मगर भाषा तथा मगर कर्मकाण्ड प्रशिक्षण

इन्द्रेणी संवाददाता
सल्यान, १८ जेठ
सल्यानको कांरागिठीमा ४ दिने मगर भाषा र मगर कर्मकाण्ड प्रशिक्षण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ केन्द्रिय मध्यपश्मिाञ्चल उपाध्यक्ष नेमबहादुर बुढा मगरले मगरहरु सँस्कृतिका धनी भएको बताउनुभयो ।magar

उहाँले मगरहरुको रितिरिवाज, चालाचलन, बोलीचाली, भेषभुषा अरु जातजातीको भन्दा भिन्नै भएको भन्दै सँस्कृतीको धनी नै मगर भएको बताउनु भयो । उपाध्यक्ष बुढा मगरले पछिल्लो समय मगर सँस्कृती नै लोप हुने अबस्थामा पुगेको बताउनु भयो ।

मगर सँस्कृतीको संरक्षणमा सबै जुट्नु पर्ने भन्दै उहाँले त्यसका लागी तालिम, गोष्ठी, लगाएतका कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो । यस्तै नेपाल मगर संघ जिल्ला समिति सल्यानका अध्यक्ष कलीराम घर्ति मगरले मगरहरुको सँस्कृतीको संरक्षण गर्नका लागी मगरात भाषा प्रशिक्षणको आयोजना गरेको बताउनु भयो ।

उहाँले जिल्लामा आधा भन्दा बढि मगरहरु रहेको बताउदै अब ती मगरहरु सबै एकजुट भएर मगर सँस्कृतीको संरक्षणमा लाग्न आग्रह गर्नु भयो । नेपाल आदिवासी जनजाति हकहित संरक्षण समिति कांरागिठी र नेपाल मगर संघ गाउँ समिति कांरागिठी सल्यानको आयोजना तथा नेपाल मगर संघ जिल्ला समिति सल्यानको सहजिकरणमा उक्त प्रशिक्षण कार्यक्रमको शुरु गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा मगर कर्मकाण्ड प्रशिक्षण अठार मगरात भाषाको बारेमा जानकारी दिईने आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रममा काभ्रा, लक्ष्मीपुर, छाँयाक्षेत्र, फलाबाङ लगायतका गाविसहरुका मगर मगरहरुको उपस्तिथि रहेको छ ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*