Monthly Archives: April 2016

डढेलो नियन्त्रणमा लिने क्रममा २ को मृत्यु

feature

सल्यान, १५ बैशाख सल्यानमा डढेलो नियन्त्रणमा लिने क्रममा दूई जनाको ज्यान गएको छ । घर नजिकैको वनमा लागेको आगो नियन्त्रणका क्रममा शारदा नगरपालिका ११ हिवल्चाका ४५ वर्षीया बालिका बस्नेत र उहाँका १२ वर्षीय छोरा नविनको ज्यान गएको हो । घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणमा गएका उनीहरुको ज्यान गएको स्थानीय तुफानबाबु गिरीले जानकारी दिनुभयो । आगो नियन्त्रणका क्रममा धुवाका कारण ...

Read More »

राहत लिएर गए खिर्कीका अग्नीपिडित

feature

शान्त कुमार बुढा मगर बैशाख १५ आगलागीका कारण घरवास जलेर नष्ट भएपनि अहिले सम्म राहत नपुगेपछि राहतको खोजिमा लमही आएका राजपुर ९ छेक्रियानाका वासिहरुलाई राहत वितरण गरिएको छ । करिव ५ घण्टा पैडल हिडेर राहतको खोजिमा आएका उनिहरु हिजो सोमवार लमही आईपुगेका थिए । गत बैशाख ९ गते डम्वर वहादुर खड्काको घरमा सोलार सर्त भएर आगो लाग्दा चार घर जलेर ...

Read More »

पुर्पक्षका लागी कारागार चलान

kara

इन्द्रेणी संवाददाता दाङ, १५ बैशाख दाङ देउखुरी जिल्ला अदालतले हत्याको अभियोगमा पक्राउ परेका एक जनालाइ पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले रोल्पाको जेदवाङ गाविस १ घर भई घोराही नगरपालिका ६ रझेनामा वस्दै आउनुभएका ३८ वर्षका विष्णुबहादुर महराको हत्या अभियोगमा पक्राउ परेका सौडियार ३ बस्ने हिमाल भनिने खिमबहादुर डाँगीलाइ पुर्पक्षका लागि घोराही कारागारमा चलान गरेको हो । महराको शव ...

Read More »

वेपत्ता छोराको खोजी गरिदिन आग्रह

ama

दीपबहादुर घर्ती जाजरकोट, १५ बैशाख । वैदेशिक रोजगारको शिलशिलामा मलेसियामा विगत तीन वर्ष देखी सम्पर्क विहिन भएका छोराको खोजी गरिदिन आमाले सरकासंग माग गर्नुभएको छ । जाजरकोटको उत्तरपश्चिम टालेगाउँ गाविस वडानं. १ का महेन्द्र सिंह तीन वर्षदेखी सम्पर्क विहिन भएर वेपत्ता भएको उहाँकी आमा गंगा सिहंले वताउनुभयो । घरमा छोरा फर्केर आउने भन्ने धेरै पहिले देखीको आशा टुटी सकेपछि खोजिका ...

Read More »

हात भाँचिएकी वालिकाको उपचारका क्रममा मृत्यू

feature

दीपबहादुर घर्ती जाजरकोट, १५ बैशाख । हात भाँचिएर उपचारको लागी रुकुम चौरजहारी स्थित मानव विकास तथा सामुदायिक सेवा अस्पतालमा लगिएकी जाजरकोटकी एक बालिकाका उपचारका क्रममा ज्यान गएको छ । भेरीमालिका ११ मटेलाका अनिल शर्माकी डेढ बर्षिया छोरी अर्पना शर्माको सोमवार अस्पतालमै ज्यान गएको हो । गत ६ गते आफ्नै घरमा खेलिरहेको अवस्था एक्कासी लडेर वाँया हात भाँचिएकी ति बालिकालाई उपचारको ...

