नारी सेक्सको आवेदन भर्न श्रृङ्गारिएका होइनन

mira-prasai

मिरा प्रसाई

गरिब , निमुखाले गरेको अपराध हुन्छ तर ! हातमा शक्ति भएकाहरुको लागी उही अपराध भगवान श्रीकृष्णले गर्ने जस्तै पबित्र रासलीला हुन्छ । डार्बिन भन्छन् ” योग्यहरु नै बाँच्छन यहाँ ” उक्त भनाइ सत्य रहेछ । सत्यबादीको प्रमाणपत्र भनेको नै शक्ति र सत्ता रहेछ । हो यहि कुरा लागु भयो कलाकार सन्तोष पन्तमा । उनी योग्य थिए र त बाचे । उनको ठाउमा अरु कोहि अयोग्य थियो भने अवस्य पनि कठघरामा उभिने पक्का थियो ।

केहि दिन अघि पर्ल स्ट्रीट जर्नलमा ” ए पुरुष ! के तिम्रो नारीलाइ हेर्ने दृष्टिकोण यौनिकताको मात्रै हो रु ” सन्तोस पन्त र रामेश्वर शाहले सबिता सुवाल माथी गरेको महिला यौन हिंसाका सम्बन्धमा लिखित उक्त मेरो लेखमा मैले सम्पुर्ण पुरुष जातिलाइ सम्बोधन गरेकि थिइन । महिला देख्ने बितिकै केवल यौनिक सोच मात्र पाल्ने पुरुषहरु मलाइ यौन दुराचारी प्रबृत्ति भएका बिकृत पुरुष लाग्छन । हरेक कुरामा सकारात्मक र नकारात्मक दुबै पक्ष हुनु स्वाभाबिक हो तसर्थस् लेखका सम्बन्धमा सकारात्मक र नकारात्मक दुबै सन्देशहरु आए । जस्ले बोक्रा उप्काएर भित्री गुदिलाइ हेर्नू भयो वाहाले बुझ्नु भयो बोक्रा भित्रको रहस्य । जस्ले बाहिरी बोक्रा मात्र छाम्नु भयो वाहाले आरोप लगाउनु भयो । असल सभ्य र चरित्रवान पुरुष हाम्रो समाजमा नभएका होइनन ।

केही त्यस्तै बिकृत मानसिकता भएका ब्यक्तिहरुले धेरै सभ्य र सुशील पुरुषलाइ पनि हिलो छ्यापेका छन् । सफा मन र हृदय भएकाहरु पनि तुच्छ देखिएका छन्। एउटा पुरुषको भुमिका अनेक सम्बन्धमा हुन्छ जस्तैस्छोरा भाइ दाजु अनि बुवा जस्ले संरक्षण गर्छन ती पनि पुरुष नै हुन । सबै पुरुषहरु कहाँ एउटै हुन्छन र ? यौन दुराचारीहरु अनि बिकृत यौन मनोबिज्ञान भएका ढोङ्गी ब्यक्तिहरुले महिलालाई केवल यौनिक नजरले हेर्ने गरेका जवलन्त उदाहरणहरु हुन – महिला यौन हिंसा र सृङ्खलाबद्ध बलात्कार अनि हत्या । हो , एकाध घटनाले सम्पुर्ण पुरुषलाई लज्जित बनाएको छ । दोषीलाई कानुनी कठघरामामा उभ्याए पस्चात पनि बिभिन्न बहानामा मिलाउन खोज्नु , शक्ति र सत्ताको आडमा पिडकलाइ कानुनबाट नै संरक्षण गर्न खोज्नु जस्ता कारणले यस्ता प्रबृतिका ब्यक्तिलाइ थप हौसला मिल्ने गरेको छ ।

श्रावण देखि यता मात्र चार सय घरेलु हिंसाका घटना भएको प्रहरी रेकर्डले बताउछ जस मध्ये ३ सय ५९ मुद्धा मिलापत्रमा टुङ्गिएका छन् । मिलापत्रमा मिल्नु या मिलाउनु भनेको नै पैसाको प्रलोभन देखाउनु र पिडित पक्ष प्रलोभनमा पर्नु हो । बाकी ३४ मुद्धाको फलोअप भएको रेकर्ड देखिएन । यसको सरल अर्थ कि कसैले फलोअप गरेनन् या त फलोअप गर्न जानू पुर्ब नै पैसा र शक्तिले अदालत सम्मको सिधा बाटोलाई भुलभुलैया बनाइ दियो । पुर्बमा जबर्जस्ति भएका करणी मुद्धा १ सय ५६ प्रहरी रेकर्डमा छन जस मध्ये ६६ जना महिला छन भने बाकी ९२ जना बालिका यौन दुराचारीको सिकार भएका छन् यी मध्ये ५ प्रतिशत आफन्तबाट पिडित छन् ।

