Monthly Archives: September 2016

इच्छुकको इमेल

sangit-shrota

महेन्द्र पुलिस क्लब अगाडिको सडकमा फेला परेको छ इच्छुकको इमेल इमेल तिन बुँदे छ पहिलो बुँदामा छ कमरेड प्रचण्डको नाम र कोरिएको छ पहेंलो मसीमा राष्ट्रपति भवन जस्तो लाग्ने अमूर्त रेखाचित्र दोस्रो बुँदामा सम्बोधन गरिएको छ श्री चैतन्यलाई र लेखिएको छ चिनियाँ लिपीमा कमरेड एमबी सिंहको अर्ध भूमिगत ठेगाना तेस्रो बुँदामा छ रातो प्रश्नवाचक चिन्ह जहाँ कमरेड आहुतिलाई सोधिएको छ ...

Read More »

संस्मरण : बादलको घुम्टोमाथि

plane-1

‘हाम्रा बा लाई पठाई दे, हाम्रो दाजुलाई पठाई दे, हाम्रा मामालाई पठाई दे’– यस्तै भन्दै नाकको सिंगानलाई पाखुरा वा बाहुलाले पुछ्दै दगुरिन्थ्यो । फाटेको जाङे हल्लाउँदै, उस्तै परे सिंगानलाई सो¥याक्क तानेर नाकभित्रै तह लगाएर वा कुर्लुक्क निलेर पछिपछि दगुरिन्थ्यो । हामी केटाकेटीहरुलाई त्यतिविधि आकर्षित गर्ने जन्तु थियो– हवाईजहाज । हेलिकोप्टरको नाम ‘भटभटे’ र हवाईजहाजको नाम शायद त्यही नै थियो । ...

Read More »

हिन्दी भाषालाई सरकारी भाषा बनाउने समाचार निराधार हल्ला हो : प्रधानमन्त्री

k|d;Fu g]kfn kqsf/ dxf;ª3
k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं , ७ असोज । संविधान संशोधन गरेर हिन्दी भाषालाई सरकारी भाषा बनाउने विषयमा कुनै प्रस्ताव नआएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, ‘हिन्दी भाषालाई सरकारी भाषा बनाउने विषयमा कुनै छलफल पनि भएको छैन र यस्तो कुनै प्रस्ताव पनि आएको छैन ।’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई सरकारी भाषा बनाउने ...

Read More »

करेन्ट लागेर एक भारतिय नागरिकको मृत्यु

karent-lagera-mrityu

कुशुम वि.क./बर्दिया असोज,७ गुलरिया । बर्दियाको गुलरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम गुलरियामा रहेको गुप्ता सप्लायर्स अर्थात गुप्ता ग्रिल उद्योगमा काम गर्ने भारतिय नागरिक ४० वर्षिय मोहन लोधको मृत्यु भएको प्रहरीले बताएको छ । आज दिउसो तल्लो तलामा काम गर्दै गर्दा माथिल्लो तलामा गएका लोधको माथिल्लो कोठामा नै करेन्ट लागेको उनका सहकर्मि वजरंगी लोधले बताउनु भयो ...

Read More »

थारु चलचित्र ‘झुम्की’ राजधानीमा प्रदर्शन

jhumki-624x371

काठमाडौं, ७ असोज । थारु समुदायको सामाजिक, सांस्कृतिक जनजीवनमा आधारित चलचित्र ‘झुम्की’ आज शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । अपिल विष्टले पहिलोपल्ट निर्देशन चलचित्र ‘झुम्की’ मा द्वन्द्वकालको अवस्थालाई समेटिएको निर्माण पक्षले जनाएको छ । नारीलाई प्रधानता दिएर चलचित्र बनाइएको समेत निर्माण पक्षले बतायो । निर्देशक विष्टको लगानी रहेको सो चलचित्र सिनेमा आर्टस्को ब्यानरमा बनेको हो । रामबाबु गुरुङले थारुका विषयमा ...

Read More »

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

chattyang

उदयपुर, ७ असोज । उदयपुरमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो वस्तु चराउन गएका त्रियुगा नगरपालिका–६ खैजनपुरका ५० वर्षे वुचन चौधरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । चौधरीसँगै रहेका ५५ वर्षे लखन चौधरी र ५६ वर्षे तिलचन चौधरी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ...

Read More »

प्रहरी संग मिलेर सालको काठ तस्कर गर्ने पक्राउ

pakrau

देउखुरी, ७ असोज । गंगापरस्पुर गाबिस वडा नम्बर ६ मा रहेको च्यूरीघाट सामुदायीक वन उपभोक्ता समुह कक्रहवावाट अवधैरुपमा सालको काठ ओसार पसार गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पाँच वटा घप्पु ओसारपसार हुदै गरेको अवस्थामा रहेका पाँच जना मध्य चार जना भागेको र एक जना पक्राउ परेका हुन् । गढवा गाविस वडा नम्बर ३ झालीगाउँ निवासी ३३ ...

Read More »

‘ म निरीक्षणका लागि होइन अनुगमनका लागि आएको हुँ ‘ – प्रधानमन्त्री

dsc0925

सिन्धुपाल्चोक, ७ असोज । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने घोषणाबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन्  । शुक्रबार माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटा, नेपाल सरकारका कामु मूख्य सचिव टंकमणि शर्मासहित मेलम्ची पुग्नुभएका प्रधानमन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्  । निरीक्षणपछि आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न ...

Read More »

बाबुको हत्या गर्नेलाई दश वर्ष कैद मिनाहा

पर्वत, ७ असोज । बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा  गरिएको छ । सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा रहेका पर्वतका निर्मल पौडेले १० वर्ष कैद मिनाहा गरेको हो । पौडेलले कैद मिनाहा पाएपछि उनीह घर फर्किएका छन् । बाबुको हत्या गरेका पौडेल घर फर्किपछि पीडित परिवार र गाउँले ...

Read More »

जन्मदिनको उपलक्ष्यमा रक्तदान

14358746_1196324023764268_4801732836788291017_n1

दाङ । जन्मदिनको उपलक्ष्यमा पत्रकार महासंघ दाङका सदस्य एवं प्रेस सेन्टर दाङका सह–सचिव जनक नेपालीले रक्तदान गर्नुभएको छ । २६ औ जन्मदिनको उपलक्ष्यमा घोराही स्थित ब्लड बैङका पुगेर रक्तदान गर्नुभएको हो ।  रक्तदान नै जीवन दान भएको बताउँदै अप्ठेरोमा परेका असाहय गरिव र रगत किन्न नसक्नेहरुका लागि आफुले रक्तदान गरेको वताउँनुभयो । रगतको अभावमा छ्पटाई रहेका विरामीलाई करौडो रुपैयाँले गर्ने ...

Read More »