Monthly Archives: August 2016

भारतको सिमलामा पहिरोमा परेर एकै परिवारका पाँच नेपालीको मृत्यु

oudburst-in-Shimla-district

काठमाडौं १० भदौ । गत आइतबार राति भारतको सिमलामा परेको अविरल बर्षाका कारण आएको पहिरोमा परि  एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मृत्यु हुनेमा नेपाली नागरिक लछिराम, उनकी श्रीमती र तीन जन बच्चा रहेको समाचारमा उल्लेख छ । तर, उनीहरुको नेपालको ठेगाना भने उल्लेख छैन । लछिराम परिवारका सदस्यसहित अस्थायी टहरोमा त्यहाँ बस्दथे ...

Read More »

इन्नोभेटिभका विद्यार्थीले दिए वृद्धाश्रममा सहयोग

20160826_133759

तुलसीपुरमा रहेको इन्नोभेटिभ ज्ञानज्योति पब्लिक स्कुलका विद्यार्थीहरुले घोराही तेरौटेमा रहेको वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई सहयोग गरेका छन् । विद्यालयको  सहयोग र विद्यार्थीहरुले खाजा खर्च कटाएर उठाएको रकमबाट २० हजार वरावरको  भौतिक सामग्रीको सहयोग गरेका हुन् । उनीहरुले वृद्धाहरुको आवश्यकतालाई ध्यानमा राखेर १०० किलो आलु,२५ किलो प्याज,२५ किलो दाल,  ५० पोका नुुन, २४ लिटर तेल, सावुन  लगायतको सहयोग गरेका थिए । सो अवसरमा ...

Read More »

गोली बोकी नेपाल छिरेका भारतीय नागरिक पक्राउ

HandgunAmmo

एसएलआरको गोली बोकेका भारतीय नागरिक शेखर सुमनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत सीतामढी सोनबर्सा स्थायी घर भएका २१ बर्षिय सुमन सहित पाँच जनाको टोलीलाई त्रिभुवन नगर प्रहरी चौकी र शसस्त्र प्रहरी बलको संयुक्त टोलीले बिहीबार राती त्रिभुवन नगर गाविस–४ झिमपुल नजिकबाट पक्राउ गरेको हो । उनिहरुको साथबाट एसएलआरुको गोली १ राउण्ड, थ्रिनटथ्रि राईफलको गोली १ राउन्ड तथा ...

Read More »

नेपाली काँग्रेसका सभापति देउवा पाचन समस्या देखिएपछि उडे सिङ्गापुर

20160406030508_fjsdjflsd

काठमाडौँ – पाचन प्रक्रियामा समस्या देखिएपछी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारार्थ   सिङ्गापुर तिर प्रस्थान गरेकाछन। पेटको पाचन समस्याको नियमित उपचारको  सिलसिलामा सभापति देउवा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। आज दिउँसो सिङ्गापुरका लागि उडेका देउवा यही भदौ १६ गते स्वदेश फर्कनेछन् । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना ...

Read More »

नापतौलका सामाग्रीहरु चेक जाँच सुरु

naptoul

तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा शुक्रवार देखि नापतौल डोर टोलीले व्यवसायीहरुको नापतौलका सामाग्रीहरु चेक जांच गर्न शुरु गरेको छ । गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगंजवाट खटी आएको टोलीले यस क्षेत्रका व्यवसायीहरुका ढक, तराजु, कांटा, लिटर, मिटर लगायतका सामाग्रीहरु चेक जांच गर्न शुरु गरेको वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो । व्यवसायीहरुको सुविधाका लागि वाणिज्य संघले आफ्नो समन्वय ...

Read More »

न्यायमा बिचलन हुन दिन्न – मुख्य न्यायधिस भुर्तेल

14123613_593999124121352_936330141_o

इन्द्रेणी संवाददाता पुनरावेदन अदालत वार ईकाई तुलसीपुरले पुनरावेदन अदालत तुलसीपुरका माननिय मुख्य न्यायधिशलाई शुक्रबार स्वागत गरेको छ । पुनरावेदन अदालत तुलसीपुरमा भर्खरै सरुवा भएर आएका मुख्य न्यायधिस डाक्टर कुलरत्न भुर्तेललाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्वागत कार्यक्रममा मन्तब्य राख्दै बक्ताहरुले राप्ती अञ्चलको नेतृत्व वगर्ने पुनराबेदन अदातल तुलसीपुरले मानबअधिकारको वकालत गर्दै निस्पक्ष न्याय दिनु पर्ने बताएका छन् । ...

Read More »

स्टेज कुइन भूमिकाले यसरी उचालिन दंगाली दर्शकलाई

bhumika3

कृष्ण जन्माअष्टमी २०७३ को अबसरमा रुकुमेली एकता समाज दाङले दाङको घोराहीमा आयोजनाग रेको तीज बिशेष कार्यक्रममा दङाली दर्शकहरु केन्द्रिय तथा स्थानिय कलाकार सँग दिनभर नै झुमे । निर्धारित समय भन्दा केहि ढिला सुरु भएको तीज बिशेष कार्यक्रमकी प्रमुख आकर्षक बनिन दङाली गायिका भूमिका गिरी  । भर्खरै मात्र तीज गित ‘ नरिसाउन कान्छु, एकैछिनलाई जान्छु, सिंगारपटार गरि आउछु ब्युटी पार्लरमा।’ भन्ने तीज गीत ...

Read More »

यो पुस्ताले कहिल्यै नबिर्सने गरि नयाँ काम गर्छु – गगन

Gagan-Thapa

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता तथा नवनिर्वाचित  स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले शुक्रबार शपथ ग्रहण गरेलगत्तै आफ्नो कार्यभार सम्हालेका छन् । स्वास्थ्यमन्त्री बनेको पहिले दिन नै उनले यो पुस्ताले सम्झने गरी काम गर्ने प्रण गरेका छन् । मन्त्रीको सपथ खाए लगतै आफ्नो कार्य कक्षमा पत्रकार हरुसंग कुरा गर्दै नेता थापाले भने – ‘ म एउटा पुस्ताको प्रतिनिधि भएको कारणले ...

Read More »

नदीमा डुबेर एक बालिका हराइन

duber

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बिहीबार भएको श्रीकृष्णजन्माष्टमीको फलफूललगायतका व्रत बसेको सामान महाकाली नदीमा बगाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् । तीमध्ये १६ वर्षीया सीता थापामगरको स्थानीयवासीले उद्धार ...

Read More »

प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद् विस्तार

Congress-Ministers-after-Oa

काठमाण्डौ, १० भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा एक बिशेष कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ गराउनुभयो । अर्जुननरसिंह केसी शहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड ...

Read More »