दाङको धर्नाबाट दस जुवाडे पक्राउ

दाङमा गए राति दस जुवाडे पक्राउ परेका छन । दाङको धर्ना गाविस वडा न. २ धर्नाबाट १० जना जुवाडे जुवा खेल्दै गरको अवस्थामा वडा प्रहरी कार्यलयको टोलिले पक्राउ गरेको हो ।

Juwade-300x210 पक्राउ पर्नेहरुमा धर्ना गाविस वडा न. ३ बस्ने खिम बहादुर वली, रिषी देव शर्मा,मदन बहादुर डागी, धर्ना गाविस वडा न. २ बस्ने डम्बर कुमार श्रेष्ठ,मदन नेपली,गोपाल नेपली,नारायण नेपली,दिपेन्द्र श्रेष्ठ,सुनिल नेपाली,ध्रुब नेपालीलाई राति १०:३० बजेको समयमा धर्ना स्कुल अगाडी बाट प्रहरीले नगद ४६,००० सहित ४ सेट तास र १६ थान कौडाको साथमा पक्राउ गरिएको वडा प्रहरी कार्यलय घोराहीका प्रहरी निरिक्षक सुर्य थापाले जानकारी दिनुभएको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*