निजी बिद्यालयलाई सरकारले कमजोर बनाउन खोज्यो– अध्यक्ष शाही

दाङ १८ जेठ
एन प्याव्सनका केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाहीले सरकारले निजी बिद्यालयलाई कम्जोर बनाउने चाल चालेको आरोप लगाउनु भएको छ ।shahiरिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले बिभिन्न बहानामा सरकारले नीजि बिद्यालयलाई कम्जोर पार्ने दुस्साहस गरिरहेको बताउनुभयो ।

सरकारले ल्याउन लागेको शिक्षा बिधेयक आठौ संसोधन र शुल्क निर्देशिका त्यसको ज्वलन्त उदाहरण रहेको उहाँले बताउनु भयो । संसदमा रहेको शिक्षा बिधेयकले लोकतन्त्रको उपहास गरेको समेत आरोप लगाउनु भयो । मुलकका लागी शिक्षा क्षेत्रमा योग दान गरेका निजी बिद्यालयहरुलाई यो वा त्यो बाहनामा निरुत्साहित गर्न खोज्नु बिडम्वना भएको उहाँले वताउनुभयो ।

निजी बिद्यालयलाई अंकुश लगाउने नियतले शिक्षा मन्त्रीले त्यस्तो बिधेयक ल्याउन खोज्नु अन्यथा नभएपनिसंसदले बिधेयक पास गर्नु दुखद भएको उहाँको भनाई छ । सरकारले जारी गरेको शुल्क निर्देशिका अब्यबहारिक भएको उहाँको तर्क छ । बिधेयक र निर्देशिकाका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको भन्दै माग सम्वोधन नभए शान्ति पुर्ण आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*