नाम चलेका तुलसीपुरका औषधी पसल नै अबैद्य

इन्द्रेणी संवाददाता 

तुलसीपुर, १० असार । तुलसीपुरमा नाम चलेका औषधी पसल नै अबैद्य रुपमा सञ्चालनमा आएको रहस्य सार्वजनिक भएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले हिजो तुलसीपुरका औषधी पसलमा अनुगमण गर्दा त्यस्तो रहस्य खुलेको हो । बिभागले तुलसीपुरका केही औषधी पसल अबैधानिक रुपमा सञ्चालन गरिएको भन्दै सिलवन्दी समेत गरिदिएको छ । अनुगमनका क्रममा सितलपुर चौक नजिकै रहेको तुलसी हेल्थ क्लिनिक बन्द गराएको छ ।

Thumbnails1_aausadhi-pasal-270x120

                                                       फाइल तस्वीर

दर्ता नगरेरै मेडिकल संचालन गरेको , बिरामीको उपचारमा खटिने ब्यक्तिले सम्बन्धित बिषयनै नपढेको पाईएपछि सोही मेडिकललाई बन्द गरिएको औषधी व्यवस्था बिभाग नेपालगञ्जका निरीक्षक सुरज गौतमले जानकारी दिनुभयो । उक्त मेडिकलमा अनुमति नलिएरै पायल्स रोगको समेत उपचार गर्ने गरेको थियो । गौतमले दिएको जानकारी अनुसार तुलसी मेडिकलका सञ्चालकले औषधी पसल दर्ता गरेको र पायल्स रोगको उपचार गर्ने अनुमती प्राप्त कागजात बिभागमा नबुझाए सम्म मेडिकल बन्द गरिने छ ।

त्यस्तै तुलसीपुरको जीवन प्रमी मेडिकल पनि अबैद्य रुपमा सञ्चालन भएको अनुगमणले पत्ता लगाएको छ । मेडिकलमा नेपाल सरकारले निःशुल्क बितरणका लागि सरकारी अस्पतालमा मात्रै उपलब्ध गराएको,नेपालमा बेच्न प्रतिबन्ध लगाइएका र म्याद सकिएका केही औषधी बेच्न राखिएको अवश्थामा फेला परेको गौतमले जानकारी दिनुभयो ।

ती औषधीलाई अनुगमण टोलीले नियणत्रणमा लिएको छ । जीवन प्रमी मेडिकललाई औषधी एैन अनुसार कारवाही हुने बिभागले जनाएको छ ।जीवन मेडीकल र मनोज उपचार क्लिनिकले अर्को प्रयोजनको लागि प्रमाण पत्र राखेर औषधी व्यवसाय गरेको पाइएको अनुगमन टोलीले जानकारी दिनुभयो ।

औषधी पसल गर्नको लागि फार्मेसी पढेको हुनपर्ने र ती व्यक्ति स्वंयम मेडिकलमा उपस्थित हुनुपर्ने हुन्छ तर ती त्यस्तो नपाईएपछि विभागवाट आएको टोलिले मेडीकलमा राखिएका औषधी बेच्ने प्रमाणपत्र समेत नियन्त्रणमा लिएको छ ।

अनुगमन टोलीले औषधी व्यवसायी प्रमाणपत्र वहाकलाई सात दिन भित्र औषधी व्यवस्था बिभागको शाखा कार्यालय नेपालगञ्जमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै दिर्घायु पोलि क्लिनिकमा राखिएको औषधी पसलेले औषधी पसल सञ्चालन अनुमती पत्र देखाउन नसकेको अनुगमन टोलीले जनाएको छ ।

उक्त औषधी पसललाई आज बिहान ११ बजे सबै प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ । पेश गर्न नसके पसल बन्द हुने अनुगमन टोलिले जनाएको छ । त्यस्तै राप्ती अञ्चल अस्पताल अगाडी रहेको पानस मेडीकलमा अनुगमन आएको सूईको पाएपछि बन्द गरेर सञ्चालक भागेको गौतमले जानकारी दिनुभयो ।।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*