करेन्ट लागेर एक जनाको मृत्यु

तुलसीपुर, १६ असार
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बालक घाइते भएका छन् ।

corrent धनौरी गाविस ५ कोर्वाङ निवासी २० वर्षीय रेशम पुनको करेन्ट लागेर मृत्यु भएको हो भने सोही ठाँउ निवासी १२ बर्षीय सुबास खड्का घाईते भएका छन् ।

चुडिएको तार मर्मतका लागि पोलमा चढेका पुनलाई करेन्ट लाग्दा पुनको पोलमै मृत्युभएको हो । घाइते बालकको दायाँहातमा गहिरो घाउ लागेको छ । उनको अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*