नेपालगञ्जमा भित्रियो कारजस्तै अटो रिक्सा

बाँके, ८ कार्तिक । नेपालगञ्जमा नयाँ अटो रिक्सा भित्रिएको छ । कार जस्तै रहेका उक्त अटो रिकसा नेपालमै पहिलो पटक भित्रिएको बताइएको छ ।

d717fc6d16f2b0358f9fd38f88cd8502उक्त रिक्सामा ब्याट्री र जेनेरेटर दुबै सुुविधा छ । त्यस्तै सो रिक्सामा कार जस्तै हिटर, पङ्खा, एलसिडी क्यामेरा र नाइट भिजन भएको बागेश्वरी इनटरनेश्नल प्रालिका प्रवन्ध निर्देशक उदयसिंह श्रेष्ठ जानकारी दिए ।

जाडो सिजनमा यात्रुहरुलाई हिटरको सुविधा घाम, पानी, हावा हुरी धुलो धुवाबाट बच्न सकिने सुविधायुक्त कार जस्तेै रिक्सा नेपालमै पहिलो पटक नेपालगन्जमा ल्याइएको प्रवन्ध निर्देशक श्रेष्ठले बताए ।

नेपालभरकै आधिकारिक विक्रेता बागेश्वरी इटरनेश्नलले नेपालगन्ज भित्र्याएको सो अटो रिक्सा जस्तोसुकै उकालोमा पनि सजिलै जान सक्ने जेनेटरको सुविधा भएकोले उक्त अटो रिक्साको माग अत्याधिक रहेको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*