Monthly Archives: May 2016

मनिषाको पोस्टमार्टम रिपोर्ट आयो मृत्युको कारण हृयाङ्गिङ

१८ जेठ, काठमाडौं । फुटबल खेलाडी विलम घर्ती मगरकी बहिनी मनिषाको हत्या कि आत्महत्या भन्ने कुरा पास्टमार्टम रिपोर्ट आए पनि अझै प्रष्ट हुन सकेको छैन । १७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै  घरमा मृत भेटिएकी थिइन् ।   प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने बताएको थियो । उनको शव शिक्षण अस्पतालमा ल्याएर ...

Read More »

अनाधिकृत रुपमा हडपेको कनकमणिको जग्गा रोक्का

kanak-mani-dixit

अख्तियारको निर्देशनपछि जिल्ला मालपोत कार्यालय ललितपुरले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित सहित दीक्षित परिवारले अनधिकृत रुपमा हडपेको भनिएको करिब १८ रोपनी जग्गा रोक्का गरेको छ । अख्तियारको निर्देशनपछि दीक्षित परिवारले हडपेको भनिएको ललितपुरको जग्गाबारे खोजबिन थालेको जिल्ला भुमिसुधार कार्यालय ललितपुरले कनकमणी सहित कमलमणी र कुन्द दिक्षीतको नाममा म्याद जारी गरेको छ । भुमिसुधार कार्यालयका अनुसार कमलमणि दीक्षित र कनकमणि दिक्षीतले ...

Read More »

धुर्मुस-सुन्तली नमुना बस्ती निर्माणका लागि अमेरिकाबाट सहयोग

इन्द्रेणी संवाददाता  अमेरिकाको बोस्टन तामाङ् समाजले धुर्मुस–सुन्तली फाउन्डेसनलाई ६ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसन हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गर्दै आएका छन् । कट्टेल दम्पतीले भूकम्पपीडितका लागि निर्माणाधीन सिन्धुपाल्चोकस्थित गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणका लागि कम्पनीले सहयोग उपलब्ध गराएको हो । तामाङ् समाजले सहयोग रकम प्रभु मनी ट्रान्सफर बाट सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन ...

Read More »

बढ्दैछ नेपालमा अपराध , खुकुरी प्रहार गरी दाहालको हत्या

ref

दोलखा,१८ जेठ । दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ । दाहालको आज बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता दाहाल पनि गम्भीर घाइते हुनुभएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गरी फरार रहेका अमरबहादुर तामाङ लामालाई प्रहरीले ...

Read More »

कुपिण्डे ताल तथा शारदा नदी संरक्षण अभियान

सल्यान, १८ जेठ सल्यानको कुपिण्डे ताल र शारदा नदी संरक्षणका लागि अभियान थालिएको छ । बिद्यालयस्तरमा बिद्यार्थीहरुसंग छलफल परामर्श तथा जानकारी बिषयक कार्यक्रम रेडियो राप्ती सल्यानले जिल्लाका बिभिन्न ठाउमा सञ्चालन गरेकोे छ । ओरेक नेपालको आर्थिक सहयोग र रेडियो राप्तीको आयोजनामा सन्चालित कार्यक्रम सल्यानका बिभिन्न बिध्यालयहरुमा सँचालन भईरहेको छ । अभियान अन्र्तगत सोमवार बिद्यार्थी स्तरिय बिभिन्न प्रतियोगितात्मक कार्यक्रम जनता माबि ...

Read More »

निजी बिद्यालयलाई सरकारले कमजोर बनाउन खोज्यो– अध्यक्ष शाही

दाङ १८ जेठ एन प्याव्सनका केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाहीले सरकारले निजी बिद्यालयलाई कम्जोर बनाउने चाल चालेको आरोप लगाउनु भएको छ ।रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले बिभिन्न बहानामा सरकारले नीजि बिद्यालयलाई कम्जोर पार्ने दुस्साहस गरिरहेको बताउनुभयो । सरकारले ल्याउन लागेको शिक्षा बिधेयक आठौ संसोधन र शुल्क निर्देशिका त्यसको ज्वलन्त उदाहरण रहेको उहाँले बताउनु ...

Read More »

मगर भाषा तथा मगर कर्मकाण्ड प्रशिक्षण

इन्द्रेणी संवाददाता सल्यान, १८ जेठ सल्यानको कांरागिठीमा ४ दिने मगर भाषा र मगर कर्मकाण्ड प्रशिक्षण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ केन्द्रिय मध्यपश्मिाञ्चल उपाध्यक्ष नेमबहादुर बुढा मगरले मगरहरु सँस्कृतिका धनी भएको बताउनुभयो । उहाँले मगरहरुको रितिरिवाज, चालाचलन, बोलीचाली, भेषभुषा अरु जातजातीको भन्दा भिन्नै भएको भन्दै सँस्कृतीको धनी नै मगर भएको बताउनु भयो । उपाध्यक्ष बुढा ...

Read More »

कर्णाली चिसापानी त्रिपदेशीय मैत्री आयोजना

इन्द्रेणी संवाददाता जेठ, १८  काठमाडौं । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना दक्षिण एसियाकै लागि लाभप्रद भएकाले सरकारले चीन र भारतलाई सहकार्य गरेर बनाउन प्रस्ताव गरेको बताए । उनले बाढी नियन्त्रण, ऊर्जा उत्पादन, पर्यटन, सुख्खायामको नियन्त्रित पानी लगायतका लाभका आधारमा लगानीमा साझेदारी गर्न दुई छिमेकी देशलाई प्रस्ताव गर्ने निर्णय गरिएको छ । सरकारले ...

Read More »

माओवादी केन्द्रद्धारा अग्नीपिडितलाई राहत प्रदान

feature

इन्द्रेणी संवाददाता भालुवाङ १८ जेठ नेकपा माओवादी केन्द्र लालमटिया गाउँ पार्टीले देउखुरीको लालमटिया—७ सानीघोसका अग्नीपिडितहरुलाई राहत स्वरुप नगद प्रदान गरेको छ ।अग्नीपिडितहरुलाई सहयोग पु¥याउने उद्देश्यले पार्टीले सञ्चालन गरेको राहत रकम संकलन अभियान अन्र्तगत संकलित उक्त नगद घरमै पुगी प्रदान गरेको हो । गत बैशाख महिनामा जंगलमा सल्केको आगो बस्तीमा पस्दा सानीघोसका ६ वटा घरगोठ जलेर नष्ट भएको थियो । माओवादी ...

Read More »