ज्योतिष परिषदको सल्यान शाखा बिस्तार

तुलसीपुर १६ असार । नेपाल ज्योतिष परिषद सल्यान शाखा बिस्तार गरिएको छ । बिभिन्न ठाउमा छरिएर रहेका ज्योतिषहरु सल्यान शारदा नगरपालिका १ खलांगामा भेला भई शाखा बिस्तार गरेका हुन् । ठाकुर प्रसाद देबकोटाको अध्यक्षतामा २१ सदसीय परिषदको कार्यसमिती गठन गरिएको हो । जस्को उपाध्यक्षमा ज्योतिष शोभाराम धिताल, बासुदेब लामीछाने , सचिबमा केशब प्रसाद लामीछाने, सहसचिबमा रञ्जना वली , कोषाध्यक्षमा सन्तोष देबकोटा र सहकोषाध्यक्षमा शालीक राम देबकोटा चयन भएका छन् ।

13552629_569168966604368_265230274_nत्यस्तै परिषदले संगठन सचिबमा ज्योती प्रसाद दाहल तथा प्रचार सचिबमा लिलाधर धिताल रहेका छन् । त्यस्तै सदस्यहरुमा रीमा कुमारी दाहाल , निर्मला डाँगी , रुपा कुमारी डाँगी , शारदा कुमारी देबकोटा, जगदीस कुमार खड्का , नारायण खनाल, तुलसीराम सुनार, चक्रबहादुर डाँगी, तारा प्रसाद खड्का , हरिहर धिताल , नबराज देवकोटा, शन्जिव देवकोटा रहेका छन् । त्यस्तै परिषदले सल्लाहकारमा खिमाकान्त रेग्मी, हिमाकान्त उपाध्याय, राम चन्द्र देवकोटा, मेघराज आचार्य, भुवनेश्वर बन्जाडे , एकानन्द लामीछाने र भुवनेश्वर गौतमलाई चयन गरेको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*