Monthly Archives: May 2016

प्यूठानमा पर्यटन मैत्री तालिम अायाेजना हुने

dddd

इन्द्रेणी संवाददाता जेष्ठ ५ दाङ । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यालय दाङकाे अायाेजना, राप्ती अंचलस्तरीय पर्यटन प्रवर्धन समितिकाे अार्थिक सहयाेग तथा नेपाल पर्यटन पत्रकार संघ प्यूठान शाखाकाे संयाेजनमा यहि जेष्ठ १० र ११ गते प्यूठानको बिजुवारमा पर्यटन मैत्री तालिम संचालन हुने भएकाे छ । दुई दिनसम्म चल्ने तालिममा पर्यटनलाई व्यसायीकरण गर्न सेवामा सुधार गर्ने विषय मुख्य रहने अायाेजकले बताएको ...

Read More »

लैगिक हिंसा न्यूनिकरणका लागि जिल्ला ब्यापी अभियान 

iii

इन्द्रेणी संवाददाता दाङ, ५ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ दाङले लैगिक हिंसा न्यूनिकरणकालागि जिल्ला ब्यापी अभियान चलाउने निर्णय गरेको छ । जिल्ला महासंघ दाङको आज घोराहीमा सम्पन्न नवौ पूर्ण बैठकले लैंगिक हिसा न्यूनिकरणकालागि वन महासंघको सञ्जाल मार्फत अभियान चलाउने निर्णय गरेको हो । बैठकले जिल्ला महासंघ सहित सेक्टर, इलाका, नगर तथा गाउँ महासंघ मार्फत वन समूहतहमा हिंसा न्यूनिकरणका लागि ...

Read More »

लामो प्रयास पश्चात माओवादी समूहरुबीच भोलि एकता

Flag_of_the_Communist_Party_of_Nepal_(Maoist).svg

काठमाण्डौ ५ जेठ आन्तरिक द्वन्द्व र लामो प्रयास पछि विभिन्न माओवादी समूहहरु एकताको प्रयासमा ब्यस्त बनेका छन । पहिलो चरण भन्दै केहि माओबादी घटकहरुबीच भोलि एकता घोषणा हुँदैछ । पछिल्लो चरणमा कमजोर बन्दै गएका माओवादी पार्टीहरुबीचको एकताको सन्देशले धेरै माओवादी नेताहरु उत्साहित छन भने माओबादीको प्रमुख घटक मानिने एमाओबादी भित्र विवाद बढेको छ । मोहन बैद्य एकता गर्ने विषयमा पछि ...

Read More »

मगर पत्रकार संघमा ३ सदस्य र २१ सल्लाहकार चयन

12809631_1094607540581808_3360493914550009013_n

काठमाडौं । मगर पत्रकार संघले केन्द्रीय समितिमा ३ जना सदस्य मनोनीत गरेको छ । बुधबार काठमाडौंमा बसेको संघको दोस्रो पूर्ण बैठकले अप्सरा समाल (उदयपुर ), डिवी मगर (ओखलढुंगा) र नवीन रानामगर (स्याङ्जा)लाई मनोनीत गरेको बैठकपछि महासचिव देव पचभैयाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघले २१ जना वरिष्ठ मगर पत्रकारहरुलाई सल्लाहाकारमा चयन गरेको छ । महासचिव पचभैयाद्वारा जारी विज्ञप्तिका अनुसार ...

Read More »

लक्ष्मीपुर–गोग्ली सडक स्तरोन्नति

sadak

इन्द्रेणी संवाददाता लक्ष्मीपुर , ५ जेठ दाङको लक्ष्मीपुर –गो ग्ली सडकको स्तरोन्नती गरिएको छ । लक्ष्मीपुर –गोग्ली जोड्ने तीन किलो मिटर सडक स्तरोन्नती गरिएको हो । गाविसको दुई लाख ३० हजार रुपैयाँ र स्थानीयको श्रमदानमा सडक विस्तार भएको हो । स्थानीय भीमबहादुर सार्कीको अध्यक्षतामा सडक मर्मत तथा निर्माण उपभोक्ता समिति गठन गरी सडक स्तरोन्नतिको काम सम्पन्न भएको हो । लक्ष्मीपुर ...

Read More »

आधुनिक वसपार्क निर्माणको प्रकृया सुरु

ddddddddddddddd

इन्द्रेणी संवाददाता दाङ, ५ जेठ तुलसीपुरको नयाँ वस पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने योजना अबको एक महिनामै सुरु हुने भएको छ ।काम सुरु भएको मितिले १५ महिना भित्र काम पुरागर्ने गरी ठेक्का संझौता भएको छ । पहिलो चरणमा साढे दश करोड लागतमा आधुनिक वसपार्क निार्मणको लागि ठेक्का दिवा व्रर्ज निर्माण सेवा काठमाडौले लिने भएको छ । तुलसीपुर नगरपालिकाले झण्डै ...

Read More »

विद्यालयमा पूर्ण सरसफाई अभिमुखीकरण

sar

इन्द्रेणी संवाददता दाङ, ५ जेठ खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङको पूर्ण सरसफाई अभियान अन्तरगत जिल्लाको बाघमारे र गोबरडिहा गाविसमा विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ । गाविसमा रहेका ७ विद्यालयमा कार्यक्रम भएको थियो ।  बाघमारे गाविसको जनकल्याण उमावि सिमसुन्दरपुर, शिव प्रावि शिवरातिपोखरी र विरेन्द्र मावि खिलतपुर तथा गोवरडिहा गाविसको जनता मावि कालाकाटे, जनमुखी निमावि चिसापानी, निमावि बनघुस्री र रात्रि ...

Read More »

विश्व लोपोन्मुख हाँडफोर गिद्धको गुँड भेटियो

gi

दीपबहादुर घर्ती जाजरकोट, ५ जेठ । जिल्लामा विश्व लोपोन्मुख हाडफोर गिद्धको गुँड फेला परेको छ । पूर्वी रग्दा गाँउ विकास समितिको तल्लुभीरमा हाडफोर गिद्धको गुँड फेला परेको हो । स्थानियले दिएको सुचनाको आधारमा हेर्न जाँदा हाडफोर गिद्धको गुँड रहेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक सहायक गोविन्द सिहले बताए । उनले यो गिद्ध विश्वमै लोप हुने अवस्थामा रहेको बताउनुभयो । हँडफोर गिद्धलाई ...

Read More »

संघीय गठबन्धनको थप आन्दोलन घोषणा, काठमाडौंका सडकमा दैनिक जुलुस निस्कने

hhhhhhhh

५ जेठ, काठमाडौं । संघीय गठवन्धनले विभिन्न माग राखी सुरु गरेको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । गठबन्धन संयुक्त आन्दोलन मूल परिचालन समितिको वैठकले थप जेठ ६ गते देखि १७ गतेसम्मको आन्दोलन कार्यक्रमसमेत तय गरेको छ ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बैठक बसेको थियो । वैठकले आफ्ना मुद्दाहरुलाई सम्बोधन ...

Read More »

चट्याङ लागेर दुईको मृत्यु, दुई जना घाइते

chatyang

चितवन, ४ जेठ चितवनमा चट्याङ लागेर मंगलबार दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । हावा हुरी र पानीसँगै परेको चट्याङ लागेर राप्ती नगरपालिका १२ का २१ वर्षीय कमल पुन र मकवानपुर फापरबारीका ३५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो । तामाङलाई राप्ती नगरपालिका ८ गैडाढापमा खेत खनिरहेका बेला चट्याङ लागेको थियो । तामाङको उपचारका ...

Read More »