गोरखा सेवा समाज यूएइको शुभकामना कार्यक्रम सम्पन्न

युएई- गोरखा सेवा समाज यूएईले नयाँ बर्ष ०७३ को आगमन सँगै शुभ कामना आदान प्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार दुबईको जेबील पार्कमा संस्थाका अध्यक्ष बिनोद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त शुभकामना तथा बनभोज कार्यक्रममा गोर्खाली तथा गैह् गोर्खालीहरू बिच एक आपसमा शुभकामना साटासाट गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अथिती संस्थाका संरक्षक उत्तम अधिकारी,बिषेश अथिति क्रमशस् नेपाली समाज यूएईका अध्यक्ष तथा समाजसेवी सि।पी सापकोटा ,एनआरएन युएईका अध्यक्ष सुदिप कार्की रहेका थिए।

Gorakha samaj

यसै गरी अथितिहरूमा बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा,एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ,पत्रकार महासघ युएईका पार्सद सदस्य भुपराज बस्याल,मितेरी समाज युएईमा संरक्षक प्रेम रिजाल समाजसेवी सालिक सुबेदी लगायत युएईमा रहेका सम्पुर्ण जिल्लाका संघ सस्थाका प्रमुख तथा प्रतिनिधि तथा यूएई भरी छरिएर रहेका गोरखा जिल्ला बासिको तथा गैह् गोर्खालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

बैदेशिक रोजगारको निम्ति युएईमा रहेका सम्पर्ण गोर्खालि दाजुभाई तथा दिदि बहिनिहरूलाई समेट्दै प्रवासमा जिल्ला बासीहरूको पिर मर्का एवं जिल्लाको ऐतिहासिक पहिचानको निम्ति केही गर्न सकिन्छ रु कि भन्ने उदेश्यले स्थापना भएको यो विशुद्द सामाजिक संस्था गोरखा सेवा समाज यूएईले हरेक बर्ष जस्तै यो बर्ष पनि कार्यक्रम आयोजना गरेको हो।युएईमा एक भिन्न पहिचान राख्न सफल यस गोरखा सेवा समाज बिबिदत रूपमा यो बर्ष जिल्ला कार्यालय गोरखामा दर्ता गरी सकेको छ। कार्य्रकाम संस्थाका संलाहकार गोबिन्द ढकालले संचालन गरेका थिए।

रातोपाटी बाट 

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*