Monthly Archives: July 2016

रोल्पामा १ नगर ६ गाउपालिका

rolpa district

रोल्पा १५ साउन /  रोल्पाको गाँउ पालिका र नगरपालिकाको प्रारम्भीक खाका सार्बजनिक गरिएको छ । स्थानीय तह पुनस्संरचना प्राविधिक सहयोग समितिले सार्बजनिक गरेको खाकामा स्थानीय निकाय पुनःसंरचना बनाउँदा रोल्पामा बनाउन सकिने गाउँ पालिका तथा नगरपालिकाहरुको बारेमा खुलाईएको छ । प्रस्ताबित उक्त खाकामा रोल्पामा १ नगरपालिका सहित ६ वटा गाउपालिका राखिएको छ । प्रस्तावित खाकामा लिबाङ नगरपालिका सहित सुलिचौर, जैमाकसला, कुरेली, ...

Read More »

शहिद मार्ग ६ दिन देखी अबरुद्ध

pahiro

साउन १६ घोराही / अबिरल बर्षा संगै आएको पहिरोले गर्दा घोराही –होलेरी शहिद मार्ग ६ दिन देखी अबरुद्ध छ । दाङको घोराही देखी रोल्पाको होलेरी जोडने सडक खण्ड अन्तरगत सैघा २ मखखोलामा मंगलबारको ठूलो पहिरो झरेको छ । एकै ठाउमा पहिरो झरेको भएपनि पहिरो ठुलो भएकाले अझै पहिरो पन्छाउन सकिएको छैन् । सो सडक खण्डलाई कालो पत्रे गर्नका लागि फराकिलो पार्ने क्रममा जमिन ...

Read More »

आठ वर्षमा नेपालका ५३ जिल्ला साक्षर घोषित

sacher

काठमाडौँ, १६ साउन ।  आठ वर्षको प्रयासपछि नेपालका ५३ जिल्ला साक्षर भएका छन् । तीमध्ये २९ जिल्लाले साक्षर भएको औपचारिक घोषणा गरिसकेका छन् भने २४ जिल्लाको घोषणा बाँकी छ । अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले साक्षर जिल्ला भएको भनी घोषणा गर्नु ठूलो कुरा नभएको भन्दै साक्षर बनाउनु र साक्षरता तथ्याङ्कको सत्यता महत्वपूर्ण भएको बताउनुभयो । सरकारले २०६५ सालमा दुई वर्षभित्र ...

Read More »

साउन १९ गते प्रचण्ड प्रधानमन्त्री बन्छन – गगन

prachand-1o

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले आउँदो १९ गते माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ । आज भक्तपुरको खरिपाटीमा नेपाली कांग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको संविधान कार्यान्वयन र नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले १९ गतेबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बताउनु भएको हो ।

Read More »

खाद्यान्नमा आत्मनिर्भर बन्दै दाङ

food

दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । बितेको आर्थिक वर्षमा २ लाख २६ हजार ९ सय २६ मेट्रिक टन खाद्यान्न उत्पादन भई जिल्लामा भएको खपत मात्रालाई कटाएर १९ हजार ९ सय ९३ मेट्रिक टन खाद्यान्न मौज्दात रहेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ । बितेको आर्थिक वर्षमा दाङको ३६ हजार ६ सय ८ हेक्टर क्षेत्रफलमा १ लाख ४९ हजार ६ ...

Read More »

अबैद्य रुपमा ढुंगाजन्य बस्तु उत्खन्न गरिरहेका दुई गाडि प्रहरी नियणत्रणमा

jiprak

दाङको सिस्नेखोलाबाट अबैद्य रुपमा ढुंगाजन्य बस्तु उत्खन्न गरिरहेका दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । लक्ष्मीपुर ४ सिस्नेखोलाबाट अवैधरुपमा गिट्टि बालुवा उत्खनन गरीरहेका लु २ त ३२२१ र लु ३ त ३७४६ नम्बरको २ वटा ट्रयाक्टरलाई प्रहरीले नियणत्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोलीले सोही ट्रेक्टर नियणत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरज प्रताप ...

Read More »

एनआरएन साउदीको नवौं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1469878255765

महेश श्रेष्ठ / साउदी अरब गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । गत जुलाई २९ का दिन अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, परिचयपत्र छपाई सहयोगी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थापकहरुमा विरेन्द्र चौधरी, ...

Read More »

ग्वार खोलाले एक महिला बगायो

badhi

तुलसीपुर १५ साउन । ग्वार खोलाले बगाउदा तुलसीपुरकी एक महिला घाईते भएकी छिन् । तुलसीपुर बाट बिजौरी जाँदै गर्दा ग्वार खोलाले तुलसीपुर ६ बरवागाउँकी ३५ बर्षीया कमला चौधरीलाई बगाएको उनकी दिदी सुमित्रा चौधरीले जानकारी दिईन् । उनलाई खोलाले ५ सय मिटर तल बगाईरहेको अबस्थामा स्थानीयले उद्धार गरी अञ्चल अस्पताल तुलसीपुर पु¥याएका थिए । अहिले उनको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको उनकी ...

Read More »

प्रहरी र नागरिक बिच समन्वय आबश्यक

nepal-police

सिसहनियाँ १५ साउन । समाजमा हुने अपराधिक क्रियाकपाल न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य आबश्य रहेको सिसहनियाँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रहरी चौकी सिसहनियाँको आयोजनामा पहिलो पटक सिसहनयाँमा आयोजना गरेको नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । साथै उनीहरुले सिसहनियाँ गाविसका केहि वडा तथा टोलहरु शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले शान्ति सुरक्षा ...

Read More »

दाङमा सिंचाई बिस्तार गर्न विश्व बैंकको ३१ करोड

25220494854_01f978afd7

तुलसीपुर १५ साउन । बिश्व बैंकले दाङको सिचाई बिस्तारमा ३१ करोड लगानी गरेको जनाएको छ । सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना अन्तर्गत बैंकले दुई चरणमा ऋण र अनुदान गरेर ३१ करोड रकम लगानी गरेको सिंचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदार कुमार श्रेष्ठले बताउनुभयो । नेपाल सरकारसंगको संयुक्त लगानीमा विश्व बैंकले दाङका विभिन्न ११ वटा सिंचाई आयोजनामा लगानी गरेको हो । सोही ...

Read More »