प्रकृतिको अदभुत कलाले सजिएको चमेरे गुफा

गोपाल भुसाल ( अभिलाषी )
दाङ तुलसीपुरबाट सल्यान हुदै रुकुमसम्म पुग्ने पक्की सडक निर्माण भएको छ । त्यस सडक खण्डको तुलसीपुरबाट करिब दश किलोमिटर उत्तरतिर लागेपछि हरनेटी भन्ने ठाँउ आँउछ , हरनेटीबाट तेर्छो–तेर्छो उकालो गर्दै करिब तीन किलोमिटर चढेपछि चुरेडाँडा भन्ने ठाँउ आँउछ, यहाँसम्म पुग्नलाई जीप हिड्न सक्ने सडक बनेको छ । यस चुरे डाँडाबाट करिब २ किलोमिटर गोरेटोबाटो हिडेपछि चमेरे गुफा आँउछ । अल्गो लेकको बीचोबीच भागका अवस्थित यो चमेरे गुफालाई वरिपरि ठूला चट्टान पहरोले छोपेको छ । त्यस पहराको पनि बीच भागमा करिब तीन मिटर उचाइ दुइ मिटर चौडाइ बराबारको प्वाँल ( दुलो )छ । त्यसभित्र जाँदा विशाल चमेरे गुफा छ । त्यस गुफाभित्र ३ वटा ठूला ठूला ओडारहरु रहेका छन् ।

gopalठूलो ओडारभित्र पनि साना साना एक जना मानिस सुत्न बस्न साधा तपस्या गर्न सकिने खालको १२/१४ वटा गुफा मा खोपाहरु छन् । विशालकाय एउटै ढुँगो जस्तो लाग्ने चट्टानले बनेको हुँदा त्यस भित्र कतै बाट पनि चुहिने, रसाउने सम्भावना देखिदैन । तर यसभित्रको वाताबरण चिसो शितल छ । गुफाको छत जस्तो रुपमा रहेकोओडारको माथिका भित्ताहरुमा चमेराहरु भुुण्ड झुण्ड बस्ने आउने जाने गरिरहेका देखिन्छ । गुफा निकै भित्रसम्म भएकोले बाहिरको आवाज एकदमै कम सुनिन्छ । वातबरण अत्यन्तै शान्त छ । गुफाका भित्ताहरुमा अनेक आकृतिको भान हुने चित्र जस्ता देखिन्छन् । कहि सर्पको फणा जस्तो, कतै बाघको मुख जस्तो कतै गणेश शिवजीको आकृति जस्तो लाग्छ । धेरैले अनेक थरिका आकृति बताउने गर्दछन् । तर यो आ– आफ्नो दृष्टिकोण मात्र हुन्।नगाबठूलो चट्टानको बीचमा सुरक्षित ओडार गुफा कुना कुनासम्म सबै क्षेत्र हेर्नलाई धेरै कठिनाई रहेछ ।

हिड्ने बाटो नै छैन, दिउसोको टाठो घाममा पनि थोरै भित्र छिरेपछि रात हो कि दिन छुट्याउनै सकिदैन । निकै अध्याँरो रहेछ । तर एक दुइ वर्ष यता फलामे ग्रीलको रेलिङ पिलर बनाएर भित्रसम्म हेर्न सकिने गरि भ¥याङहरु बनाइएको रहेछ । सोलार सिस्टमको थोरै बत्तीको टिलीपिली उज्यालो भएपनि पर्याप्त छैन । त्यहाँका कुना कन्दराहरु मसिनो गरि हेर्नका लागि टर्च लाइट नै बोकेर जानुपर्छ । अहिले गुफाको द्वारनिर ग्रीलको ढोका ( गेट ) बनाइएको छ । गेटको भित्र बाहिर शिवजीको दुइवटा मूर्ति राखिएको छ । गेटमा ताला लगाउने प्रबन्ध मिलाइएको छ । विदाका दिनहरुमा करिब एक सय जना मानिस दैनिक यो गफा हेर्न आउने गर्दछन् । अघि पछि भने पन्ध्र बीस जना आउने गरेको गाँउले बताँउछन् । गुफाको संरक्षण र विकासको लागि अहिले सिद्ध चमेरे गुफा संरक्षण समिति भन्ने संस्थाले गरिरहेको छ । यस संस्थाले एउटा कर्मचारी राखेर हेर्न आउनेबाट प्रतिव्यक्ती रु पन्ध्र रसिद काटेर हेर्ने व्यवस्था मिलाइएको छ । एक्लै भित्र हेर्न जाँदा डरलाग्दो पनि छ । बनाएको भ¥याङ भन्दा अनेत्रबाट हिड्न खोज्दा छाङ्गा जस्ता प्वाँलमा खसिने संभावना पनि छ ।

