Monthly Archives: May 2016

दाङमा यातायात सिण्डिकेट गर्न खोज्दा झडप

indreni

मालिका- कालिका यातायात प्रालिले आज दाङको तुलसीपुर बाट रूकुममा यात्रुवहाक बस सञ्चालन गर्ने क्रममा गाडीमा अबरोध गर्न खोज्ने राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरी बिच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठि चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समितिका अध्यक्ष सुरेस हमालको टाउकोमा चोट लागेको छ । मालिका- कालिका यातायात प्रालिले रूकुम छुटाउन लागेको नम्बरको एसि हाइसमा तोडफोड ...

Read More »

गोेल्डेन आइडल विजेत बर्षा लम्साललाई स्वागत

13177435_1027248447366480_4957624304525713829_n

इन्द्रेणी संवाददाता घोराही,२५ बैशाख । दाङ उद्योग बाणिज्य सघले शनिवार एक कार्य क्रमको आयोजना गरी गोल्डेन आइडल–२०७२ की नृत्य तर्फकी विजेता बर्षा लम्साललाई स्वागत तथा सम्मान गरेको छ । विजेता लम्साललाई अविर टिकासाथै सम्मान पत्र प्रदान गरेर लम्साललाई स्वागत गरेको थियो । संघका कार्यवाहक अध्यक्ष नारायण भुसालको अध्इक्षतामा भएको कार्य क्रममा बोल्ने बक्ताहरुले बर्षाले आठ हजार बढि प्रतिषपर्धिहरुलाई उछिन्दै बिजेता ...

Read More »

दाङ तुलसीपुर–रुकुम सडकखण्डमा यातायात सेवा ठप्प, यात्रुहरु मर्कामा

images

इन्द्रेणी संवाददाता दाङ, २५ बैशाख यातायात व्यवसायीहरु विच विवाद चुलिएपछि दाङ तुलसीपुर–रुकुम सडकखण्डमा यातायात सेवा ठप्प भएको छ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका–कालिका यातायात यातायात प्रालिविच झडप समेत भएको प्रहरीले जानकारी दिएको छ । झडपछि राप्ती समितिले यातायात सेवा ठप्प पार्दा दाङको तुलसीपुर, सल्यान र रुकुमको जनजीवन प्रभावित भएको छ । राप्ती समिति, कालीकामालीका र दाङ ...

Read More »

हिरो अफ भ्वाइसको लमही र तुलसीपुरमा अडिसन हुने

kkkkkkkkkkkk

दाङ, बैसाख २५ । आगामी जेठ १ गतेदेखि सुरु हुने राप्ती अंचलको सर्वाधिक ठूलो गायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ को लमही र तुलसीपुरमा पनि अडिसन हुने भएको छ । आगामी जेठ ७ गते लमहीमा र १४ गते तुलसीपुरमा अडिसन गरिने कार्यक्रम संयोजक केएल पीडितले जानकारी दिनुभयो । अडिसनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन समाजसेवी गौरव आचार्यलाई लमही अडिसन संयोजक र ...

Read More »

कुटपिटमा संलग्न ३ युवा पक्राउ

kk

इन्द्रेणी संवाददाता दाङ, २५ बैशाख कुटपिटमा संलग्न रहेको आरोपमा दाङ प्रहरीले ३ युवकलाइ पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । त्रिपुर नगरपालिका ५ नारायणपुरमा हिजो राति भएको विवाह पार्टीमा झैझगडा गर्दै कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाँउका हरी चौधरी, हिमाल चौधरी र लक्ष्मीनारायण चौधरीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो । तिन जना ...

Read More »

ढुंगाले लागेर बृद्धको मृत्यु

feature

सल्यान, २५ बैशाख सल्यानमा ढुंगाले लागेर एक बृद्धको ज्यान गएको छ । सारपानी गर्पा गाविस २ धनठानाका ७५ बर्षीय जगत बहादुर घर्तीको माथीबाट लडेर आएको ढुंगाले लागेर ज्यान गएको हो । गाविसको झाँक्रि पधेँरा भन्ने स्थानमा मोटरबाटो खन्ने क्रममा बाटो छेउँमा राखिएको ढुंगा अचानक खसेपछि करिव २ सय मिटर तल हिडिरहेका घर्तीलाइ लागेको थियो । ढुंगाले लागेका घर्तीको घटना स्थलमै ...

Read More »

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

feature

दिप्तीशिखा चौधरी घोराही, २५ बैशाख दाङमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्युभएको छ । घोराहीनगरपालिका ३ ओखरामा रा १ त २१४१ नम्बरको ट्याक्टर दुर्घटना हुदाचालक सोही ठाउँकै ३० बर्षिय बहादुर चौधरीको मृत्युभएको हो । गएराती १२ बजे ट्याक्टर अनियन्त्रीतभएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएकाचौधरीको उपचारकाक्रममा राप्तीउपक्षेत्रिय अस्पताल घोराहीमा मृत्युभएको जिल्लाप्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी प्रकाशराज ...

Read More »

सवै वन समूहहरुलाई वन महासंघमा नविकरण गरिने

feature

देउखुरी, २५ बैशाख सामुदायिक वन उपभोक्ता महासंघ, गढवा इलाकाको भेला हिजो शुक्रवार गढवामा सम्पन्न भएको छ ।  भेलाले इलाका महासंघ अन्र्तगत गढवा र गंगापरस्पुर गाविसमा रहेका सवै सामुदायिक वन समूहहरुलाई आगामी जेठ मसान्तभित्र वन महासंघमा आवद्धता नविकरण गर्ने निर्णय गरेको छ । यसैगरी वन महासंघको घोराहीमा निर्माणाधिन भवनकालागि गढवा इलाका महासंघले दुइ लाख ५० हजार रुपैया वन समूहहरुबाट संकलन गरी ...

Read More »

श्रेष्ठको एकल गजल गायन

santosh shrestha

दाङ २५ बैशाख चर्चित संगितकार तथा गायक सन्तोष श्रेष्ठको एकल गजल गायन शुक्रवार घोराहीमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा गायक तथा संगीतकार श्रेष्ठले करिब दुई दर्जन गजलहरु गाउनु भएको थियो । विभिन्न गायक गायीकाहरुले स्वरमा रहेका र आफुले संगीत गरेका गजलहरु श्रेष्ठले गाउनु भएको हो । राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष कमलमणी ...

Read More »

सूचनालाई सरल र व्यवस्थित गरिनुपर्छ

13177767_865413763563637_2957242992217930851_n

घोराही, २५ बैशाख प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अबसरमा दाङमा पत्रकारीता र सूचनाको हक बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । शुक्रवार राष्ट्रिय पत्रकारीता दिवस आयोजक समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको संयोजनमा घोराहीमा पत्रकारीता र सूचनाको हकका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । दिवस आयोजक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षता एवं प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष ...

Read More »