माओबादी केन्द्र राहत सामाग्री संकलनमा जुट्यो

सुजाता थापा/ प्यूठान
प्यूठान , ने क पा माओबादी केन्द्र प्यूठान यति बेला बाढी र पहिरो प्रभावितहरुको लागि राहत संकलनको लागि जुटेको छ । बाढि र पहिरो पिडितहरुका लागि राहत सामाग्री शनिवार बिहान जिल्ला भित्रिएको छ ।pp

केन्द्रले बिज्ञप्ती निकालेर विपतको बेला राहत उपलब्ध गराउन अपिल गरेपछि दाङका स्थानिय ब्यापारीहरुले फोप्लीका बाढि पिडितहरुका लागि माओबादी केन्द्र प्यूठान मार्फत राहत उपलब्ध गराएका हुन्।

करिव पचहत्तर हजार बराबरको राहत सामाग्री जिल्ला भित्रिएको माओबादी केन्द्र प्यूठानका संयोजक एवं पूर्व सभासद नारायण प्रसाद अधिकारीले बताउनु भयो। बाढिपिडितहरुलाई तत्कालै वितरण गर्ने पार्टीको योजना भएता पनि अविरल बर्षातका कारण जुम्रि सहिद प्रतिष्ठानको भवनमा राहत सामग्री राखिएको केन्द्रले जनाएको छ।

मौसमले साथ दिनासाथ सम्बन्धित स्थानमा राहत सामग्री पुर्याईने संयोजक अधिकारीले बताउनु भयो। पार्टीले बिभिन्न समाजसेवीको रोवहरमा भपाई गराई बलाङकेट १५ थान ,चिउरा १५ बोरा ,चाउचाउ २० काटुन ,बिस्कुट २५ काटुन ,दालमोट २० पोका र जुत्ता चप्पल २६ जोर बुझेको छ।

सामान बुझिलिनेको तर्फबाट माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि प्रकाश अधिकारी ,समाजसेवी तथा स्थानिय शान्ति समिति प्यूठानका संयोजक अर्जुन कुमार कक्षपति , नेपाल पत्रकार महासंघ प्यूठानका सह सचिव नोमराज पौडेल ,जुर्मि बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष प्रभात केसी ,कालिका विकास केन्द्र नेपालका सदस्य राधा अधिकारी , स्थानिय बुद्धिजीवि पुर्ण चन्द्र सुवेदी , र समान बुझाउनेको तर्फबाट राहत सामाग्री लिन पहल गर्ने राजु सिहं कार्कीले भपाईमा हस्ताक्षर गरेपछि माओबादी केन्द्रका संयोजक नारायण प्रसाद अधिकारीले सामाग्री बुझ्नु भएको हो।

उहाँले पार्टीको अपिललाई आत्मसाथ गर्दै पिडितहरुको मर्म बुझेकोमा धन्यबाद दिदै पिडित र आफ्नो पार्टीले यो गुन नभुल्ने बताउनु भयो। उहाँले छिटो भन्दा छिटो राहत वितरण गर्ने जानकारी दिनुभयो ।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*