Monthly Archives: July 2016

बाढीपहिरो पीडितको उद्धारका लागी फोप्ली गए जनस्वयमसेवकका युवाहरु

pythan-358x300

प्युठान, १६ साउन नेकपा माओवादी निकट युवाहरु बाढी–पहिरोबाट ठूलो क्षति बेहोरेको जिल्लाको फोप्लि जान हिँडेका छन् । राष्ट्रिय युवा जनस्वयंसेवक प्युठानका अध्यक्ष हरि बस्नेतको नेतृत्वमा युवाहरुको टोली त्यसतर्फ जान लागेको हो । पीडितको उद्दार र राहतका साथै जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा बासोबासको लागि पहल गर्ने टोली प्रमखु बस्नेतले जानकारी दिनुभयो । स्थानीय प्रहरी प्रशासन, राजनीतिक पार्टी अन्य संघ संस्थाहरुसँग ...

Read More »

प्रचण्डलाई शुभकामना दिँदै बाबुरामले भने – ” प्रत्यक्ष कार्यकारी राष्ट्रपतीको पहल गर्नुस् ”  

13653084_1150970014966336_6437963968711129905_o

इन्द्रेणी संवाददाता  दाङ, १६  साउन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री बन्न लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिनुभएको छ । शुभकामना दिँदै भट्टराईले भन्नुभयो ‘संविधान संसोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रिपति हुने प्रणालीमा जानका लागि पहल गर्नुस् ।’ नेपाल पत्रकार महासंघ दाङले आइतवार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रतक्ष्य कार्यकारी ...

Read More »

दाङमा व्यवसायिक रुपमा अल्लो खेती सुरु

1

रेखा मगर दाङ, १६ साउन दाङमा व्यवसायिक रुपमै अल्लो खेती सुरु गरिएको छ । जिल्लाको लक्ष्मीपुर गाविस ५ सिस्नेखोलामा समुहमार्फत अल्लोको खेती थालिएको हो । स्थानीय कृषक राममवहादुर विष्टका अनुसार अहिले सिस्नेखोला र पालुथान सामुदायिक बनमा गरी झण्डै २ सय अल्लोको विरुवा रोपिएको छ । गत वर्षपनि त्यस क्षेत्रमा अल्लोको विरुवा रोपिएको र यसवर्षदेखि अलि वढाउँदै लैजान थालिएको हो । ...

Read More »

रोटरी क्लवले गर्यो वृक्षारोपन

tt

श्रावण १६ रोटरी क्लव अफ तुलसीपुर सिटीले शनिवार एक कार्यक्रमका विच वातावरण संरक्षण अहिलेको आवश्यकता भन्ने मूल नारालाई आत्मसाथ गर्दै तुलसीपुरमा वृक्षारोपन गरेको छ । क्लवको केन्द्रिय कार्यक्रम अन्र्तगत तुलसीपुर ९ दुधेनामा रहेको श्री निम्न माध्यामिक विद्यालयको परिसरमा झण्डै ३५० वढि विरुवा रोपिएको क्लवका अध्यक्ष विरु रावतले जानकारी दिनुभएको छ । विद्यालय व्यवस्थापन समिति , नव दुर्गा सामुदायिक वन , ...

Read More »

४८ औं स्रष्टा चौतारी मनाइयो

rolpa

१६ भदौ, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले हरेक महिनाको १५ गते सञ्चालन गर्दै आएको स्रष्टा चौतारीको ४८ औं शृङ्खला शनिबार लिबाङमा सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टाहरुले खिर खाँदै रचना वाचन गरेका छन् । कार्यक्रममा ओम केसी, डी.बी. टुहुरो, पुरण क्षेत्री, चाङ चिराग, भगवती बुढामगर, देवी गुरुङ, नवीन लोचमगर, देवा सानुनय, रामचन्द्र श्रेष्ठ, मोहन सहयात्री लगायतले भनाइसँगै रचना ...

Read More »

सट् मुभी ‘किन’ को निर्माण

kkkkkkkkkghkghkghk

घोराही, १६ साउन दंगाली कलाकारहरुले छोटो चलचित्र ‘किन’ निर्माण गरेका छन् । जिल्लामा चलचित्रको क्षेत्रमा क्रियाशील कलाकारहरुले सट् मुभि ‘किन अ सेल्फ कन्फ्यूजन’ निर्माण गरेका हुन् । लैंगीक विभेदका कारण छोरी भएकै कारण गर्भमा नै भ्रुण हत्या गर्ने नेपाली समाजको विकृतिलाई कथामा समेटेको चलचित्रको निर्माण गरिएको निर्माण पक्षले बताएको छ । घोराही नगरका महत्वपूर्ण स्थान लगायत जिल्लाका विभिन्न स्थानमा छायांकन गरेको ...

Read More »

बस्तिका निर्णायक शक्ति महिला

20160728_081505

गोविन्द खड्का घोराही १३ साउन टोल विकास संस्थाको बैठकमा छर्लक्कै महिला हुन्छन् । बस्तिहरु पुरुष विहिन हुदै गएपछि बाद्यता सिर्जना भएको छ । बैदेशिक रोजगारको कमाईले पुरुषलाई विदेशतिर लखटिरहेको छ । जता सुकै महिला देखिन्छन् । गिठेपानी रानीजरुवा सडक बनाउदा पाइप काटियो । बिहानै स्थानिय बासिन्दा घर घर बाट निश्कीए । हातमा कोदाली बोकेर डोजरले थिचेको चाम्रो माटो खन्ने कोदाली मच्चाईरहेका ...

Read More »

आमाको महत्त्व चिनाउँदै चैतन्य कृष्ण

नेपाल महिमा प्रवचन तस्वीर 2

 काठमाडौं, १६ साउन । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष, धर्म–अध्यात्मका प्रखर प्रवचक चैतन्यकृष्णले काठमाडौं पशुपतिनाथ क्षेत्रमा नेपाल महिमाको प्रवचन गरिरहनु भएको छ । यही साउन ९ गतेदेखि २२ गतेसम्म चल्ने नेपाल महिमा एवं शिवकथामृत प्रवचन ॐ नमः शिवाय परिवारको आयोजनामा सञ्चालन भएको बताइएको छ । धार्मिक क्षेत्रमा युवा पँक्तिबाट धर्म–अध्यात्मका प्रवक्ताको रूपमा मानिने चैतन्यले समष्टिमा मातृत्त्वको महत्त्व, विशालताको बारेमा वैज्ञानिक ढङ्गबाट ...

Read More »

एमाले सरकारमा जाँदैन : नेपाल

madhab kumar nepal

बनेपा १६ साउन । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले नयाँ सरकारमा जाने सम्भावना कम रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको दोलालघाटमा भएको एक कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर मात्रै अप्ठेरो बेलामा संविधान कार्यान्वयन गर्न, विभिन्न तीन तहको चुनाव गराउन र आवश्यक परे संविधान संशोधन गर्नसमेत दुई तिहाई पुग्ने भएकाले आपसी विश्वास ...

Read More »

काठमाडौंमा मेथेन ग्यासको खोजी

mithen

काठमाडौं, १६ साउन । खानी तथा भूगर्भ विभागले काठमाडौं उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने काम गर्दैछ । विभाग अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले पहिलेका पुरिएका ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउन कार्य भइरहेको आइतबार जानकारी गराउनुभयो । यसअघि उपत्यकामा १४ ठाउँमा मिथेन ग्यास पाइएर इनारसमेत ...

Read More »