इन्द्रेणी संवाददाता
दाङ, १० जेठ
दाङ निर्माण व्यवसायि संघको वैठकले संस्थाको १८ औं साधारणसभा आगामी भदौ २५ गते गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा आज घोारहीमा वसेको वैठकले यस्तो निर्णय गरेको हो ।feature

यसअघि यहि जेठ १६ गते गर्ने भनिएको साधारणसभा कार्यव्यस्ततालाइ मध्यनजर गर्दै आमागी भदौमा गर्ने निर्णय भएको हो । साथै संघका वरिष्ठ उपाध्यक्ष गणेश गिरी गत ५ गते सवारी दुर्घटनामा परी घाइते हुनुभएकोप्रति स्वास्थ्यलाभको कामना समेत गरेको छ ।।