Monthly Archives: July 2016

सल्यान ३७ औं खुल्ला दिसा मुक्त क्षेत्र घोषण हुँदै

13555595_1838878799691716_746357086_o

सल्यान, १७ असार । सल्यानलाइ आज देशको ३७ औं खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिदैछ । जिल्लाका सबै गाविस तथा नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेपछि जिल्लालाई नै आज खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो । खुल्ला दिसामुक्त घोषणाको सम्पूर्ण तयारी पुरा भएको छ भने कार्यक्रममा विभागिय मन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागि हुदैछन । कार्यक्रमको लागि मञ्च व्यवस्थापन, प्रचार प्रशार, ...

Read More »

सामुदायिक प्रहरी सेवा केन्द्रद्धारा एसपी सिंहको स्वागत

spppppppppp

इन्द्रेणी संवाददाता घोराही, १७ असार सामुदायीक प्रहरी सेवा केन्द्र दाङले जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंहलाई स्वागत गरेको छ । केन्द्रले विहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सिंलाई स्वागत गरेको हो । केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सिंहले सामुदायिक प्रहरी सेवा केन्द्रले समुदायका लागी काम गर्नुपर्ने दाङ प्रहरीले पनि समुदायका लागी गरेको काम पंशसायोग्य ...

Read More »

शुक्रवार जिविस दाङको सार्बजनिक सुनुवाइ

sarbajanik

इन्द्रेणी संवाददाता असार १७ असार जिल्ला विकास समिति दाङको आयोजना, जिल्ला प्रसासन कार्यालयको समन्वय तथा सञ्चार चौतारी दाङको सहजीकरणमा शुक्रवार जिल्लास्तरिय सार्बजनिक सुनुबाई कार्यक्रम हुदैछ । घोराही नगरपालिकाको हलमा दिउसो १ बजे सुरु हुने सार्बजनिक सुनुबाई कार्यक्रममा जिल्लाका सबै कार्यालय प्रमुखहरुको उपस्थिति रहने छ । सबै जसो कार्यालयका प्रमुखहरु तथा राजनीतिक दलहरुको उपस्थिति रहने भएकाले जुनसुकै कार्यालयसंग सम्बन्धित गुनासा तथा ...

Read More »

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद हुने

14042016090415PM-Cup-1000x0

काठमाडौँ, १७ असार । राष्ट्रिय खेलकुद परिषद् ( राखेप )को आयोजनामा प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष / महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालको प्रतिस्पर्धा हुनेछ । भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण ...

Read More »

विद्यार्थीहरुमा अनौठो रोग, विद्यालय नै वन्द

school

मनिषा श्रेष्ठ रोल्पा, १७ असार रोल्पाको एक विद्यालयमा पहिचान नभएको रोगका कारण २८ जना छात्राहरु प्रभावित भएका छन । तारा माद्यामिक विद्यालय बामरुक रोल्पामा ४ दिन यता विद्यार्थीहरुमा अनौठो रोग देखा परेपछि विद्यालय नै वन्द गरिएको छ । विद्यालयमा अध्ययनर त छात्राहरु  मुटु दुख्यो  भन्दै  बे होस हुन थाले पछि विद्यालय बन्द गरि एको  छ । अनौठो रोगका कारण शिक्षक अभिभावकहरु चिन्तित भएका छन ...

Read More »

विप्लव माओवादीका ४ कार्यकर्ता रिहा

riha

इन्द्रेणी संवाददाता दाङ, १७ असार एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ परेका माओवादीका ४ कार्यता रिहा भएका छन ।नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका चार कार्यकर्तालाइ प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरेको थियो । उनीहरु बिहीबार साधारण तारेखमा छुटेका हुन । माओवादीका जिल्ला सदस्यहरु यमलाल कटुवाल, पुर्णप्रसाद खनाल, विक्रम खतिवडा र भिमबहादुर विकलाई दाङ देउखुरी जिल्ला अदालतले साधारण तारेखमा ...

Read More »

एमाले दाङमा बिबाद चुलियो, नेपाल समुहद्वारा बस्नेतलाई कारवाही

3

इन्द्रेणी संवाददाता  तुलसीपुर । नेपका एमाले दाङको बिहीबारको जिल्ला सचिवालय बैठकले हुकमबहादुर बस्नेतलाई कारवाही गरेको छ । अध्यक्ष जोगबहादुर रानाको अध्यक्षता र पोलिटव्यूरो सदस्य भागवत विश्वासीको प्रमुख आथित्यमा बसेको सचिवालय बैठकले एमाले जिल्ला कमिटीका निर्वाचित सचिव बस्नेतलाई जिल्ला कमिटी सदस्य समेत नरहने गरी कारवाही गरेको हो । यसअघि जेठ १७ गते क्षेत्र नं. ४ का इञ्चार्ज मनोहर बुढाथोकीलाई दुइ वर्षसम्मका ...

Read More »

किसानलाई निशुल्क फलफुलका बिरुवा वितरण

timthumb

इन्द्रणी संवाददाता  तुलसीपुर १७ असार । कृषि वनमैत्री खेतवारी संरक्षण कार्यक्रम अन्र्तगत जिल्ला भूसंरक्षण कार्यालय दाङले १२ हजार ४ सय फलफूलका विरुवा किसानलाई निशुल्क वितरण गरेको छ । विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउन र वनमैत्री कृषि व्यवसायलाई प्रोत्साहन गर्न फलफूलका विरुवा वितरण गरिएको जिल्ला भुसंरक्षण कार्यालय दाङका प्राविधिक सहायक दिनेश भट्टराईले जानकारी दिए । भूसंरक्षण कार्यालयले उत्पादन गरेका विभिन्न जातका ...

Read More »

चर्चित गुण्डा नाइके दीपक मनाङे फेरी पक्राउ

Deepak-Manange

काठमाडौं, १७ असार । चर्चित गुण्डा नाइके दीपक मनाङेसहित उनको समुहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दी गरेको उजुरीको आधारमा मनाङेको समुहलाई बिहिबार राती पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले जानकारी दिए । सम्पत्ती सुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केहि दिनअघि विशेष अदालत पुगेर त्यहाँका कर्मचारीलाई थर्काएका थिए । ।

Read More »