dsc1472-848x478

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता

काठमाडौं, १३ असोज । सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले संसदमा विचाराधीन मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एबंं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले शिक्षण अस्पतालमा आमरण अनसनमा रहेका प्रा. डा. गोविन्द केसीको माग पुरा गर्नका लागि मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरिएको बताए ।

dsc1472-848x478नवौं पटक अनशनमा बसेका डा. केसीले यो विधेययक फिर्ता गर्नुपर्ने माग गर्दै आएका थिए । बैठकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नाम फेरेर ‘मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठान’ राख्ने निर्णय गरेको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*