकल दैनिकी बनेको छ । समयसँगको परिवर्तन होला ।

हुन त ऊ पहिलेदेखि नै चुरोट पिउँथ्यो । एसएलसी दिएपछि कलेजका दिनहरुमा फेसनको रुपमा पिउँथ्यो । चुरोट नपिउने कमै हुन्थे, सोझा, घोकन्ते र पढन्दास ।

सकेसम्म केटीका आँखा छलेर पिउने गथ्र्याे ऊ । तर पनि कताबाट देखिहाल्थे । ऊ सोच्थ्यो यी केटीहरुको पछाडि पनि आँखा हुन्छ कि के हो ? अनि सम्झिन्थ्यो आमाको वचन र घर छोड्दा भनेका कुराहरु । केटीको पछि नहिँड्नु सहरका केटीहरु जाली हुन्छन् । केटाको धनमा मस्ती गर्न खोज्छन् । खर्च गर्न नसके अर्काे खोजेर त्यहीसँग पल्किन्छन् । जस्ती केटी चाहिन्छ, त्यो हामी खोजिदिन्छौ माया, प्रेममा नपर्नु नि । आफू जुन उद्देश्यका लागि सहर पसेको हो, त्यही पूरा गर्नेतिर लाग्नु । उद्देश्य त एउटै थियो पढेर ठूलो मान्छे बन्ने अनि जागिर खाने ।

एउटा उद्देश्यले मनभरीका रहरहरुलाई कुहिरोलेझै कहाँ ढाक्न सक्थ्यो र ? कुहिरा आँखा, गुलाबी ओठ, मन्द मुस्कान, चाउचाउजस्तो कपाल भएकी युवती देख्दा उसको मन कहाँ थामिन सक्थ्यो । सुसेली मार्न, सिटी बजाउन किन पछि पथ्र्यो त्यो जोस् ।

पहिले नै प्लसटु पढ्दा एउटीले सीधै प्रपोज रिजेक्ट गरेकी थिई । त चुरेटे भनेर सीधै सबैको अगाडि झापड हानेकी थिई । मनभरीका सपना सिसा जसरी फुटेका थिए । कति गुलाबहरु ओइलाएर झरेका थिए । डराउँदै लुरुक्क फर्केको थियो आभास । सबै साथीभाइको गलफ्रेन्ड हुँदा उसलाई पनि एउटी राम्री मैयाको खाँचो थियो । भरर्खर बाउले किनिदिएको नयाँ बाइकको पछाडिको सिट खाली नै थियो । सधैं केटाहरु चढेर घुम्न जाऊँ भन्दा दिक्क लाग्थ्यो ।

तर प्लसटु त्यसैगरी सकियो । आफूले मन पराउनेले बाल दिएनन् । आफूलाई मन पराउनेहरु राम्रो लागेनन् । केटाको रुप र धन नै त हेर्छन् केटीहरु । बाइकवाला भएकाले केही महिना एउटीसँग अफएर चलेको थियो । तर उसको बिहे अर्के केटासँग भयो ।

घरका ५ छोरीमध्ये जेठी छोरी भएकाले प्लसटु पढ्दै गर्दा उसको बिहे भयो । कस्तो छ है हाम्रो समाज । छोरो पाउने निहुमा बर्सेनि छोरी जन्माउँछन् अनि छिटै बिहे गरेर पठाउँछन् । एसएलसी दिएपछि केटो खोज्न हतार हुन्छ रे केटीका आफन्तहरुलाई । बिहेको लागि ऋण दिन तयार हुन्छन् आफन्तहरु तर छोरीको पढाइको लागि भन्दा आनाकानी गर्छन् । छोरीले पनि पढेर केही गर्न सक्छन् भन्ने विश्वास नै लाग्दैन उनीहरुलाई । बिचरी प्लसटु पढ्दै गर्दा बिहे भयो । अहिले २ सन्तानकी आमा बनिसकेकी छे ।

विगतमा हराएर सोचमग्न भयो आभास । आँखा अगाडि आइपुग्दा समेत ख्याल भएन उसलाई । कहिलेकाहीँ नजिक देख्दासमेत नदेखेझैँ हिँड्ने ऊ आफ्नै अगाडि आउँदासमेत पत्तै भएन छ । अकस्मात आँधी उर्लिए जस्तै कहिलेकाहीँ नयनहरुले पनि धोका दिने रहेछन् । सायद धोकाहरुले नै जीवनमा पाठ सिकाउँछन् ।

