Monthly Archives: June 2016

प्रेस सेन्टर दाङले धान दिवसको अबसरमा शहिदको घरमा रोपाइँ गर्यो

13507170_10208440116633774_1835662842333294804_n (1)

इन्द्रेणी संवाददाता   १३ औ धान दिबस तथा रोपाई महोत्सबको अबसरमा प्रेस सेन्टर नेपाल दाङले सहिदको घरमा श्रमदान गरेको छ । धान दिबस तथा रोपाई महोत्सबको अबसरलाई सदुपयोग गर्दै सेन्टरले दाङको तुलसीपुर १५ हलवारका सहिद परिवार खुसिराम चौधरीको खेतमा धान रोपेर सहयोग गरेको हो । शहिद परिवारलाई राज्यले बिर्सीरहेका गुनासो आईरहेको बेला सहिद परिवारलाई सान्त्वना दिन दिबसको अबशरको सदुपयोग गर्दै श्रमदान ...

Read More »

एक घरमा आगलागी

aaglagi1

दाङ, १५ असार दाङको लक्ष्मीपुरस्थित एक घरमा आगलागी भएको छ । लक्ष्मीपुर गाविस वडा नं ७ सोनपुरका पदमलाल विकको खरले छाएको २ तले घरमा आगलागी भएको हो । हिजो वेलुकातिर लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आगो के कारणले लागेको र कति क्षति भएको छ भन्नेवारे विवरण नआएको दाङका प्रहरी ...

Read More »

टर्कीको विमानस्थलमा आत्मघाती आक्रमणमा ३६ को मृत्यु , ९० वढि घाइते

turkey_istanbul_blast_-450x350

काठमाण्डौ, १५ असार टर्कीको राजधानी इस्तानबुलस्थित मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण भएको छ । बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ३६ जनाको मृत्यु भएको छ ।विमानस्थलमा ३ जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा ९० जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् ...

Read More »

सफा र हरियाली तुलसीपुर वनाउन अभियान

tulsipur

दाङ १५ असार दाङको तुलसीपुरलाइ सफा र हरीत नगरी वनाउनका लागी अभियान थालिएको छ । यसैक्रममा सरोकारवालाहरु संग बृहत छलफल शुरु गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर नगरपालीकाको साझेदारी र बिभिन्न संघ संस्थाको सहयोगमा तुलसीपुर नगरीलाई स्वच्छ सफा र हरीत नगरी बनाउने उदेश्यका साथ कार्यक्रम संन्चालन गर्न लागिएको हो । संघका अध्यक्ष बिमल रिजालले तुलसीपुर बजार क्षेत्र दिन ...

Read More »

ढुंगाजन्य बस्तुको मामिलामा दैनिक गाडीहरु नियन्त्रणमा, समस्या उस्तै

khola-ko-Baluwa-dhunga

रेखा मगर घोराही, १५ असार गैरकानुनीरुपले ढुंगाजन्य बस्तुको उत्खनन् र निकासीमा प्रयोग गरिएका ५ वटा गाडीहरुलाइ दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको ग्वारखोलामा वालुवा उत्खनन गरी निकासी गरिरहेका ४ वटा ट्याक्टर र एउटा जेसिभीलाइ नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो । नियम विपरित उत्खनन् भइरहेको थाहा पाएपछि प्रहरीले ग्वारखोला वाट ति गाडीहरुलाइ नियन्त्रणमा लिएको हो ...

Read More »

हजुरबुबाको किरिया बसिन् १३ वर्षीय बालिका

किरियापुत्री

इन्द्रेणी संवाददाता दाङ , १५ असार दाङमा एक १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका, ६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् ।उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो । तर उनको क्रिया बस्ने कोहि नभेपछि नेपाली आफै किरिया बसेकी हुन् किरिया बस्नका लागि अरु ...

Read More »

आज धान दिवस मनाईदै

dhna

दाङ, १५ असार आज असार १५ अर्थात, राष्ट्रिय धान दिवस । आज दहि च्युरा खाने दिन पनि । दाङसहित देशैभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाईदै छ । जिल्ला कृषि विकास कार्यालय, प्रेस सेन्टर नेपाल दाङले आज कृषकहरुको खेतवारीमै पुगेर औपचारीक कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाँउन लागेका छन । कृषि कार्यालयले आज तुलसीपुर नगरपालिका ६ उत्तरकपडादेवीमा कार्यक्रम गर्दैछ भने ...

Read More »

नयाँ शक्तिले तोक्यो तीन उपाध्यक्ष

naya-meting

काठमाडौं,१५ असार । नयाँ शक्ति नेपालले डा. बाबुराम भट्टराई पछि तीन नेतालाई सह संयोजक बनाएको छ । मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह–संयोजक बनाइएको प्रवक्ता खिमलाल देवकोटाले बताए ।केही दिनदेखि जारी नयाँ शक्तिको केन्द्रीय सचिवालयको बैठकमा संयोजक भट्टराईले संयोजकहरुको प्रस्ताव गरेका थिए । केही नेताको असन्तुष्टिबीच तीन नेतालाई सह संयोजक बनाइएको हो ...

Read More »

रहरमै महसुल तिर्छन घोराही टेलिकमको मेशिनमा

100_3790

गोविन्द खड्का घोराही, १३ असार । पंखा फनफनी घुमिरहेको थियो महशुल तिर्ने काउन्टरमा । आईतवार विहान करीव ११ बजे त्यसको मुनि एउटा पनि व्यक्ती थिएन । त्यहि ठाउ“ हो, केहि दिन अघि पालो कुर्नेहरुको लाईन तयार भैसक्थ्यो नेपाल टेलिकम घोराही मा । एकजना कर्मचारी कुर्सीमा बसेका थिए । तिनको अगाडि ठिंग उभिएकोथियो बडेमानको मेशिन । प्लीक प्लीक् बत्ती दिन्थ्यो । त्यहा केहि ...

Read More »

एउटै श्रीमान संग दुई पटक विहे !

20160625_154559

जनक नेपाली दाङ । घोराही २ पनौराका सूनिल विश्वकर्मा र उहाको श्रीमति सिता जि.सी घरमा पुग्दा निकै खुशी देखिनु हुन्थ्यो । घरमा कुनै नयाँ मान्छे पुग्दा होस् या आफन्तनै जादाँ सितालाई पाहुँनाको स्वागत गर्न भ्याई नभ्याई हुन्थ्यो । गाउँमा भैलो खेल्दा खेल्दै चिनजान भएको यो जोडी अहिले विवाह गरेर दाम्पत्य जीवनको सुरुवात गरेको छ । सिता सगं मेरो पहिले नै ...

Read More »