Monthly Archives: July 2016

अस्विकृत उपहार

13735359_676220055865530_1584995215_n

बल्ल खाटा बसेथ्यो तिमीले दिएको घाउको पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई निस्कियौ एउटा डिपार्टमेन्ट पसल र साट्यौ केही रुपैयाँ तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग। पेशेवर सिकारीको आदिम निशाना झैँ तिम्रा आँखाहरु नतमस्तक छन् मै तिर निश्चित छ पराजित बेहोर्ने छौ अब तिमीले यो स्वाधीन र एकलौटी मुटुबाट स्वर्ग जस्तो मेरो संसार सार्नु छैन बसाइँ काँचले बनेको तिम्रो सहरमा। बिताएकै हुँ थुप्रै प्रेमपर्वहरु ...

Read More »

सांगितिक क्षेत्रमा पहिचान बनाउदै सन्दिप

13833435_916353675141566_937456615_o

दिपक घिमिरे पछिल्लो समय नेपाली सांगितिक क्षेत्र र यसैमा आधारित अभिनय क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल एक युबाको नाम हो सन्दिप न्यौपाने । दाङको लमहिका स्थायी बासिन्दा सन्दिप मोफसलमा बसेर पनि केन्द्रमा पकड जमाउन सफल कलाकारको रुपमा चर्चित हुँदै आएका छन । लोक दोहरीको क्षेत्रमा अग्रस्थानमा पर्दै आएका सन्दिप यो बर्षको तिजमा आफुलाई अग्रस्थानमा कायमै राख्ने आशा बताउछन । पुलिस ...

Read More »

लागुपदार्थ कारोबारको “ट्रान्जिट” बन्दै दाङ

Photo of subash @ sushil

भूपेन्द्र वली दाङ, ८ साउन पछिल्लो समय दाङमा लागुपदार्थ ओसारपसार एवं दुव्र्यसनीको संख्या बढ्दै गएको छ । बिहीबार बेलुकी मात्रै पनि प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । भारतको नानपाराबाट ५० पुरिया ब्राउनसुगर ल्याउँदै गर्दा वडा प्रहरी कार्यालय घोराही र राष्ट्रिय अनुसन्धानको विशेष टोलीले घोराही नगरपालिका–४ चौघेराका सुवास घर्तीमगर र सुशील घर्तीमगरलाई पक्राउ गरेको हो । कारोबारीले छिमेकी जिल्ला ...

Read More »

सरकारले बढेको कर उठाउन नसक्ने

nepal sarkar

काठमाडौं ८ साउन । व्यवस्थापिका संसद्मा प्रस्तुत बजेट आश्रित विधेयक शुक्रबार बहुमतले फेल गरेपछि सरकारले साउन १ देखि लागू हुने गरी चालू आर्थिक वर्षको बजेटमार्फत बढाएको कर उठाउन नसक्ने भएको छ। २०४६ सालमा मुलुक संसदीय व्यवस्थामा प्रवेश गरेयता बजेट पहिलोपटक फेल भएको हो। यद्यपि संसद्ले विनियोजन विधेयक पहिल्यै पारित गरिसकेकाले खर्च गर्ने बाटो भने खुलिसकेको छ। नयाँ तलबमानअनुसार बढेको तलब ...

Read More »

मगर पत्रकार संघ दाङको प्रथम जिल्ला सम्मेलन हुँदै

feature

दाङ, ८ साउन नेपाल मगर पत्रकार संघ दाङको प्रथम जिल्ला सम्मेलन आज घोराहीमा हुँदैछ । सम्मेलनको विहान ११ वजे नेपाल पत्रकार महाँसघको सभाहलमा उद्घाटन गरिने सचिव शान्त कुमार वुढा मगरले जानकारी दिनुभयो । सो अवसरमा युबा बैज्ञानिक मार्शल रोका, महिला उद्यमी प्रेमकुमारी पुन र मिष्टर पपुलर अवार्ड जित्न सफल सौगात घर्ती मगरलाइ सम्मान गरिने भएको छ । तीनै जना व्यक्तिहरुले ...

Read More »

अविश्वासको प्रस्तावमाथि छलफल सुरु

samsad-adhibesian

काठमडौ ८ साउन । प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज पनि छलफल हुने भएको छ । हिजोदेखि सुरु भएको छलफलमा आज सांसदहरुले भाग लिने छन् । अविश्वासको प्रस्ताव ठीक वा वेठिक भन्नेमा दलअनुसार दलहरु विभाजित भएका छन् । नौ महिनाअघि गठित केपी ओली नेतृत्वको सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि संसद्मा हिजोबाट छलफल सुरु भएको छ । सत्ता साझेदारीबाट असार २८ ...

Read More »

पहिरोमा हराएकी बालिकाको शव भेटियो

pyuthan-sadakn-3

प्युठान, ८ साउन प्युठानको फोप्लीमा पहिरोमा पुरिएर वेपत्ता भएकी बालिकाको शव फेला परेको छ । फोप्ली ९ मैरामारेमा  घरमाथिवाट आएको पहिरोले घर वगाँउदा हराइरहेकी स्थानीय अविराम घर्तीकी १२ वर्षकी छोरी बालमती घर्तीको शव फेला परेको प्युठानका प्रहरी प्रमुख रंजीतसिंङ राठौरले जानकारी दिनुभयो । प्रहरीले खोजी गर्दा ति वालिकाको शव भेटिएको हो । लगातारको वर्षासँगै आएको पहिरोमा ३ घर पुरिएका छन् ...

Read More »

फर्म दर्ता र नवीकरणमा उत्पन्न समस्या प्रति ध्यानाकर्षण

index

घोराही, ८ साउन दाङ जिल्ला उद्योग संघले वाणिज्य तर्फ प्राइभेट फर्म दर्ता र नवीकरणमा उत्पन्न समस्या प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । १० लाख रुपैयाँको पूँजी भएको व्यवसाय सञ्चालन गर्न लागेमा ६० लाख देखाउनु पर्ने गरी निति रहेको भन्दै व्यवसायीहरुले राज्यको निति नियमले गर्दा व्यवसाय सञ्चालन गर्न बन्चीत हुने अबस्था आएको व्यवसायीहरुले बताएका छन् । संघको शुक्रवार बसेको बैठकले ...

Read More »

विहानै मन्दिर सरसफाइमा जुटे प्रहरी

sar1

इन्द्रेणी संवाददता दाङ, ८ साउन सामुदायिक प्रहरी सेवा केन्द्र दाङले आज घोराही नगरपालिका ५ अम्वापुर स्थित अम्विकेश्वरी मन्दिर परिसरमा सरसफाइ गरेको छ । धार्मिक प्रर्यटकीय तिर्थस्थलहरुको सरसरफाइ गर्ने अभियान र केन्द्रको नियमित कार्य अन्तर्गत आज जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय घोराहीसंग समन्वय गर्दै मन्दिर परिसरको सरसफाइ गरिएको सचिव आरके सितलले जानकारी दिनुभयो । केन्द्रका अध्यक्ष विष्णु पुनको नेतृत्वमा खटिएको ...

Read More »