गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङ गाबिस कार्यालयमा तालाबन्दी

भदौ १५, रोल्पा ।
गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा रोल्पा जिनाबाङका स्थानीयले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूण सेबा सुबिधा बन्द गरेको कुल बहादुर के.सी.ले जानकारी दिए ।rolpa jinabang

जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाउदा केन्द्र ओतको राङजीबाङ र जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउदा जिनाबाङ बनाउनु पर्ने आफुहरुको माग रहेको उनीहरुको तर्क छ ।

धेरैमा ४ वटा गाबिस मिलाएर गाउपालिका बनाउदा उत्तम हुने भएकाले धेरै गाबिसहरु मिलाएर बनाइएको गाउपालिका स्वीकार नहुने जिनाबाङका स्थानीयबासीहरुले बताएका छन् ।

यदि आफ्नो माग सनुवाई नगरे जिल्ला बिकास समिति र राजनितिक दलका जिल्ला पाटी कार्यालयमा ताला लगाउने जलेश के.सीले जानकारी दिए । आक्रोशित स्थानीयले कार्यालयको काम काजमा अबरोध गरेपछि कार्यालयबाट निस्केको गाबिस सचिब कमलराज वलीले जानकारी दिए ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*