Monthly Archives: १५ भाद्र २०७३, बुधबार ०१:५१

पत्रकार हिरामणिको निधन

तुलसीपुर १५ भदौ । पत्रकार हिरामणि चौधरीको  मृत्यु भएको छ । तुलसीपुर १८ कचिला निवासी उनको मंगलवार राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चौधरीका दाजु भरतमणि चौधरीले जानकारी दिए । अन्दाजी ३१ बर्षीय चौधरी विगत १० वर्ष भन्दा बढी समयदेखि रेडियो तुलसीपुर दाङमा कार्यरत थिए । चौधरी भाषाको समाचार र चौधरी भाषा सम्वन्धि हरेक सूचना र सन्देश मुलुक कार्यक्रम सञ्चालनको ...

Read More »

विकृती बिरुद्ध सर्रावासीको प्रतिवद्धता

youth

दाङ, १५ भदौ घोराही–१ सर्रामा मंगलबार वडा नं. १ लाई विकृतीरहित बनाउनेबारे छलफल भएको छ । घोराही नगरपालिका र हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालको सहयोगमा वडा नागरिक मञ्च र बाल संरक्षण समितिले आयोजना गरेको जन्मदर्ता, बालश्रम, बालविवाह, खुल्ला मदिरा बेचबिखन र अपराध न्यूनिकरण सम्बन्धी छलफलमा सहभागी सबैले वडामा यी सबै विकृती रोक्ने प्रतिबद्धता जनाएका थिए । वडा नागरिक ...

Read More »

शिशु मृत्युदरको कारण अन्धविश्वास

घोराही १५ भदौ । सामाजिक अन्धविश्वासका कारण नवजात शिशु मृत्युदर र वालशिशु मृत्युदर अझै न्युनिकरण हुन नसकेको मंगलवार घोराहीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । नवजात वालशिशु मृत्युदर न्युनिकरण सम्वन्धि दुईदिने तालिम समापन कार्यक्रम एंव सामुदायमा आधारित नवजात शिशु तथा वालरोगको एकीकृत व्यावस्थापन कार्यक्रम जिल्ला स्तरिय योजना तर्जुमा र कार्यक्रमका सहभागी बक्ताहरुले त्यस्तो कुरा बताएका हुन ।  कार्यक्रम माथि कार्यपत्र ...

Read More »

जेल परेका वुवाको खोजी छोराछोरीले गरेपछि आमालाई जवाफ दिन गाह्रो

लक्ष्मण रसाइली कतार, १४ भदौ । बिगत ९ बर्ष देखि साउदी अरबमा  जेल परेका थबाङ ४ झुराबाङ रोल्पाका पन्च बहादुर रोकालाई छोरा छोरीले खोजी गरेपछि आमालाई जवाफ दिन गाह्रो भएको छ । मगर भारतिय नागरिक हत्या अभियोगमा जेल परेका छन।   मृतक भारतिय नागरिकका  आफन्त कोहि पनि अदालतको सम्पर्कमा नआउदा रोका मगरलाई अदालतको बिना  फैसलामा जेल राखियको छ। रोका मगरका घरमा ...

Read More »

राप्ती अञ्चल अस्पतालको प्रसुती सेवा सञ्चालनमा

चेतन रेग्मी / तुलसीपुर मंगलबार दिनभर बन्द भएको राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रसुती सेवा मंगलबार बेलुका देखी सञ्चालनमा आएको छ ।  अस्पतालमा आमा र शिशुको मृत्यु भएपछि आफन्तले अबरोध शिर्जन गर्दा अस्पतालको प्रसुती सेवा मंगलबार दिन भर बन्द भएको थियो । आफन्तले अस्पतालमै धर्ना दिए पछि स्थिती तनावग्रस्त बनेको थियो । असुरक्षाको कारण देखाउदै अस्पतालले पनि दिनभर प्रसुती सेवा प्रबाह ...

Read More »

नेपाली काँग्रेस स्युजा ३ खारा इकाई समितिको कार्यालय उद्घाटन

नेपाली काँग्रेस स्युजा  गाविस वडा नम्बर ३ खारा ईकाई समितिको कार्यालय उद्घाटन गरिएको छ । वडा सभापति गोवर्धन पुनको सभापतित्व तथा नेपाली कांग्रेस दाङका सभापति किर्तिवहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टी कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी खड्काले नेपाली कांग्रेसलाई सांगठिनक रुपमा बलियो बनाउन स्थानीय तहबाटै सकृयता थाल्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । लोकतन्त्रमा मात्रै मुलुक बलियो ...

Read More »

स्युजाको उजासम्म गाडी चल्ने

pahilo patak si_nyara ma gadi

दाङ १४ भदौ स्युजा गाविस ८ को उजाको बागेश्वरमन्दिरसम्म गाडी चल्ने भएको छ । राप्ती अञ्चल सार्वजनिक यातायाता व्यवसायीले बुधवारदेखि नियमित गाडी चलाउन लागेको हो । यस अघि स्युजाको बोजपोखरासम्म मात्र जाने गरेको थियो । विहान ७ बजे घोराहीको ट्राफिकचोकदेखि बस छुटने र उजावाट दिनको २ बजे घोराहीको लागि वस छुटने भएको स्युजा गाविस सचिव खिमेन्द्रसिंह खड्काले जनाएका छन् । ...

Read More »

मसुरियामा हुने तीज गित प्रतियोगिताको तयारी पुरा

ओमप्रकाश गुप्ता सिसहनियाँ १४ भदौ । देउखुरीको लालमटिया ८ मसुरियामा भोली बुधवार हुने खुल्ला तीज गित प्रतियोगिता को सम्पुर्ण तयारी पुरा भएको छ ।इक्वल एक्सेस नेपालद्धारा गठित विहानी रेडियो स्रोता समुह लठ्ठहवा, जनप्रिय रेडियो स्रोता समुह कालापानी, जनहित रेडियो स्रोता समुह मौरीघाट, शान्ति रेडियो स्रोता समुह बसन्तापुर, करम्दी रेडियो स्रोता समुह बराखुट्टी, स्टार रेडियो स्रोता समुह मसुरिया र खुरुरीया रेडियो ...

Read More »

वेपत्ताका परिवार भन्छन : अझैं कति दिन आफन्त पर्खिएर बसौं ?

इन्द्रेणी संवाददाता दाङ , भदौ १४ । ०५८ साल चैत्र १९ गते दिँउसो मासु ल्याउछु भनेर  बजार हिंडेका घोराही २ पछुर्का निवासी कृष्णा चौधरिका श्रीमान बिर्जु चौधरि अबेर सम्म नि घर फर्किएनन । पछि बुझदै जाँदा उनलाई तत्कालीन शाही सेनाले बजारबाट बिनापुर्जी पक्रिएको रहेछ । १५ वर्ष भयो न त उनका श्रिमान फर्किएका छन न त उनको अवस्थाबारे कृष्णालाई केही जानकारी ...

Read More »

क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अन्तर्गत दोश्रो हप्ता अभियानमा दलहरुको सक्रियता

tulsipur

तुलसीपुर १४  भदौ । क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान अन्तर्गत आज दोश्रो हप्ताको सरसफाई सम्पन्न भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको आयोजना तथा तुलसीपुरका बिभिन्न संघसंस्थाहरुको सहकार्यमा शुरु भएको अभियान अन्तरगत आज नगरजेसिजको अगुवाईमा खानेपानी चौक देखि वाहीनी चौक सम्म र घोराही चौक देखि रौनियार चौक सम्म सरसफाई गरी गरिएको छ । अब देखी प्रत्यक हप्ताको मंगलबार ...

Read More »