यौन हिंसा सामाजिक प्रतिष्ठासङग जोडिने र गम्भीर प्रकृतिका भएकै कारण प्रहरी समक्ष आइ पुग्दैनन् । विभिन्न महिलाबादी संघ सस्था मानव अधिकार कर्मीद्वारा भएका जनचेतना मूलक कार्यक्रम र प्रस्तुतिले हिंसाका घट्नाहरु क्रमशस् बाहिर आउन थालेका छन । हिंसाका घटना बाहिर आउन थाले पछि हुने सामाजिक बेइज्जत तिरस्कार र अपमानको डरले पनि केहि हद सम्म यस्ता प्रबृत्तिका ब्यक्तिहरुको मनोबल झुकेको छ । केही प्रशासनिक ब्यक्तित्व , महिला सन्जाल धरान साक्षी बसेर पिडित सबिता र मुख्य पिडक कलाकार सन्तोष पन्त बिच मिलापत्र गराइएको समाचार पढे । न त त्यहाँ हिंसाको सिकार भएकी पिडित महिला नै उपस्थित थिइन न त मुख्य पिडक पन्त नै थिए । ” मुद्धा दर्ता गराउदा कानुनी प्रमाण फेला पर्न सकेन भने इज्जत जान्छ, बेकारको झमेलामा फसिन्छ न्याय पाउन सकिन्न ” भन्ने कारण देखाइ दुबै पक्षको रोहबरमा सम्झौता भयो । झमेलामा फसिन्छ भनेर पिडित महिलाको मनोबल गिराउने काम किन गरियो रु के यो मनोबैज्ञानिक डरत्रास देखाउन खोजेको होइन रु अचम्ममा परे म कठै १ भन्न मन लाग्यो । आफ्नै देशको कानुन देखेर हास्यास्पद लाग्यो । लज्जास्पद लाग्यो ।

प्रश्न कसलाई सोधौ – कानुनका पहरेदारलाई ?‘ समाजलाई या आफैलाइ रु “ठुलालाई चैन सानालाई ऐन ” किन रु के यो मनोबैज्ञानिक डरत्रास देखाउन खोजेको होइन रु अचम्ममा परे म कठै ! भन्न मन लाग्यो । आफ्नै देशको कानुन देखेर हास्यास्पद लाग्यो । लज्जास्पद लाग्यो ।

” मानव अधिकारकर्मी हौ हामी मानव अधिकारको पक्षमा बोल्छौ ” भन्दै कुर्लिने मानव अधिकारकर्मी किन यहाँ मौन रु कानुनले खोइ सहि गलत छुट्याएको रु सन्तोस पन्त र रामेश्वर शाहकी छोरीलाई उक्त हिंसा हुदो हो त अपराधिलाइ मिलापत्रमा मिलाइन्थ्यो होला र ? के उनिहरुको अपराध क्षम्य हुन्थियो होला र रु प्रश्न कसलाई सोधौ – कानुनका पहरेदारलाई ?, समाजलाई या आफैलाइ ? “ठुलालाई चैन सानालाई ऐन ” सन्तोस पन्त प्रकरणमा घाम जस्तै छर्लंग देखियो िआखिर किन रु बिचरा ! हाम्रो देशको कानुन सत्ता र शक्तिसङग लाचार बन्छ अनि सधै गरिब दुखीया प्रती शक्तिशाली बन्न खोज्छ । जातिय बिभेद त थियो नै नियम कानुनले पनि धनी गरिब बिचमा भेदभाव गर्न खोज्छ । मानिस गरिब छ भने गरिबिले अन्य सबै कुरा फिका तुल्याइ दिन्छ आखिर दुई छाक खान सबैलाइ पर्छ भोको पेट मात्र पानीले कतिन्जेल धान्न सकिन्छ र ! अन्याय गर्यो ! अपराध गर्यो ! हिंसा गर्यो ! बलात्कार गर्यो ! धम्क्यायो अनि पैसाको स्वादिलो गासले मुख बन्द गरि दियो आहा ! कति सजिलो छ कानुनबाट उम्किन मुठीमा शक्ति लिएर हिड्नेहरुलाइ ।

