नगरपालीका भित्रै काठका पोलहरु , जिर्ण भएपछी स्थानियलाई खतरा तर विधुत कार्यालय बेखबर

गोविन्द खड्का/घोराही दाङ 

विधुत आएर बत्ति बलेको कहिले हो मुखाकर कसैको छैन । देशका बिकसित शहरहरुमा पर्छ घोराही पनि । धेरै बदलिएको छ तर स्थापना कालका काठका पोल फेरिएको छैन । नगरपालिका स्थापना भएको ३६ बर्ष नाघ्यो । वडा नागरिक मञ्च घोराही १० ले काठका पोलहरु जिर्ण भएको ठहर गरेको छ । विहिवार घोराहीमा बसेको बैठकले सबै काठका पोलहरु फेर्नका लागि नेपाल विधुत प्राधिकरण घोराही शाखामा माग गर्ने निर्णय गरेको छ । यसको अर्थ काठका पोल यति वटा छन भन्ने एकिन छैन ।

20160730_144913

मञ्चका अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको वैठकले करिब १५ वटा जति पोल काठका रहेको अनुमान गरेको छ । सडक कार्यालय नजिकै राजमार्गमा समेत काठको पुरानो पोल भएको उल्लेख गरेको छ । त्यसैगरी गौतम नगर टोल पिपल बुटा नजिक काभ्रो हालेर अडेस लाएको पोल छ । घोराही बजारका मुख्य क्षेत्रमा समेत जिर्ण पोलहुनु टोलवासीको कमजोरी पनि केहि रुपमा रहेको बताईएको छ । जुन टोल निष्कृय हुन्छ त्यहिको अबस्था सबैरुपमा अस्त व्यस्त देखिन्छ ।

20160730_144758यसैगरी सृजनशिल टोलमा दुईवटा काठका पोल छन् । तिनी पनि ढल्नै आँटेको स्थानियले जानकारी गराएका छन् । नेपाली सेना रोडमा पनि काठका पोल छन् । सभागृह निर्माण स्थलको नजिकका पनि जिर्ण काठका पोल रहेको मञ्चले जानकारी गराएको छ । सबै टोलवासीलाई यथार्थ विवरण सहित जानकारी गराउन र पोल गाड्ने कार्यमा सघाउन मञ्चले आग्रह गरेको छ । सिंगै वडाको समस्या लगेर नेपाल विद्युत प्राधिकरण पहल गर्ने मञ्चले बताएको छ । घोराही १० नयाँ बजारको सृजनशिल टोलमा रहेको काठको पोल ढल्नै आँटेको छ । नजिकै अर्को काठको पोल छ । ति दुवै गाडिएको समय ठ्याक्कै कसैलाई थाहछैन । तर ठेला बाट गल्दै रहेको सबैले हेर्छन् ।

100_3946घोराही हात्तिखर्क सडकको सबै भन्दा साँघुरो क्षेत्र त्यहि हो । जहाँ एउटा स्कुल बस छिरेपछि साईकल समेत रोकिनु पर्छ । अझ पैदल यात्रु पनि हिड्न मिल्दैन । नगर पालिकाको कमजोरी हो वा स्थानियले सडक मिचेका हुन् । लाज लाग्दो अबस्थाको साँघुरो सडक क्षेत्र छ । त्यहि ठडिएको छ बषौ पुरानो काठको पोल । ‘हामी बसेको १६ बर्ष नाघ्यो’ एक स्थानिय व्यापारी ले भन्नुभयो ‘यो गाडेको त कति भयो कति ?’ यदि ढल्यो भने घोराही हात्तीखर्क सडक अबरुद्ध हुने छ ।

‘यसको फोटो लगेर छापि दिनुस त’ अर्का व्यापारीले ले भन्नुभयो, ‘डेलिकेशन गएको बर्षदिन भयो सुनुवाई भएन । हाम्रा कुरा सुन्दै सुन्दैन ।’ उनिहरुका अनुसार टोलविकास संस्थाको निर्णय प्रतिलिपि सहित बिधुतमा बुझाईएको छ । उनिहरु बाट कुनै सहयोग भएको छैन । व्यक्तिले ढाल्न बन्दैन । तर रुट बाट गाडि थोरै दायाँ “ बायाँ “ गरेपछि मात्रै पोलमा ठोकिने छ । त्यसले काठको पोल ढाल्ने छ । सालको बलियो काठ भएकाले टिकेको छ । नत्र अहिले सम्म ढलि सक्थ्यो ।

