लोकमान, इमेज च्यानल, गगन थापा र म : अख्तियारको त्यो काण्ड

सन्दिप योगी

अख्तियार प्रमुख लोकमानको फोटो खिचेको भन्दै पत्रकार योगीलाई ईमेज च्यानलबाट निकालिएको थियो ।  त्यो दिन गगन थापालाई भेट्न जानु थियो । त्यसैले रेकर्डर र क्यामेरा बोकेर म निस्किएँ । गगन थापालाई म दोस्रो पटक भेट्दै थिएँ । केही समय अघी मैले एउटा स्टोरी गरेको थिएँ “बाबु मलाई गगन थापाको फोटो ल्याइदिनु” जुन ठाकुर बेलाबासेका कारण ईमेज खबरमा प्रकाशित हुन बाट बन्चित भयो । त्यस्पछी उक्त स्टोरी हाम्रा कुरामा छापियो । धेरै मानिसहरुले पढेछन र गगन थापालाई देश बिदेशबाट कान्छी मगर्निलाई भेट्न अनुरोध गरेछन । कान्छी मगर्नीलाई गगन थापाले भेटेछन र मैले लेख्न लागेको दोस्रो पार्ट त्यसैमा आधारीत थियो जुन कहिल्यै पुरा हुन सकेन । जीवनमा पहिलो पटक गगन थापालाई भेट्दै थिएँ, मनभित्र धेरै खुशी लागेको थियो । भेट भएको पहिलोपटकमै गगन थापाको सालीन ब्यक्तित्वबाट म प्रभाभित भएँ । मलाई लाग्यो गगन थापा जस्तै नेताहरु भइदिएको भए आज हामी कहाँँ हुने थियौँ । गगन थापा संगको दोस्रो भेटमा उनको अन्तर्वाता ईमेज न्युज एफएममा लिने उदेश्यले म ईमेज कम्लेक्सबाट करीब २ बजेतिर निस्किएँ । त्यो दिन बालुवाटार भएर जाने मन लाग्यो ।

yogप्रधानमन्त्री कार्यालय नजिक पुग्दा पछाडिबाट कुनै भिभीआइपिको कारगेड दलबल सहित मलाई ओभरटेक गरेर गयो । कारगेडको पछाडि रहेको गाडीबाट सुरक्षाकर्मीहरुले ओभरटेक नगर्न ईसारा गरिरहेका थिए । एक्कासी अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि गएर भिभीआइपीको त्यो कारगेड रुक्यो । त्यती बेला सम्म मलाई त्यो कारगेडमा को थियो थाहा थिएन । करीब ५ मिनेट जती एक्कासी सवारीसाधनहरु रुकेपछि दुर्घटना पो भयोकी भनेर मोटरसाइकल त्यहीँ साइडमा उभ्याएर अगाडितिर लम्किएँ । त्यहाँ मैले लोकमान सिंह कार्की सवार गाडी देखेँ । उक्त गाडिको वरीपरी सुरक्षाकर्मीहरु तैनात थिए भने अगाडि कसैलाई बढ्न दिएका थिएनन । मैले छेउँमै रहेका प्रहरीलाई सोधेँ – के भएको हो? उनले भने प्रमुख आयुक्तको सामान छुट्यो रे । लामो कारगेड अख्तियार भित्र लगेर सामान लिएर आउँदा झन्झन हुने भएकोले गाडी यहीँ रोकेर सामान लिन गएका छन । यती भन्ने बित्तिकै मेरो क्यामेरा निकालेर मैले भटा भट फोटो खिचेँ । कानुन भन्दा ठुलो कोही हुन्न भनेर पढेको थिएँ बुझेको थिएँ ।

