आगलागीबाट थकरीकोटमा तीन घर जलेर नष्ट

सन्तोषकुमार गुप्ता
भालुवाङ १८ बैशाख ।।
देउखुरीको सिसहनियाँ—७ थकरीकोटमा आगलागी हुँदा तीन घर खरानी भएका छन् । जंगलमा लागेको आगो थकरीकोट बस्तीमा पस्दा तीन घर जलेर खरानी भएको हो ।feature
आगलागीबाट रिमबहादुर थापा, सुमन थापामगर र आत्माराम सारुमगरको घर जलेर खरानी भएको थकरीकोट गाउँ अगुवा दुर्गा उचही मगरले जानकारी दिनुभयो ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, जिन्सी, नगद र काठपात गरी करिब १० बढीको क्षति भएको छ । जंगलमा लागेको आगो निभाउन बिहानै देखि लागेको भए पनि भौगोलिक कठिनाई तथा तीब्र हावाले गर्दा आगो नियन्त्रणमा लिन नसक्दा बस्तीमा पसेको हो ।
अग्नीपडितहरु अहिले आफन्तको सरणमा रहेका छन् ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*