संगितमा जम्दै प्रमोद

दिपक घिमिरे

गित संगितको दुनियामा आफुलाई राष्ट्रिय रुपमा चिनाउदै गरेका एक सर्जकको नाम हो प्रमोद कोईराला । २०५१ सालको असारमा बुवा हरिकृष्ण कोईराला र आमा दुर्गा कोईरालाको कोखमा धादिङको नौबिसेमा जन्मेका प्रमोद यतिबेला निक्कै चर्चाको पात्र बनेका छन । गित रचना देखि संगित र स्वर मा चर्चित हुँदै गयका प्रमोदका धेरै गितहरु यतिबेला युटुब मा धेरै भन्दा धेरै भिवर बटुल्न सफल भयका छन । इन्दिरा कलानिधी संगित महाबिधालयका गुरु रामचन्द्र अन्जान बाट संगित सिकेका प्रमोद लाई सांगितिक क्षेत्रमा रुचाउने धेरै राष्ट्रीय कलाकार हरु छन । जस्ले उनले रचना गरेका , संगित भरेका गित गाउदा खुशी हुने बताउछन । २०६८ सालमा जब मैले बोलाउछु भन्ने गित को शब्द र संगित बाट सांगितिक इतिहासमा पाइला टेकेका प्रमोद ले धेरै नामचलेका राष्ट्रीय गायकहरुको स्वर मा संगित भरेका छन अनि उनिहरुले गाउने गितको रचना पनि ।

13479915_834256630040676_1755385823_nगित संगितको क्षेत्रमा बेग्लै नाम बनाउन सफल गायिका श्रीजना खत्री ( हाउडे माया ) ले पनि प्रमोदको प्रतिभा देखेर आफू अचम्मित हुने बताउछिन । ” यति छोटो उमेरमा प्रमोदले गरेको प्रगती र उसको संगितमा देखियको खुबी देखेर म डाहाले मर्छु । ” खत्री ले भनिन । उनले थपिन ” संगित शब्द र स्वरको एकदमै धनी हो प्रमोद । यति छिट्टै दर्शक स्रोता अनि मिडिया कर्मिको मन जित्न सकेको देख्दा गित संगितमा लागेका हामी सबै खुशी छौ । म फेरि पनि उसकै शब्द र संगितमा मैले स्वर दिने योजनामा छु । ” प्रमोदको प्रतिभालाई नजिक बाट नियाल्ने अर्का सर्जक हुन गायक निराजन कंडेल । ” प्रमोदको बारेमा जति भनेपनी अपुरो हुन्छ । शब्द र संगितको त उ खानी नै हो । ” गायक कंडेक ले बताय ।

13569988_1755705454645190_1758077030_oउनले थपे ” यति मीठो स्वरमा गाउछ कि हामी पनि उसको स्वरमा लठ्ठित छौ । आगामी दिनमा अझ प्रगती गरोस भन्ने कामना गर्दछु । ” प्रमोदको शब्द र संगितमा स्वर भर्ने मात्र होइन अभिनय गर्नेहरु पनि उनको खुबी बाट प्रभाबित छन । उनकै पहिलो गित जब मैले बोलाउछु मा अभिनय गरेका मोडल निराजन प्रधान प्रमोदको शाब्दिक मिठासको बयान गरेर नसकिने बताउछन । ” ६९ साल तिर उनको गित मा अभिनय गर्ने मौका पाय , त्यो गित आजपनी हेर्छु र आफै मख्ख पर्छु । त्यति मीठो गितमा आफू अभिनय गर्न पाउँदा आफै लाई भाग्यमानी पो ठाने । ” प्रधानले बताय ।

13550917_1755705417978527_826018798_nउनले थपे ” अहिले पनि त्यो गित सुन्दा उसको प्रतिभाको कदर गर्न मन लाग्छ ।पहिलो गित मै जमेको मान्छे हो प्रमोद । ” प्रमोद को कला बाट प्रभाबित अर्का कलाकार हुन भरत सिटौला । प्रमोद भन्दा सिनियर भरत पनि प्रमोदको कला ले आफू प्रभाबित भयको बताउछन । ” एकदमै मिजासिलो पन को मान्छे हो प्रमोद । सांगितिक क्षेत्रमा लागेको मान्छे मा हुनुपर्ने गुण उसमा छ । त्यो कुरामा म ज्यादै प्रभाबित छु । ” सिटौला ले भने । उनले थपे ” छिटो घुलमिल हुने , ठुला लाई आदर गर्ने प्रमोदका सकारात्मक लक्षण हुन संगितमा अगाडि बढने ।

13551067_1755705501311852_112200643_n” हुने बिरुवाको चिल्लो पात भनेझै छोटै उमेर मा चर्चा कमाउन सफल प्रमोद आफुलाई बाचुन्जेलको संगितकै अनुयाई ठान्दछन । ” म बाचुन्जेल नेपाली गित संगित प्रती समर्पित हुने छु । ” प्रमोद ले भने । भर्खरै पाईला चाल्दा पनि चर्चाको शिषर चुम्न सफल प्रमोद नेपाली गित संगितबाट टाढिन नसक्ने बताउछन । ” गित संगित बिना मेरो जीवन अधुरो हुनेछ । ” प्रमोद ले बताय।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*