तर नेपालमा शक्तिशालि ब्यक्ती कानुन भन्दा ठुला हुँदो रहेछन त्यो भने मैले भोग्न बाँकी थियो । त्यही ठाउँमा सर्वसाधारणले त्यस्तो हर्कत गरेको भए ट्राफिकले १५०० जरिवाना लिने थियो । त्यसैले यस्ता गलत कृयाकलापको बिरुद्द लेख्नुपर्छ बोल्नुपर्छ भन्ने मेरो सोँचका कारण क्यामेरा निकालेर फोटो खिचेको थिएँ । ३-४ शट लिएको मात्र थिएँ, एकजना हातमा वाएरलेस सेट समातेर मलाई औँला देखाउँदै गाली गर्दै मतिर लम्कदै थियो । म कत्तीपनी बिचलित नभएर उस्कोपनी फोटो खिच्दै गरे । त्यस्पछि झस्किएको उक्त ब्यक्ति गाडीभित्र पस्यो । त्यस्पछि लोकमानको गाडी त्यहाँबाट भाग्यो अनी जाम खुल्यो । मपनी आफ्नो मोटरसाइकल भएतिर लम्किएँ । तर मलाई अख्तियारको गेटमा रहेको सुरक्षाकर्मीहरुले निगरानी गरीरहेका रहेछन । मोटर साइकलमा बसेको मात्र थिएँ ए,क जना आएर तथानाम गाली गर्दै मोटर साइकलबाट ओर्ले भन्दै फोटो किन खिचिस भन्न लाग्यो । मैले आफ्नो परीचय दिएपछी उस्ले मलाई जबरजस्ती अख्तियारको गेट भित्र लगेर जान खोज्यो तर मैले त्यस्तो गरीन । त्यहाँ वरीपरी नजानिदो पाराले सुरक्षाकर्मीहरु भेला भईसकेका रहेछन । त्यस्पछि त्यो प्रहरी लगायतका अरुले मोटर साइकल अख्तियार भित्र छिराए ।

मोटरसाइकल चाहिने भए भित्र अाइज भन्न लागे । उनिहरुले मलाई जबरजस्ती लग्ने प्रयास गर्दै थिए तर त्यहाँ धेरै मान्छेहरु जम्मा भएकाले त्यस्तो केही गर्न सकेनन । त्यस्पछि मलाईपनी आँट आयो र क्यामेरा निकालेर भिडियो शुट गर्न थालेँ । विशेष कार्यदल लेखेको बर्दी लगाएको एकजना असइले मेरो क्यामेराको लेन्स पकड्यो तर तान्न सकेन । त्यसपछी अर्को एकजना आएर लात हान्न खोज्यो तर मलाई खुट्टामा मात्र लाग्यो त्यस्पछि त्यहाँ अख्तियारका सबै सुरक्षाकर्मीहरु जम्मा भईसकेका रहेछन । ति असइले पटक पटक दुर्व्यबहार गर्दै क्यामेरा खोस्ने प्रयास गरे तर सफल हुन सकेनन । त्यस्पछि त्यहाँ एक जना प्रहरीका ठुलै मान्छे रहेछन, ति आउने बित्तिकै सबैले सेलुट गरे । पछि थाहापाए अनुसार ति ब्यक्ति अख्तियारमा तत्कालिन समयमा कार्यरत प्रहरी नायव महानिरिक्षक(डिआइजि) रहेछन । उनले मलाई सिधै तथानाम गाली गर्दै(यस्ता गाली जुन म यहाँ लेख्न सक्दैन) तँले कस्को फोटो खिचिस तँलाई थाहा छ? अब तेरो जीवन खत्तम भयो भन्दै धम्क्याउन थालेपछि मैले तुरुन्तै पत्रकार महासंघका अध्यक्ष तथा मेरा न्युज चिफ महेन्द्र बिष्टलाई फोन गरेँ । अनी मैले प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई फोन गरेँ ।

दुबै जनाले फोनमा म अख्तियारमा बुझ्छु भने । त्यतिन्जेल मैले भिँडेको कालो ब्यागमा बम हुन सक्छ भन्दै कमल पोखरी प्रहरीलाई खबर गरेछन । त्यस्पछि कमलपोखरीका डिएसपी आत्तिएर आए । आउने बित्तिकै सबैले म तिर औँला देखाए । उनले मलाई देख्ने बित्तिकै चिनिहाले । सुरक्षा बिटमा रिपोर्टिङ गर्दा कमलपोखरी जाने आउने भइराख्थ्यो । ति डिएसपी अक्क न बक्क भए । आरोप लगाएपछि मैले आफ्नो ब्याग निकालेर छेउँमा राखिदिएँ । प्रहरीले ब्याग नियन्त्रणमा लिएर घटनाको बारेमा बुझ्दै थियो । त्यहाँ एक्कासी आफुलाई अख्तियारको प्रेस हेर्ने ब्यक्ती भन्दै चिनाउने एक ब्यक्ती आएर झोला र मोटरसाइकल लिएर जान भने । मैले उनलाई भने अब मैले पत्रकार महासंघका अध्यक्ष र प्रेस युनियनका अध्यक्षलाई जानकारी गराएको छु । उहाँलाई एक पटक फोन गरेर सोध्छु भनी फोन लगाएँ । दुबैले मोटरसाइकल लिएर जान सुझाए । त्यतिन्जेल ईमेज च्यानलबाट मेरा सहकर्मी आएर अख्तियार भित्रबाट मोटर साइकल निकाल्न लागेको भिडियो खिच्न लागे ।