प्रसङग सन्तोस पन्तको मात्रै होइन । अन्य धेरै बिकृत मानसिकताका सन्तोस पन्तहरु छन समाजमा अनि हिंसा र बलात्कारको शिकार भएका अन्य धेरै सबिता र पुजाहरु छन् । न्यायको खोजिमा प्रहरी देखि अदालतको ढोका ढकढक्याए पनि केही मुद्धाहरुले न्याय पाउछन भने अन्य धेरै मुद्दाहरु शक्ति र पैसाको आडमा मिलाइन्छन । कहिले काहीँ पिडितलाई मुद्धा फिर्ता लिन बाध्य बनाइन्छ या भनौ ” घटना भएको होइन भन्न लगाइन्छ ” पत्रकारलाइ नै झुटो बनाइन्छ ।कुनै अवस्थामा पिडितहरु आफै पैसाको लोभमा आफ्नो स्वाभिमान बन्दकी राखेर मुद्धा फिर्ता लिन्छन ि चरम गरीबी,अशिक्षा असमानता र बेरोजगारीको कारणले गर्दा आफ्नो मुख बन्द गर्न बाध्य हुन्छन उनिहरु । बिभिन्न हिंसा बिरुद्ध शून्य सहिष्णुता अपनाउने नियम बनाइए पनि महिला हिंसाका घटनालाइ गम्भीर रुपमा लिइएको कहि कतै बाट देखिदैन् । हाम्रो नेपाली पन, नैतिक मूल्य र मान्यता लोप हुँदै गएको छ । बिश्वले कत्रो फड्को मारी सक्यो तर पनि आजका हाम्रा युबाहरु किन हिङ्स्रक बन्दै गइ रहेका छन रु के यो सबै अस्लिल भिडियो चलचित्र ,अस्लिल साहित्यको प्रभाव त होइन रु कारण खोतल्नु जरुरी देखिएको छ ।

जसको मनोगती बिकृत यौन प्रदुषणले भरिएको छ िउसको महिला यौन हिंसा बढ्नुको कारक तत्व महिलाले गर्ने श्रृङ्गारलाई देखेको छ । महिला श्रृङ्गारिएर अरुलाइ आकर्षित गर्नाले योनाकर्षण बढेको हो । यौनिक दृष्टिकोण राख्न प्रेरित गरेको हो भन्ने तर्क पनि छ । हिन्दु धर्ममा नारीलाइ देबि मानिन्छ उनै नारी शक्तिकी देबिले श्रृङ्गार गर्छिन भनेर देखाइएको छ के उन्लाइ पनि पुरुष भगवानले हरेक पल यौनिक दृष्टिकोणले नै हेर्छन त रु

बुद्ध धर्म भन्छ ” हप्ताको एक दिन आठ ओटा नियम भएको अस्टशील पालन गर्नु पर्ने या त छोड्नु पर्ने भन्ने नियम हुन्छ । जस मध्ये अब्रहाचर्य ( यौन सम्बन्ध ) छोड्नु पर्दछ साथै श्रृङ्गारका सामान लगाउन , नाच्न गाउन बाध्यबाधन छोड्नु पर्छ यी सबै विषयले यौन तृष्णा जगाउन महत्वपूर्ण भुमिका खेल्छ । ” महिला पुरुष दुबैले हप्ताको एक दिन अस्टशील पालन गर्न सके यौन तृष्णा सन्तुलनमा राख्न सके महिला श्रृङ्गारमा सम्यमता आउनेछ तब मात्र महिला प्रती पुरुषको दृष्टिकोण र सोचाइमा परिबर्तन आउनेछ । “

भन्नुस कसरी श्रृङ्गारपटार यौन हिंसा र बलात्कारको कारक तत्व भयो रु बिदेशी महिलाहरु हाम्रो भन्दा भद्दा श्रृङ्गार गर्छन टु पिसमा हिड्छन भने उनिहरु किन यौन हिंसाको शिकार हुदैनन रु किन हदैनन् बलात्कृत  ? के कसै सङग छ यो प्रश्नको उत्तर रु के पुरुष प्रतिको बिश्वासमा खडेरी नै परेको हो त ?

यो धार्मिक मान्यताको कुरा होला । यसमा मैले सत्यता पटक्कै देख्दिन । किनकी जो पनि आफू सुन्दर सफा भएर हिड्न मन पराउछ चाहे त्यो पुरुष होस वा महिला । महिलाले मात्र होइन पुरुषले पनि श्रृङ्गार गर्छन । श्रृङ्गार केवल ब्यक्ती सुन्दर र आकर्षक देखिन गरिन्छ। कुनै पनि महिला सेक्सको आबेदन भर्न श्रृङ्गारिएकी हुन्न त्यस्तै कुनै पनि पुरुषले दारी काटेर पुरुषले गर्ने श्रृङ्गार गरेर सेक्सको आबेदन भरेको हुदैन । शहरका धनी र सभ्य महिलाको तुलनामा गाउघरका गरिब र निमुखा महिलाहरु बढि यौन हिंसाको सिकार हुने गरेका छन । शहरका महिलाले आधुनिक श्रृङ्गार गर्न जानेका छन् ि गाउघरका महिलालाई श्रृङ्गारिन ” आकाशको फल आँखा तरि मर ” भने जस्तै हो ।