Read More »

हिन्दु जागरणको संगठन विस्तार तिव्र

feature

दाङ, १५ बैशाख हिन्दु जागरण नेपाल दाङले संगठन विस्तारलाई तीव्रता दिने भएको छ । जागरणको मंगलवार बसेको बैठकले हिन्दु जागरणको संगठन विस्तारका लागी संयोजकहरु पनि तोकेको छ । जस अनुसार जिल्ला संगठन विस्तार संयोजकमा रुपा वली, घोराही नगर संगठन विस्तार संयोजकमा सनम केसी रहनुभएको छ । यसैगरी, दाङ क्षेत्र नम्बर ३ को संयोजकमा रुक्मीणा न्यौपाने, त्रिपुर नगरपालिका संयोजकमा बसन्त गुरुङ, ...

Read More »

उद्यमले व्यूँझिएकी धनमाया

13081825_1111457225560656_1884596046_n

 धनीराम शर्मा दाङ   १३ बैशाख पारिवारिक जीवनमा भाग्यले ठगेपनि उद्यममा जाँगर पसिनाको साथले व्यूँझिएकी धनमाया यतिबेला उत्कृष्ट महिला उद्यमी बनेकी छन् । आज भन्दा करिब ४ वर्ष पहिले श्रीमानको दुघर्टनामा परि मृत्यू भएपछि उनको जीवनका कालरात्री शुरु भएको थियो । शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ भन्ने उक्तिलाई सावित गर्दै उनले कृषी उद्यममा सफलता हासिल गरेकी हुन् । यतिबेला धनमाया दाङकै अब्बल ...

Read More »

पुनःनिर्माणपछि हेलम्बुको आर्कषक पेमाछोलिङ

gumba-helambu.jpg-339x177

मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको उत्तर– पश्चिमस्थित हिमाली गाउँ सेतिध्याङ कि फिन्जो ओमु बिहान ५ बजे उठ्छिन् उठ्ने बित्तिकै उनी केही बेरको घरको काम सकेर विद्यालय जाने तयारीमा व्यस्त हुन्छिन् । घरबाट करिब दुई घन्टाको ओरालोपश्चात् उनी आफूले शिक्षा आर्जन गर्ने हेलम्बु–६ नाकोतेस्थित पेमाछोलिङ निमावि पुग्छिन् । यो त उनको भूकम्पपछिको दैनिकी नै बनेको छ । भूकम्पपछि खण्डघरमा परिणत भएको आफ्नो विद्यालयको ...

Read More »

७० वर्षको उमेरमा नागरिकता पाउँदा

nagarita-422x280

मोरङकी विमाया तामाङले ७० वर्षको उमेरमा नागरिकता पाएकी छिन् । मोरङ केराबारी–५ का ५३ वर्षीय ज्ञानबहादुर पाण्डेसँग दुई वर्षअघि विवाह गरे पनि नागरिकता जिल्ला प्रशासन कार्यालय मोरङबाट हिजो प्राप्त गरे । जिल्ला प्रशासन कार्यालय मोरङले २००२ सालको जन्म मिति कायम गरेर विमायालाई नागरिकता प्रदान गरेको खरिदार टेकबहादुर श्रेष्ठको भनाइ छ । श्रीमान् ज्ञानबहादुर पाण्डेको नागरिकतालाई आधार मानेर विमायालाई नागरिकता दिएको ...

Read More »

सबै सञ्चारगृहरुलाई उद्योग सरह मान्यता

sanchar

काठमाण्डौ, १३ बैशाख सरकारले सबै सञ्चार गृहरुलाई उद्योग सरह मान्यता दिने भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारगृहहरुमा व्यवसायिकता र उद्यमशिलता बढ्दै गएकाले रोजगारी र कुल गार्हस्थ उत्पादनमा सहयोग पुगेको भन्दै सञ्चार माध्यमलाई पनि उद्योग सरह मान्यता दिने मन्त्रीस्तरीय निर्णय भएको जानकारी दिनुभयो । यो निर्णयलाई अब मन्त्रिपरिष्द् बैठकमा लैजाने पनि उहाँले बताउनुभयो । त्यस्तै सरकारले रेडियोहरुलाई पनि ...

Read More »