3यस गुफा हेर्न आउनेहरुका लागि यातायात विश्राम कक्ष, शौचालय, पिउने पानीको लागि सहज बनाउने पर्यटन कार्यालय भैरहवाले तेइस लाख रुपैया अनुदान उपलब्ध गराएको छ । केही निर्माण भएका छन्, र केही योजनामा छन् । यो गुफा पुग्नलाई अर्को अलिक लामो बाटो पनि छ । घोराही तुल्सीपुर सडक खण्डको पर्सेनी बजारबाट बनरी, सुकिदह, कल्लेखोला हुदै लेकको घुम्ती पार गर्दै हिउदमा जीप जान सक्ने १२/१५ किलोमिटर सम्मको कच्ची सडक बनेको छ । जीप जाने यस बाटो छोडेर करिब एक किलोमिटर तलबाट ढँुगाको सिढी बन्ने क्रममा छ । बीच बीचमा रुखहरुको छहारी, चौपारीमा विश्राम गर्दै पैदल उकालो लागेर गुफा पुग्न सकिन्छ । गुफा रहेको पहाडलाई मुलकोट लेक भनिन्छ । लेकमा रहेका चट्टान पहराहरुबाट निक्लिएका कहिल्यै नसुक्ने प्रशष्ट पानीका मूलहरु रहेछन् । त्यसैले यसलाई मूलकोट भनिएको रहेछ ।

तुल्सीपुर शहरको लागि खानेपानीको मुख्य श्रोत यहिबाट लगिएको छ । निकै भिरोलो यस लेकमा प्रशष्ट पानी भएकोले बीच बीचका साना गाँउबस्तीका पाखा पखेराहरुमा चैत्र बैशाखको धुपमा पनि तरकारी खेतिको हराबरा देख्न पाइन्छ । गुफा रहेको लेकको फेदीदेखि चुचुरोसम्म भरिलो वन जंगल छ । चट्टान धेरै भएकोले जंगली फलपूmलका रुख बुट्यान झाडी, पोथ्रा, लता लहराले भरिएको छ । साना साना खोल्सा चिराहरुमा पानीका कलकल मूलहरु बगेका छन् । जुनेली, कोहेली,न्याउली, ढुकूर , चमेरा, काफल पाक्यो र अनया नाम नचिनेका साना फ¥याक फुरुक गर्ने रङ्गीविरङ्गी चराहरुको रुवरले लेक पखेरा गुन्जीरहेको सुनिन्छ । किरा भमरा, पुतलाीहरु यत्रतत्र खुशीले नाँचिरहेका देखिन्छन् । सुरुमै कवि दार्शनिक खालका मानिसको लागि त सुन्दर विचारको स्फूँरण प्रवाह बग्ने, भावुक बनाउने देखियो । अझ त्यहाँबाट दक्षिण तर्फको दृृष्टिपात गर्दा दाङ तुल्सीपुर पर्सेनी, विजौरीको शहरीबस्ती, हलवार,खाद्रे वनरी र अन्य दाङको मैदानी बस्ती झनै सुन्दर देखिन्छ । शितल स्वच्छ हावा, मिठो विशुद्ध पानीको मजा त लेख्नै पर्दैन । त्यहाँ पुग्ने पारखीको प्रत्यक्ष अनुभव छ ।

