माओवादी केन्द्रद्धारा अग्नीपिडितलाई राहत प्रदान

इन्द्रेणी संवाददाता
भालुवाङ १८ जेठ
नेकपा माओवादी केन्द्र लालमटिया गाउँ पार्टीले देउखुरीको लालमटिया—७ सानीघोसका अग्नीपिडितहरुलाई राहत स्वरुप नगद प्रदान गरेको छ ।featureअग्नीपिडितहरुलाई सहयोग पु¥याउने उद्देश्यले पार्टीले सञ्चालन गरेको राहत रकम संकलन अभियान अन्र्तगत संकलित उक्त नगद घरमै पुगी प्रदान गरेको हो ।

गत बैशाख महिनामा जंगलमा सल्केको आगो बस्तीमा पस्दा सानीघोसका ६ वटा घरगोठ जलेर नष्ट भएको थियो । माओवादी केन्द्र लालमटिया गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षता एवम् पार्टी जिल्ला परिषद् सदस्य टोपबहादुर कार्कीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी अग्नीपिडितहरुलाइ राहत स्वरुप नगद प्रदान गरिएको हो ।

अग्नीपीडित गिरबहादुर गाहा, अंङ्गबहादुर गाहा, लोकबहादुर राना, गिरबहादुर रखाल र शशीराम बुढा मगरलाई जनही ५ हजारका दरले नगद राहत प्रदान गरेको हो । त्यसैगरी गोठ जलेका अग्नीपिडित यामबहादुर सुनारीलाई नगद १ हजार, त्यसैगरी गोबरडिहा—७ धैरेनीका अग्नीपिडित खेमराज शर्मालाइ ५ हजार र लालमटिया—७ बराखुटीका अग्नीपिडित मानबहादुर कुमाललाई नगद १ हजार राहत रकम प्रदान गरेकोसो पार्टीले जनाएको छ ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*