अब भन्नुस कसरी श्रृङ्गारपटार यौन हिंसा र बलात्कारको कारक तत्व भयो रु बिदेशी महिलाहरु हाम्रो भन्दा भद्दा श्रृङ्गार गर्छन टु पिसमा हिड्छन भने उनिहरु किन यौन हिंसाको शिकार हुदैनन रु किन हदैनन् बलात्कृत रु के कसै सङग छ यो प्रश्नको उत्तर ? के पुरुष प्रतिको बिश्वासमा खडेरी नै परेको हो त रु आमाको कोख देखि शुरु भएको नारी पुरुष भेदभाब नारीको अस्तित्व रहे सम्म निरन्तर चल्छ अनि मृत्यु पश्चात् पनि िहाम्रो धर्म सस्कारले नारीलाइ भेदभाब गरेको छ ।

मृत्यु पछिको सस्कारमा पनि पुरुष हाबी भएका छन । स्वर्गबास भएका हजुरबुवा र बुवा अर्थात पुरुषहरुको नाममा सोह्र दिन सम्म श्राद्ध चल्छ ि के महिलाको नाममा पुरुषले गर्ने कुनै व्रत र श्राद्द छ रु महिलाको नाममा न छ कुनै मोक्ष प्रदानको चलन न त छ कुनै व्रत । सदियौ देखि महिलाको चिरहरण भएको ईतिहास हामी सामु छरपस्ट छ । आजको यो २१ औ शताब्दी सम्ममा आइपुग्दा पनि महिलाको चिरहरण भइरहेको छ । के यो महिला माथी हुने भेदभाब होइन रु धार्मिक ,सास्कृतिक, राजनितीक र सामाजिक क्षेत्रमा विभेद हुनु हुदैन भन्ने नाराहरु सुन्न पाए पनि हामी सबैले आदिम काल देखि चली रहेको भेदभाबलाइ हटाउन सकेका छैनौ । बोली र लेखाइमा हटाइन्छ तर व्यवहारिक रुपमा भने यो बिभेदको अन्त्यको सुरुवात कसैले गरेको छैन ।

महिला यौन हिंसा रोक्नलाई प्रत्यक प्रहरी कार्यालय महिला मैत्री हुनु जरुरी छ । गोपनियता कायम राख्ने बिस्वस्नियता हुनु पर्दछ ि जस्को कारण घर भित्रै सिमित रहने घटनाहरु बाहिर आउन सकुन । पिडितले न्याय पाउन अनि पिडकले सजाय भबिस्यमा हुन सक्ने जोखिम र सम्भावनाको न्यूनीकरण गर्न सकियोस । महिला हिंसा रोक्न स्वयम् बिकृत मानसिकता भएका पुरुष , घरपरिवार , समाज र प्रहरी प्रशासन सचेत हुनु जरुरी छ । जब सम्म यस्ता बिकृत पुरुषले महिला माथी ज्यादती गर्दैन र गर्न दिन्न भन्ने प्रण गर्दैन तब सम्म यस्ता हिंसाहरु सृङ्खलाबद्ध भइ रहने छन । गल्ती गर्ने पुरुषलाई सजाय तोकिनु पर्छ चाहे धनी होस् ि चाहे कुनै राजनीतिक पार्टिको िकसैले कसैको अपराधलाइ पक्षपोषण गरेन भने एकदिन समाज सुगन्धित अवस्य बन्छ । पुरुष बिना सृष्टि र महिलाको अस्तित्व पुर्ण छैन न त महिला बिना पुरुषको अस्तित्व पुर्ण छ तसर्थ स् दुबैको सहबास र सहाचार्य अत्यन्तै आबस्यक छ ।

अत स् किन केवल पुरुषलाई मात्र दोस दिने ! समाजको कुनै पुरुष बिकृत मनोगतिको बन्नुमा केको प्रभाव परेको छ भन्ने बुझ्न जरुरि छ अब । पुरुष हिङ्स्रक बन्नुको कारण खोतल्नु जरुरी छ । र अब पुरुष बिकृत मनोविज्ञानलाई मात्र दोष नदिएर कारण खोतल्न तिर पो लाग्ने हो कि ?

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*