Monthly Archives: April 2016

प्रचण्ड भोली दाङ आउदै

prachanda

इन्द्रेणी संवाददाता दाङ, ९ बैशाख एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली दाङ आउदैँ हुनुुहुन्छ । एकिकृत  मोओवादी निकट थारु मुक्ति मोर्चाको तुलसीपुरमा हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड दाङ आउन लाग्नुभएको हो । भोली १० गते तुलसीपुरको अरनिको मैदानमा सम्मेलनको उद्घाटन हुने र सभालाई पार्टीका केन्द्रिय अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । थारु मुक्ति मोर्चाका केन्द्रिय ...

Read More »

बैंककमा आज ‘नेपाल महोत्सव’ हुँदै

काठमाण्डौ, ९ बैशाख थाइल्यान्डको राजधानी बैंककमा आज ‘नेपाल महोत्सव’ हुँदैछ । नेपालको पर्यटकनलाई बढवा दिन महोत्सव हुन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल महोत्सवमा भाग लिन हिजो त्यसतर्फ जानु भएको छ । नेपाली राजदूतावास, बैंकक र गैरआवासीय नेपाली सङ्घ, थाइल्यान्डको संयुक्त आयोजनामा यही आजदेखि १३ गतेसम्म बैंककमा महोत्सव हुँदैछ । सम्मेलनका प्रमुख अथिति मन्त्री पोखरेलले महोत्सवको ...

Read More »

बालबालिका सामुदायिक विद्यालयमा फर्काउँदै

Community-School

सल्यान, ९ बैशाख विद्यार्थी भर्ना अभियान सुरु भएसंगै सल्यानको एक विद्यालयका शिक्षक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुले निजि विद्यालयमा पढिरहेका छोराछोरी सरकारी विद्यालयमा फिर्ता ल्याएका छन् । आफ्ना छोरा छोरी र आफन्तहरुले निजी विद्यालय भर्ना भएर पढ्ने तर सरकारी विद्यालय पढाऊने भएपछि सरकारी शिक्षामा अभिभावकको विश्वास गुम्न थालेको भन्दै शिव जनउमावि शितलपाटी सल्यानका शिक्षक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले आफ्ना ...

Read More »

पानीमा डुबेर बच्चाको मृत्यु

tt

सल्यान, ९ बैशाख भाँडोमा राखेको पानीमा डुबेर सल्यानमा एक ९ महिने बच्चाको मृत्यु भएको छ । सिनवाङ गाविस वडा नम्बर १ निवासी हर्कबहादुर बोहोरा र विष्णु बोहोराको नौं महिनाको छोरा दिपेश बोहोराको ताउलामा राखेको पानीमा डुबेर मृत्यु भएको हो । बच्चा खेल्दै गर्दा आँगनमा राखेको ताउलाको पानीमा डुवेर मृत्यु भएको परिवारले बताएका छन् ।

Read More »

रुकुममा सासुको हत्या गर्ने वुहारी पक्राउ

hasiya

रुकुम, ९ वैशाख सासुको हत्या गरेको आरोपमा रुकुम मग्मा ५ मा एक बुहारी पक्राउ परेकी छन् । ७२ वर्षकी बिष्णु कुमारी खत्रीको हत्या अभियोगमा उहाँकी कान्छी बुहारी १८ वर्षकी सुनिता खत्रीलाई प्रहरीले पक्रेको हो ।सुनिताको माइती जाने बिषयमा सासु बिष्णुसँग विवाद हुँदा गएको आइतबार राति हत्या भएको प्रहरी कार्यालय रुकुमले जनाएको छ । सुनिताका श्रीमान् गएको दुई वर्षदेखी रोजगारीका लागि ...

Read More »

गाडिको छत र ढोकामा झुण्डिएर यात्रा नगर्न आग्रह

index

इन्द्रेणी संवाददाता तुलसीपुर, ९ बैशाख तुलसीपुर जिप तथा माईक्रो मिनिवस वस व्यवसायी समितिले गाडिको छत तथा ढोकामा झुण्डिएर यात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ । ग्रामिण क्षेत्रका सडकहरुमा व्यापकरुपमा छत र ढोकामा बसेर यात्रा गराईरहेको भन्ने गुनासो आएपछि समितिले चालक, यात्रु तथा गाडि धनिहरुलाई त्यस्तो आग्रह गरेको हो । सिट क्षमता भन्दा धेरै यात्रु बोक्दा सवारी दुर्घटनाको जोखिम उच्च ...

Read More »

विदेशीको समर्थन जुटाउन कुटनैतिक छलफल

Madeshi-Morcha-Meeting

काठमाण्डौ, ९ बैशाख आन्दोलनमा विदेशीको समर्थन जुटाउन मधेसी दलले आज नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गर्दै छन् । आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहका मधेसवादी दलहरुले विदेशी कुटनीतिक प्रतिनिधिको बिचार बुझ्न लागेका हुन् । आज होटल र्¥याडिसनमा छलफल आयोजना गरेको मोर्चाले आफ्ना माग र आन्दोलनबारे कूटनीतिज्ञहरुलाई प्रस्ट पारिने कार्यक्रम रहेको जनाएको हो । संघीय समाजवादी फोरमा अध्यक्ष उपेन्द्र यादवले ...

Read More »

६ माओवादी एक ठाउँमा

6-mao-meet

काठमाडौ, ९ बैशाख सशस्त्र द्वन्द्वकालीन मुद्धालाई लिएर छ माओवादी एक ठाउँमा उभिएका छन् ।एकीकृत माओवादी अध्यक्ष प्रचण्डको आहृवानमा हिजो पेरिसडाँडामा विभाजित माओवादीहरुको भेला नै भएको थियो । बैठकमा विप्वल माओवादीका नेताहरु अनुपस्थित रहे भने नयाँ शक्ति नेपाल निर्माणमा लागेका बाबुराम भट्टराईको पार्टीका प्रतिनिधि भने सहभागी भएका थिए । बैठकले शान्ति प्रक्रियालाई भाड्ने प्रयास भइरहेको भन्दै माओवादीहरु एक ठाउँमा अभिनु पर्नेमा ...

Read More »

वच्चासहित हराएकी महिलाको खोजी गरिदिन आग्रह

feature

इन्द्रेणी संवाददाता दाङ, ९ बैशाख दाङमा वच्चासहित एक महिला हराएपछि उनको परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । घोराही नगरपालिका ८ सुविधा टोलकी २३ वर्षिया माया घर्ति वुढा मगर ३ वर्षका छोरासहित यहि वैशाख ७ गतेदेखि सम्पर्कविहिन हुनुभएको छ । जेदवाङ गाविस ४ रोल्पा माइत भएकी विष्णु यहि ७ गते घरवाटै हराइरहेको र अझैसम्म सम्पर्कमा नआएको उहाँकी अंकल प्रेम वुढाले ...

Read More »

दाङमा हप्तादिनमा पुरै पाठ्यपुस्तक उपलव्ध गराइने

index

रेखा मगर दाङ, ९ बैशाख विद्यार्थी भर्नासँगै हातमा पुरै पुस्तक उपलव्ध हुन नसकेको दाङमा अवको एक हप्ताभित्रै पुरै पाठ्यपुस्तक उपलव्ध गराइने भएको छ । दाङमा कक्षा १ देखि ५ कक्षासम्मको पुस्तक वजारमा प्रर्याप्त रहेको दावि गर्दै जिल्ला शिक्षा कार्यालयले ६ कक्षा देखि ९ कक्षा सम्म केहि पुस्तक अभाव रहेको जानकारी दिएको छ । जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले  जिल्लामा पुरै ...

Read More »