ती अख्तियारको प्रेस हेर्छु भन्ने ब्यक्तिले लाउड स्पिकरमा फोन लगाए । फोन उठ्यो आवाज चिनेकै जस्तो । ईमेज च्यानलका अध्यक्ष आरके मानन्धर रहेछन । त्यो ब्यक्तिले सिधै के हो आरके तिमिले अख्तियारमा पत्रकार पठाको हो । सन्दिप योगी को हो? भनेर झोक्किदै फोनमा बोले । त्यस्पछि म चिन्दैन तर म बुझ्छु भन्ने उत्तर आयो । जस्को सिग्नेचर छातीमा लिएर पत्रकार बनेको थिएँ उसैलाई मेरै अघी त्यो ब्यक्तिले थर्काएपछि साह्रै रिस उठ्यो ।
त्यती बेला मेरै अगाडि मेरै अध्यक्षलाई थर्काएपछि युद्द जिते जस्तै गर्दै ल अब जाउ दाँयाँबायाँ नगर्नु भन्दै जान भन्यो । त्यतिन्जेल मेरा साथीहरु आएर अख्तियारबाट मेरो मोटरसाइकल निकाल्दै गरेको भिडियो खिच्दा फेरी सुरक्षाकर्मीहरु आवेषमा आए । अनी फेरी तिनै ब्यक्तिले सबैलाई सम्झाएर पठाए । म त्यहाँबाट निस्किना साथ केही साथीहरुलाई आफुसंग भएको दुर्व्यवहारको बारेमा जानकारी दिएँ । अनलाइनहरुमा समाचार आएछन । अर्को दिन मलाई इमेज च्यानलले जागीरबाट निकाल्यो । मलाई लाग्छ लोकमानले मलाई जागीरबाट निकाल्ने षड्यन्त्र गरेका थिएनन तर म ठोकुवाका साथ भन्न भने सक्दैन । हतास मुद्रामा कार्यालय पुगेको मलाई बोलाएर भोली देखी कार्यालय नाआउन आग्रह गरियो । मैले उपयुक्त कारण र लिखित निर्णय बिना आफुले त्यस्तो नगरने बताएपछि गेटबाट भित्र छिर्न मिल्दैन भने । मैले यो किन र कस्ले निर्णय गर्‍यो ठम्याउनै सकिन तर आज आएर सबै रहस्यहरु छताछुल्ल भएका छन ।

ईमेज च्यानलका उपाध्यक्ष मोहन चन्द्र सिंह
ईमेज च्यानलमा आरके मानन्धर भन्दा शक्तिशाली छन ईमेज च्यानलका उपाध्यक्ष मोहन चन्द्र सिंह । पत्रकार नियुक्त गर्ने तलब खाने खुवाउने जिम्मेवारी दिने लगायतका सबै निर्णय उनैबाट हुन्थ्यो । मोहन चन्द्र सिंहसंग मेरो करीब एक वर्ष जती संगत भयो । हामी नयाँँ आएकालाई उनी भिन्न धारको पत्रकार बनाउन चाहन्थे । महिनाको सोमबार र बिहीवार मिटिङ बस्थ्यो । मिटिङमा मोहन चन्द्र सिंह, अनुपा श्रेष्ठ, ठाकुर बेलाबासे म लगायतका अरु ३ जना सहकर्मि हुन्थेउँ । त्यो मिटिङमा करीब १ घण्टा बिभिन्न शिर्षकमा छलफल हुन्थ्यो । करीब एक वर्षको अन्तरालमा ठाकुर बेलाबासेले मोहन चन्द्रसंग यती नजिकको संबन्ध बनाएकी हरेक समय उनी मोहन चन्द्रको क्याबिनमा हुन्थेँ । ठाकुर बेलाबासे धेरै बाठा मान्छे हुन । उनको र मेरो राम्रै सम्बन्ध थियो । मलाई उनी एग्रेसिभ पत्रकार भन्थे । उनका हरेक कार्यक्रमहरुमा मलाई संलग्न गराउँथे । यता लोकमान सिंह कार्की अकस्मात अख्तियार प्रमुख भए । उनी बिरुद्दका समाचार ईमेजबाट बिस्तारै कम हुँदै गए ।

