प्यूठान प्रहरीको पहलमा प्रति मृतक १० हजार रुपैयाँ वितरण

सुजाता थापा/ प्यूठान 

प्यूठान , जिल्ला प्रहरी कार्यालय प्यूठानको पहलमा काठ्माण्डौं निवासी दुर्गा कुमारी कार्कीको सहयोगमा प्यूठानका बाढि पहिरो पिडितलाई प्रति मृतक रु १० हजारका दरले राहत वितरण गरिएको छ। फोप्ली ३ ,४ र ५ वडामा मृत्यु भएका मृतकका आफन्तहरुलाई राहत वितरण गरिसकिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपि रन्जित सिंह राठोरले बताउनु भयो।

13880196_1028201023962758_2474400862670977468_n

उहाँले १८ मृतकका परिवारलाई १० हजारका दरले १ लाख ८० हजार रुपैयाँ वितरण गरेको र भोली आइतबार सम्ममा सबै मृतकका परिवारलाई प्रहरीले नै राहत वितरण गर्ने रोठोरले बताउनु भयो। आफुहरुको पहलमा समाजसेवी दुर्गा कुमारी कार्कीले प्रहरी मार्फत नै दिने भनेपछि आफुहरुले नै वितरण गरेको उहाँको भनाई छ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*