अस्ति भेट्दा त चुरोट पिउन छोडेँ भन्थ्यौ । नामजस्तै छायाँ बनेर आएकी थिई ऊ । एकोहोरो प्रेममा परेको थियो आभास । अफिस आउँदा जाँदा कहिलेकाहीँ भेट हुन्थ्यो । उसकै झापड खाँदा केही दिन चुरोट छोडेको थियो । कलेज पढ्दाकी साथी थिई, छायाँ । २ वर्षपछि कामको सिलसिलामा भेट भएको थियो । पर देखेर लुकाउन खोजेको थियो चुरोट तर सकेन् । जीवनका केही घटना चाहेर पनि लुकाउन सकिँदैन् । ढिलो या चाँडो जहिले भए पनि सत्यताको जितभएर नै छाड्छ ।

फेरि एकपटक त्यही हातले गालामा हानेको आवास भयो । चिटचिट पसिनासँगै राता भए गाला, भाग्न मन लाग्यो त्यो ठाउँदेखि धेरै पर, जहाँ चुरोटले बनेको झुपडी होस, अनि धुवाँले भरिएको कोठा ।

केही नबोली ऊ अगाडि लम्किई र चुरोट मागेर सल्काउन थाली । म अकमक्क भएँ । ठूलो छागाबाट झरेको पानी अकस्मात मेरो टाउकोमा परेको महशुस भयो । ऊ पनि चुरोट पिउन थाली छ । सायद उसलाई पनि सहरको हावापानीले छोए छ । मलाई मेरी हजुरआमाले चुरोट पिएको थाहा थियो । आमा पिउनु हुँदैनथ्यो । बाबाले चुरोट सल्काएर ल्याउन लगाएकाले नै मेरो चुरोट पिउने आदत बसेको थियो । पसलबाट पनि मैलै नै किनेर ल्याइदिनुपथ्र्यो ।

पिउने हो मिस्टर आभास, लजाउनु पर्दैन, छायाँले सोधी । उसले देखेर गाली गर्छे कि भन्ने पिरमा रन्थनिएको मन डगमगाएको थियो । वरपर मान्छे देख्दाफुलमा बसौ या नबसौँ भन्दै भुनभुनाएको माउरी जस्तै । चाहेर पनि भो, भन्यो । पिउन मन लागेन उसलाई । केही इच्छाहरु मनभित्रै दबिन्छन् भने केही मन नलाग्दा नलाग्दै पनि दबाउनुपर्छ । कहिलेकाहीँ नबुझी घोकेको पाठजस्तै गरी ।

पहिले मन परेकी छायाँ एकाएक कुरुप लग्न थाली । चुरोट पिएको देखेपछि उसको गोरो वर्ण कालो लाग्न थाल्यो । गुलाबी ओठ एकाएक आगोको मुस्लोजस्तो लाग्न थाल्यो । घर परिवारका बारेमा सोच्न थाल्यो । बुहारीले चुरोट पिउँछे भन्ने थाहा पाएपछि आमाको अनुहार कस्तो होला ? हुन त केटीले चुरोट पिउनु हँुदैन भनेर कुन ग्रन्थमा लेगेको छ र ? आफ्नै मनलाई प्रश्न गर्यो । अकस्मात हजुरआमाको याद आयो । उहाँ पनि चुरोट पिउनुहुन्थ्यो तर जवानीमा होइन बुढेसकालमा ।

काठमाडौँ आएदेखि साथीहरुको सङ्गतमा पिउन थालिछ छायाले । चुरोट मात्र होइन बियर, भोड्का, वाइन सबै कुरा पिउने आदत बसेको छ भनेर कथन सुनाउँदै थिई । मीठो लाग्ने उसको आवाजका गति पानी जस्तै अमिलो लाग्यो । केहीबेरमा हामी छुटियौँ र अबदेखि कहिले पनि उसँग भेट नहोस् जस्तो लाग्यो । मैले चुरोट पिउँदा झापड हान्ने उसलाई खै किनकिन घृणाको झापड हान्न मन लाग्यो, सदाका लागि ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*