लोकमानसंग सम्बन्ध गाँस्ने इच्छा मोहन चन्द्र सिंहको मनमा पलाएछ । मोहन चन्द्र सिंह आँफै निजामती कर्मचारी भई जागीर खाएर काठमाडौँ बिमानस्थलमा हाकिम भईसकेका मान्छे हुन । लोकमानसंग घनिष्ट सम्बन्ध रहेपनी शायद लोकमानले चिन्दैननकी भन्ने उनको चिन्ता रहेछ । तर ठाकुर बेलबासे यो गेममा खरो उत्रे । ठाकुर त्रासमा इश्वर भन्ने किर्ती लेखेर साहित्यिक जगतमा चिनिएको मान्छे र उनको नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईसंग अत्यन्तै राम्रो सम्बन्ध थियो । यता नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको लोकमानसंग अत्यन्त राम्रो सम्बन्ध थियो । त्यस्पछि लोकमानका सामान्य भन्दा सामान्य कार्यक्रमलाई ईमेज न्युज एफएमले प्रत्यक्ष प्रसारण गर्न थाल्यो। हरेक कार्यक्रममा मलाई पठाउँथे ठाकुर र मोहन चन्द्र । एक हिसाबले भन्ने हो भने मोहन चन्द्र ठाकुर र मेरो राम्रो सम्बन्ध बिकास भइसकेको थियो । म लोकमानको कार्यक्रम मात्र नभएर लोकमानको नाता गोता सबैले गर्ने कार्यक्रममा प्रत्यक्ष प्रसारण गर्न जान्थेँ ।

लोकमानको श्रीमतीले नई प्रकाशनबाट निकालेको किताब बिमोचन कार्यक्रमको समेत प्रत्यक्ष प्रशारण गर्न पठाइयो । अती भएपछी मैले एकदिन ठाकुरसंग यस्ता कार्यक्रममा म नजाने, चाकडी गर्न अरु कसैलाई पठाउनु भन्दिएँ । त्यस्पछी ठाकुर र मेरो बिचमा द्वन्द सुरु भयो र मोहन चन्द्रले समेत रुखो व्यबहार गर्न लाईसकेका थिए । यता कार्किसंग मोहन चन्द्रको दरो दोस्ती भईसकेको बताइन्थ्यो । उनले ठाकुरलाई पुरष्क्रित गर्दै ईमेज खबरको सम्पादक बनाइदिए । सम्पादक बनेको १ घण्टा नहुँदै ईमेज च्यानलमा बिरोध सुरु भयो र उनलाई मोहनले सेवा सुबिधा तलब, जिम्मेवारी सम्पादककै दिएपनी ईमेज खबरमा टेक्निकल प्रमुख पद देखाउनकोलागी राखियो ।

यसै बिचमा अख्तियार काण्ड भयो र मेरो जागीर गयो । सबै पत्र-पत्रीकामा मेरो जागीर गएको समाचार आए । यो घटनाको राष्ट्रिय स्तरका ठुला मिडिया भन्ने दम्भ पालेका कसैलेपनी लेख्न खोजेन । लेखुनपनी कसरी? लोकमानसंगमात्र सम्बन्धित भएको भए सायद सबैको साथ पाउँथेँ होला तर स्वयम मिडियासंग समेत अल्झेको बिषय भएकोले धेरैले पत्रीकामा नलेखेपनी बिभिन्न तरीकाले सहयोग गरे । भनिन्छ नि सिसाको घरमा बसेर अर्काको सिशाको घरमा ढुंगा नहान्नु । मिडियाभित्र भएका र हुने गरेका धेरै कुराहरु बाहिर आउँदैनन । सर्वसाधारणलाई त केही थाहा हुँदैन । केही ठुला मिडियाका मैले चिनेका सम्पादकहरुलाई फोन गरेँ । तर सहयोग मिल्ने छाँटकाट देखिएन ।

हरेश खाएपछि एक जना साथीलीई दुखेशो पोखेँ सिनियरहरु डराए । किन डराए होला? दिग्दार मान्दै भने । उनले फ्याट्टै भने- सबै पत्रकार डराउँदैनन। ति मध्यका केही त देशकै ईमानदार र शाहाशी छन । तिनिलाई संपर्क गर भने । मैले को हुन तिनी भन्ने प्रश्न सोधेँ । उत्तर आयो धेरै छन तिमीले थाहा नपाएका मात्र हौ । तिमी सेतोपाटिका प्रधान सम्पादक अमित ढकाललाई संपर्क गर । अमित ढकाल जस्लाई मैले आजसम्मपनी प्रत्यक्ष भेटेको छैन, उनको नंबर साथीसंग लिएर हिँड्नै आँटेको थिएँ । ४ जना अपरीचीतले एक्कासी मलाई आक्रमण गरे । प्रत्यकका हातमा फुटेका बोत्तलका धारीला शिसा थिए । लाग्यो अन्तिम समय आयो । लाग्यो लोकमानले मलाई मार्न पठाए ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*