तुलसीपुर गौरी गाउँले कुलोमा पानी सञ्चालन

तुलसीपुर १२ को गौरी गाउँले कुलोमा सांसद डिल्ली चौधरीले पानी सञ्चालन गरेका छन । बाढिले कुलोको बाँध भत्काउदा प्रभाबित भएको सिंचाई सेवा सञ्चालनका लागि सांसद चौधरीले आर्थिक सहयोग गरेका थिए । गत साउनमा आएको बाढिले तुलसीपुर ४ गौरापातुमा रहेको कुलोका बाँध भत्काउदा सिंचाई कुलो सञ्चालनमा आउन सकेको थिएन ।

14509240_10206144411763118_1044204647_nगौरीगाउँको झण्डै ४सय विगाह जमिन सञ्चित हुने गौरीगाउँले कुलो मर्मतमा नेपाली काग्रेसका नेता तथा सांसद डिल्ली वहादुर चौधरीको ३ लाख ५० हजार आर्थिक सहयोग तथा जिल्ला भुंसरक्षण कार्यालय दाङ र जिल्ला जल उत्पन्न कार्यालय दाङको तारजालि सहयोग एबं किसानहरुको जनश्रमदानवाट मर्मत भएको कुलोमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि पानी सञ्चालन ल्याईएको हो ।

कुलोमा पानी सञ्चालन गर्दै सांसद डिल्ली चौधरीले मध्यवर्षामा कुलो क्षेतविक्षत हुँदा किसानलाई पर्ने पिडा आफुले बुझेको भन्दै व्यक्तिगत रुपमै थोरै सहयोग गरेर कलो सञ्चालनमा ल्याईएको बताए । उनले भने ‘ तपाईहरुको मिहेनत लगनशिल्ता ले यो कुलो वन्यो , अव तपाईहरुको मिहेनत खेर जाने छैन । ’ कुलो सञ्चालनमा आएसंगै सयौ परिवार लाभाम्बित हुने उहाँले बताउनुभयो ।

सांसद चौधरीले गौरीगाउँलेसंग आफनो एैतिहासिक सम्वन्ध रहेको भन्दै त्यहाँको कुलाको पक्की वाँध निर्माणमा ५० लाख वजेट व्यवस्था गरिदिने प्रतिवद्धता गरको त्यहाँको सडक कालोपत्रेको ठेक्कापट्टाका लागि टेण्डर आहवान भएको जानकारी दिए ।

ताल संरक्षणका लागि तुलसीपुर क्षेत्रका पड्हा ताल र गौरीगाउँ तालमा वजेटको व्यवस्थापनका लागि पनि आफु लागि परेको उनले बताए । त्यसैगरी उनले विकास निर्माणमा गौरीगाउँ वासीको एकता र लगनशिलता उदाहरणीय भएको वताए ।

सोही अवसरमा नेपाली काँग्रेस क्षेत्र नं ४ का सभापति जगतवहादुर खडका ,जिल्ला भूसंरक्षण कार्यालय दाङका कार्यालय प्रमुख शरद पगेनी , सिचाई डिभिजन कार्यालय दाङका ईन्जिनियर तिलकराम वुढाथोकीले गौरीगाउँ कुलाको वाँधमा पातुखोलाको पानीको वहाव वढि भएकाले वाँध तयार गर्दा वनाईएका संरचनामा असर हुनसक्ने भन्दै पक्की वाँध र सहायक तटवन्ध अनिवार्य रहेको वताएका थिए ।

कुलो निर्माण स्थानमा कमजोर माटो भएकाले कुलो भासिना तथा पानी भज्न सक्ने भन्दै कुलामा आवश्यक पानी मात्र लिने ब्यबस्था गर्नुपर्ने बताएका थिए । कुलो समितिका अध्यक्ष शिवराज वस्नेतको अध्यक्षता एवं सांसद डिल्लीवहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किसानहरु चन्द्र चौधरी , दानवहादुर खडका, यमराज केसीलगाएतले धान रोप्दा रोप्दै गौरीगाउँ मौजाको कुलो विग्रिएर किसानहरुलाई चिन्ता परेको अवस्थामा सांसद चौधरीले कुलो मर्मतमा सहयोग गरेको प्रति आभार ब्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष निमवहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव धनसिहं खत्रिले गरेका थिए ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*