एनजिओको नाममा करोडौँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, भदौ १५ ।
गैर सरकारी संस्था (एनजिओ) को आवरणमा ठगी गरेको भन्दै केन्द्रिय अनुसन्धान व्युरो सिआइबीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सकुन शेरचन्द र अमरकान्त चौधरी छन् ।उनीहरुले बुुद्धिस्ट जनाधिकार मञ्च नाम गरेको गैरसरकारी संस्था दर्ता गरी राहत तथा सहयोगका नाममा अमेरिका, मलेसिया, दुबईलगायत देशबाट संकलन गरेको रकम आफैंले खर्च गरेको प्रहरीको आरोप छ । arestसंस्थाका पूर्व पदाधिकारीले नै उजुरी गरेपछि उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको सिआइबीले जनाएको छ । पूर्व पदाधिकारीहरुले शेरचन्द र चौधरीले ३ करोड १७ लाख ४६ हजार ५ सय १ रुपैयाँ विभिन्न संस्थाबाट संकलन गरेको तर राहत स्वरुप जम्मा १ करोड ६७ लाख ७८ हजार ५ सय मात्र बाँडेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरेका थिए । उनीहरुमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*