यस्तै समस्या घोराही १० सब्जी मण्डी पुर्व तिरको चोकमा छ । त्यहाँ रहेको फलामे विद्युतको पोल खियाले खाएर ढल्नै आ“टेको छ । एक बर्ष अघि देखि निवेदन गर्दा पनि विद्युतले वास्ता नगरेको स्थानिय बसन्त कुमार गुप्ताले जानकारी दिनुभयो । कति बेला ढल्छ र बजारमा क्षेतीहुन्छ भन्ने चिन्ता छ ।

100_4202मुख्य चोकको बत्तिको पुरानो पोल झीनो भागले ठड्याएको छ । माथि रहेका विद्युतका तारले मात्रै पोललाई अड्याएको जस्तो देखिन्छ । यदि पोल मात्रै उभियो भने एक झोक्का हुरी समेत थेग्न सक्ने अबस्थाको छैन । भाँचियो भने वरपरका केहि संरचना गर्ल्याम गुर्लुम ढाल्दीने वाला छ । विद्युत सर्ट भएर आगजनीको खतरा पनि उत्तीकै छ ।

यसैगरी घोराही ६ को दिदी बहिनी टोलमा डोरीले अड्याएको काठको विद्युत पुरानो जिर्ण पोल छ । दुईतिरका बिद्युतीय लहराले झड्कारेर पोल भाचिएर ढल्कीएको छ । डोरीले मसलाको रुखमा कसेर बाँधेपछी अडिएको हो । त्यसो नगरे दुईवटै काठका पोल ढल्ने देखिन्छ । त्यसले गिठेपानी क्षेत्रकै विद्युतलाई प्रभाव पार्छ । यो समस्या विद्युतमा बुधवार मात्रै लिखित जानकारी दिएको टोल विकास संस्थाका अध्यक्ष घन बहादुर रावतले जानकारी दिनुभयो । ‘हुन्छ हेर्न आउ“छौ । भन्या छन्’ विद्युत बाट अनुगमन हुने आश्वासन पाएको बताउने अध्यक्ष रावतले भन्नुभयो ‘डोरोले अड्याको छ । ढल्नै लागेको छ । भनेर सबै अबस्था निवेदनमा दर्साएर दिएको छु ।’ उहाँले त्यस अबधि सम्म चुप लागि पर्खिने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण घोराही शाखाले भने कतै कसैलाई पनि व्यवास्था नगरीएको जनाएको छ । ‘हामिले जोखिम हुने क्षेत्रलाई प्राथमिकतामा राखेका छौ“’ फोन सम्पर्कमा कार्यालयका निमित्त प्रमुख ईञ्जिनियर प्रमोद सिंहले भन्नुभयो ‘यसै बर्ष तिन सय भन्दा बढि पोल फेरी सक्यौ“ ।’ उहा“का अनुसार कतिपय ठाउमा काप्रो हालिएको छ । धेरै ठाउ“मा नया“ पोल गाडिएको छ । घोराही १० सब्जी मण्डि टोलको पोल बढि खतरा नदेखेको कार्यालयले जनाएको छ । त्यसमा पनि कालोपत्रे सडक भित्र रहेकाले फेर्न थप जटिल पनि छ । यस बाहेक अरु पोलहरुको बारेमा गुणासो आए काम अघि बढाईने सिंहले जानकारी दिनुभयो । ‘उहा“हरुले पहल गर्नुपर्छ’ सिंहले भन्नुभयो, ‘हामि पोल र प्राविधिक दिन्छौ । अरु सहयोग वहाहरुले गर्नुपर्छ । कोहि छ भने म संग पठाईदिनुहोला ।’ स्थानियले सकृयता देखाए कार्यालय इच्छुक रहेको बताउनुभयो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*