चोरी निकासी वढेपछि वन क्षेत्रमा प्रवेश निशेध

इन्द्रेणी संवाददाता
दाङ, १० असार
देउखुरीको गोवडिहा २ मलमल्लास्थित सुर्य सामुदायिक वनमा प्रवेश निशेध गरिएको छ ।ban

इलाका वन कार्यालय कालाकाटे अन्तर्गत रहेको उक्त वनमा चोरी, काठ, दाउरा कठान र निकासी वढेको भन्दै यहि असार १ गतेदेखि प्रवेश निशेष गरिएको हो ।

पूर्वमा भालुबग्धारा खोला, पश्चिममा बुढीखोला, उत्तरमा कालाकाटे, गढवा पक्की सडक र दक्षिणमा चुरे पहाड चार किल्लामा फैलिएको उक्त वन चार सय हेक्टर क्षेत्रफलको छ ।

वनमा असार १ गतेदेखि २०७३ असोज मसान्तसम्म चरिचरन, ढुङ्गा, गिट्टी, बालुवा ओसारपसार, काठ दाउरा कटान तथा संकलनमा पूर्णरुपले निषेध गरिएको वनका अध्यक्ष सूर्यबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*