गजल अभियान दाङको पहिलो श्रृङ्खला सम्पन्न

gajal abhinइन्द्रेणी संवाददाता 

बैशाख १८ दाङ । गजल अभियान दाङले शनिबार घोराहीमा आफ्नो पहिलो कार्यक्रमको रुपमा गजल वाचन  श्रृंखला सम्पन्न गरेको छ । कार्यक्रमका संयोजक प्रबल बिष्टको अध्यक्षता र राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गजलकारहरु यमुना पुन, प्रतिक संग्रामी, आशिष कल्पवृक्ष, के डी शर्मा एकल, एसपि माथवर, नगेन्द्र गुरु, छविलाल कोपिला, विष्णा चौधरी, देवा डाँगी, काशीराम घर्ती, भवानी न्यौपाने भावना संजु मगर, मुकेश वली, दीपक केसी, नवराज सुनारले गजल वाचन गरेका थिए । सो अवसरमा राप्ती साहित्य परिषदका बरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, गजलकार घनश्याम अस्तित्व, कवि तिलक अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । 

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*