Monthly Archives: June 2016

खारेज हुने परिषदमा कामको चटारो, कर्मचारी बढुवा देखि विदेश शयर सम्म

HSEB

भक्तपुर ११ असार । उच्च माध्यमिक शिक्षा परिषद्लाई अहिले कामको चटारो परेको छ । भखरै पारीत भएको शिक्षा बिद्ययकमा परिषद खारेज हुने उल्लेख भएसंगै चटारो शुरु भएको हो । पछिल्लो समयमा परिषद्मा दिनहुँ जसो कार्यालय प्रयोजनका लागि मानव शंसाधन, सामाग्री सप्लाई गर्ने संघ संस्थाको दर्ता गर्ने देखि जनशक्ति आपूर्ति र बढुवासम्मको सुचना प्रकाशित गरिरहेको छ । तीन बर्ष अघिको आन्तरिक बढुवाको ...

Read More »

सुरु भयो एमडी / एमएस गर्ने डाक्टर माथि पनि अनुसन्धान

1

दाङ, १० असार । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबिले नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुले अध्ययन गरेको एमबीबीएस, एमडी र  एमएस तहको प्रमाणपत्र पनि अनुसन्धान सुरु गरेको छ । प्लस टु वा प्रवीणता प्रमाणपत्र तहमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेले एमबीबीएस, एमडी/ एमएसको शैक्षिक प्रमाणपत्र लिँदा पनि गडबढी गरेको हुनसक्ने अनुमानका साथ प्रहरीले अनुसन्धान अघि बढाएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआईजी ...

Read More »

पवननगरमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

feature

तुलसीपुर असार १० । पवननगर गाविसका वालवालिका लागि एकदिने क्षमता अभिवृद्धि र नेतृत्व विकास तालिम शुक्रवार सम्पन्न भएको छ । पवननगर गाविस सञ्जालका अध्यक्ष आकाश भण्डारीको अध्यक्षता एवम्् प्रेस चौतारी दाङ्गका अध्यक्ष वसन्त विवश आचार्यको प्रमुख आतिथ्यताका भएको समापन कार्यक्रममा सरस्वति विक, सुर्यप्रकाश पाण्डे, जलन भुषाल र अनिता वलि लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण सञ्जालका सचिव रामप्रसाद ...

Read More »

पवननगरमा घुम्ति सिविर

timthumb

तुलसीपुर । पवननगर गाविसका जनतालाई गाविसका काममा सहजता प्रदान गर्नका लागि तिनदिने घुम्ति शिविरको आयोजना गरिएको छ । पवननगर गाविसका विकट मानिने वडा नम्वर १ को काठेखोली, पानीमिल, ५को कुमालगढि र ७ को खैरिपुरका ३ सय जनतालाई नागरिकता सिफारिस, पंजिकरण र अन्य सिफारिसको काम प्रदान गरिएको गाविस सचिव हुमलाल न्यौपानेले वताए । सो अवसरमा वाल क्लव, कर्मचारी र स्थानिय जनताको ...

Read More »

दाङमा फस्टाएन ‘होम स्टे’ व्यवसाय

home stay 2 - Copy

भुपेन्द्रप्रकाश वली जिल्लाका ३ स्थानमा रहेका होम स्टे हरु बन्द हुने अवस्थामा पूगेका छन । यस क्षेत्रमा रहेका कला, संस्कृति, संस्कारको पहिचान तथा पर्यटन क्षेत्रको विकास एवम यहाँका मानिसको जीवनस्तरमा परिवर्तन ल्याउने उद्येश्यले होम स्टे हरु सञ्चालनमा ल्याइएको थियो । जिल्लाको रामपुर गाविसमा रहेको सवारीकोटमा मगर नमूना ग्राम, सौडियार गाविसको सिसहनियामा रहेको थारू नमूना ग्राम र देउखुरी गढवा गाविसमा रहेको ...

Read More »

काग्रेस नेता खुम बहादुरको खेतमा वम भेटियो

saket-bom

दाङ , १० असार । दाङको सतबिरया ६ गोझेनामा वम फेला परेको छ । खेत जोत्नेक्रममा ३६ नम्वर हेण्ड ग्रिनेड वम फेला परेको छ । बम फेला परे लगतै स्थायिनले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको घोराही वाट गएको वम डिस्पोजल टोलीले नस्कृय पार्ने तयारी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिनुभयो । ...

Read More »

नाम चलेका तुलसीपुरका औषधी पसल नै अबैद्य

Thumbnails1_aausadhi-pasal-270x120

इन्द्रेणी संवाददाता  तुलसीपुर, १० असार । तुलसीपुरमा नाम चलेका औषधी पसल नै अबैद्य रुपमा सञ्चालनमा आएको रहस्य सार्वजनिक भएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले हिजो तुलसीपुरका औषधी पसलमा अनुगमण गर्दा त्यस्तो रहस्य खुलेको हो । बिभागले तुलसीपुरका केही औषधी पसल अबैधानिक रुपमा सञ्चालन गरिएको भन्दै सिलवन्दी समेत गरिदिएको छ । अनुगमनका क्रममा सितलपुर चौक नजिकै रहेको तुलसी हेल्थ ...

Read More »

गुटको भेलामा पुर्व प्रधानमन्त्री नै पुगेपछि

13467795_566682530186345_424986303_o

तुलसीपुर १० असार । दुई चिरामा विभक्त नेकपा एमाले दाङको गुटगट र छुट्टाछुट्टै भेलालाई सम्वोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले नेता एवं पूर्व उद्योग मन्त्री महेश बस्नेत आज दाङ आउँदै छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कार्यबहाक अध्यक्ष जोगबहादुर राना पक्षधरले घोराहीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्नका लागि आउँदै छन् भने युवा संघ नेपालका पूर्व ...

Read More »

चोरी निकासी वढेपछि वन क्षेत्रमा प्रवेश निशेध

ban

इन्द्रेणी संवाददाता दाङ, १० असार देउखुरीको गोवडिहा २ मलमल्लास्थित सुर्य सामुदायिक वनमा प्रवेश निशेध गरिएको छ । इलाका वन कार्यालय कालाकाटे अन्तर्गत रहेको उक्त वनमा चोरी, काठ, दाउरा कठान र निकासी वढेको भन्दै यहि असार १ गतेदेखि प्रवेश निशेष गरिएको हो । पूर्वमा भालुबग्धारा खोला, पश्चिममा बुढीखोला, उत्तरमा कालाकाटे, गढवा पक्की सडक र दक्षिणमा चुरे पहाड चार किल्लामा फैलिएको उक्त ...

Read More »

अझैपनि गोठमा सुत्छन सुदूरपश्चिमका महिलाहरु

chaupadi

काठमाण्डौ, १० असार सुदूरपश्चिमका महिलाहरु महिनाको एक हप्ता गोठमा सुत्ने गरेका छन् । किशोरी तथा महिलाहरु महिनावारी भएको समयमा गोठमै सुत्ने पर्ने प्रथा अझै नहटेका कारण उनीहरु गोठमा सुत्न बाध्य भएका हुन् ।  महिलाहरु गाईगोरु तथा बाख्रा बाँध्ने गोठसँगै एउटा कोठमा बस्ने गरेका छन् । महिनावारी भएको सुरुको दिनदेखि सात दिनसम्म महिला तथा किशोरीले छाउ बार्ने गरेका कारणले गोठमा सुत्नु ...

Read More »