Monthly Archives: September 2016

मुस्ताङमा चार सय मेट्रिक टन स्याउको उत्पादन घट्यो

e0f5caa8dad3ca3c72da5a261b8382a5

मुस्ताङ, १३ असोज । यसवर्ष मुस्ताङमा चार हजार चार सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष चार सय मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले बताए । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो ...

Read More »

भारतले पाकिस्तानसँग सिमा जोडिएका तीन राज्य खाली गर्यो

48fdc386cf22b71291896c3d2baf2b50

(एजेन्सी), १३ असोज । बिहीवार बिहान जम्मु कश्मिरको सीमाक्षेत्रमा भएको गोली हानाहानपछि भारतले पाकिस्तानसँग सीमा जोडिएका तीनवटा राज्यका १० किलोमिटर क्षेत्र खाली गराएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री राजनाथ सिंहको निर्देशनमा सीमाक्षेत्र खाली गराइएको छ भने विद्यालय पनि बन्द गरिएको छ । गृहमन्त्री सिंहको आदेशमा सीमाक्षेत्रमा जोडिएका सहरका अस्पतालको इमरजेन्सी वार्ड पनि खाली गराउन थालिएको छ। यसका अलावा प्रधानमन्त्री ...

Read More »

गणितको विकासले अनुसन्धान र विकासको ढोका खोल्छ, ‘प्रधानमन्त्री’

dsc2187

काठमाडौं १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणितको विकासले अनुसन्धान र विकासको ढोका खोल्ने बताउनु भएको छ । बिहीबार गणित विज्ञान ट्रष्ट नेपालले आयोजना गरेको गणितिज्ञ गुरु अभिनन्दन तथा रथारोहण समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘गुरुहरुले आयोजना गरेको यो कार्यक्रम निकै मौलिक र संवेदनशील पनि छ । गणितको विकास निकै महत्वपूर्ण सवाल हो । गणित र विज्ञानको विकासले मात्रै अनुसन्धान र ...

Read More »

बजेट आश्रित विद्येयक पेस गर्ने मन्त्रीपरिषदको निर्णय

dsc1414-1-1-1-1-jpg1_-1-848x478-1-1-1

असोज १३, काठमाडौं । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले बजेट आश्रित विद्येयकहरु संसदमा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत ९२१ औं संशोधन० विधेयक २०७३ संसदमा पेश गर्ने निर्णय गरेको हो । बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा।डा। देवराज अधिकारी र सदस्यहरुमा त्रिभूवन विश्वविद्यालयका उपकूलपति ...

Read More »

आफ्नो भूमिको रक्षाका लागि हामी तयार छौँ : पाकिस्तान

pakistan-prime-minister-nawaz-sharif-57ecda2eb4ca16-44145054

एजेन्सी, १३ असोज । भारतीय सैनिकले सीमा क्षेत्रमा आक्रमण गरेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले त्यसको कडा शब्दमा निन्दा गरेका छन् । अघिल्लो साता भारत प्रशासित कश्मीरस्थित उरीको सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले आज बिहीबार राती पाकिस्तानी सीमाक्षेत्रमा गोली चलाउदा दुई पाकिस्तानी सैनिक मारिएका छन् । पाकिस्तानी सेनाका अनुसार बिहीबार बिहानको राती २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान ...

Read More »

राजनीतिक परिवर्तनमा प्रेस जगतको भूमिका उच्च – ‘प्रधानमन्त्री’

dsc2133

असोज १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा प्रेस जगतको भूमिका उच्च रहेको बताउनु भएको छ । प्रेस सेन्टर, नेपालको एकता महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘पञ्चायत र राजतन्त्रकालमा प्रेस जगतले सकारात्मक भूमिका नखेलेको भए परिवर्तन निकै कठिन हुन्थ्यो । प्रेसले खेलेको सकारात्मक भूमिकाले नेपालमा गणतन्त्र, संघीयता, समावेशिता जस्ता मुद्धा स्थापित भएका छन् । देशको राष्ट्रिय ...

Read More »

भारतीय सेना पाकिस्तान प्रवेश : दुई पाकिस्तानी सैनिक मारिए

pakistan-ceasefire-620x400

काठमाडौँ, १३ असोज । भारत पाकिस्थानबीच युद्धको तयारी भइरहेको चर्चा चलिरहदा भारतीय सेनाले पाकिस्तानी सीमा रेखाभित्र प्रवेश गरेर दुई सैनिकलाई मारेको छ । आज बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको सञ्चारकर्मीलाई भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले जानकारी दिएका छन् । गतसाताबाट भारत र पाकिस्तानका बीचमा चर्किएको विवादले अन्तिम रुप लिएको हो ...

Read More »

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता

dsc1472-848x478

काठमाडौं, १३ असोज । सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले संसदमा विचाराधीन मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एबंं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले शिक्षण अस्पतालमा आमरण अनसनमा रहेका प्रा. डा. गोविन्द केसीको माग पुरा गर्नका लागि मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता ...

Read More »

लमहीमा बन्दै अन्तराष्ट्रिय मापदण्डको क्रिकेट मैदान

kirket-maidan-grafik-map

दाङ, १३ असोज । दाङको लमहीमा निर्माण हुन लागेको आइसीसी मापदण्डको क्रिकेट मैदानका लागि लमही नगर विकास समितिले १ करोड ३१ लाख रुपैयाँको टेण्डर आह्वान गरेको छ । मैदानको भौतिक पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरेको हो । टेण्डर स्वीकृत भएमा मैदानको बाँकी निर्माण कार्यअघि वढ्ने लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘भर्खरै टेण्डर आह्वान गरेको छ, ...

Read More »

जनताले सम्भोग नगर्दा सरकारलाई चिन्ता

cast-girls-posed-together-red-carpet

हामीकहाँ जनताहरु उद्यमशील भएनन्, यौनहिंसामा वृद्धि भयो तथा दुर्गम ठाउँहरुमा जनसंख्याको वृद्धिदर पनि बढि भयो भनेर सरकारलाई चिन्ता हुँदो हो । तर जापानमा भने जनताले सेक्सप्रति रुचि नराख्दा सरकारको टाउको दुखेको छ । उसै त जापानीहरु निकै मेहेनती तथा काममा डुब्ने मानिसको रुपमा चिनिन्छन् । पछिल्लो समय जापानीहरु काममा यति डुब्न थालेछन् की उनीहरुमा सेक्सप्रतिको रुचि नै घटिरहेको छ र ...

Read More »