गुफा भर्खरसम्म चर्चामा आउन थालेको हो । किन कि यो निकै विकट लेकको बीचमा छ । करिब विसं २०५२ तिरबाट यो गुफा स्थानीयस्तरमा चर्चामा आउन थालेको हो । विसं २०५७ सालबाट मात्र पत्रपत्रिका एफएम रेडियोबाट राष्टिय स्तरमा चर्चा शुरु भएको हो । यति ठूलो गुफा सायद नेपालभित्र कतै छैन होला , अन्य जिल्लाहरुका साना साना गुफाहरुको प्रचार प्रसार धेरै सुन्ने गरिन्छ । बसका बस रिर्जव गरेर हेर्न पनि गइन्छ । तर दुखका कुरा बत्तीमुनिको अध्याँरो भने झै आफ्नै जिल्लाभित्रको विशालकाय गुफा धेरै ओझेलमा परेको देखियो । यहाँ तक कि प्रत्येक साल दाङ जिल्लामा सांस्कृतिक प्राकृतिक संरक्षण गरौ पर्यटन विकासमा जोड दिउँ भन्ने जस्ता नारा दिएर महोत्सव हुने गर्दछन् । तर यो गुफाको फोटो समेत महोत्सवमा राखेको पाइदैन । गाविस जिविसले यसको विकासको लागि खासै लगानी गरेको देखिएन । यो क्षेत्रभित्र एक दुइ वर्ष पहिलेसम्म हलवार गाविस अन्तरगत पर्दथ्यो, अहिले सीमाक्षेत्र बिस्तार गरेपछि तुल्सीपुर नगरपालिकाभित्र पर्दछ ।

गुफा क्षेत्र शहरी प्रदुषणमुक्त, बातावरणीय , प्राकृतिक दृष्टीले हेर्न लायक, व्यस्त जीवनका शहरी उद्योगपति व्यापारी कर्मचारीgufaको लागि केही घण्टा भएपनि आनन्दायीक विश्रामस्थल बन्न सक्छ । यसवाहेक तुल्सीपुरबाट नजिक भएकोले पार्टी भोज, सेमीनार मिटिङ सभा सम्मेलन साहित्यीक गतिविधि, हनिमून, विदा मनाउने जस्ता कार्यक्रमहरुको लागि अत्यन्तै अनुकुल र मितव्ययी हुन सक्छ । यदी उचित प्रबन्ध हुन सक्यो भने विदेशी पर्यटकहरुका लागि पनि आकर्षकको केन्द्रविन्दु बन्न सक्छ । एउटा शर्त यस गुफा क्षेत्रको प्राकृतिक वन जंगल हरियालीलाई जस्ताको तस्तै कायम राखी पूर्वपश्चिम मा घुम्दा डाँडाहरुको दुइ चार अतिथिगृहको निर्माण, कार जीप जान सक्ने पीच बाटो, गुफाभित्रसम्म पुग्ने विद्युत लाइन बिस्तार, गुफाभित्रको फोटोकार्डको प्रबन्ध मात्र हुन सक्यो भने पनि यसको प्रचार प्रशार धेरै अगाडि बढ्ने देखिन्छ । अन्य आवस्यकतको समयको मागले बताउदै जाने छ । दाङ जिल्लाको विकास स्थानीयहरको रोजगार र आयश्रोतको खोजीको दृष्टीले चमेरे गुफा सजिलो संभाव्य क्षेत्र भएकोले अन्य गैर सरकारी संस्थाको अलावा तुल्सीपुर नगरपालिका र जिल्ला विकास समिति दाङको विशेष ध्यान जानु आवस्यक देखिन्छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*