औद्योगीक क्षेत्रका लागी सरकारको गृहकार्य

इन्द्रेणी संवाददाता
दाङ १८ बैशाख
दाङको धर्ना गाविसमा ५ सय विगाह जमिनमा प्रादेशीक औद्योगीक क्षेत्र घोषणा वनाउन सरकारले गृहकार्य थालेको छ । यहि वर्षको बजेट तथा कार्यक्रममा दाङमा औद्योगीक क्षेत्र घोषणा गर्ने तयारी गरिएको उद्योगमन्त्री शोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।kk

शुक्रावार दाङ जिल्ला उद्योग वाणिज्य संघले औद्योगीक क्षेत्र निर्माणको विषयमा मन्त्रालयमै गरेको भेटघाट कार्यक्रममा मन्त्री पाण्डेले एक हप्ता भित्र विस्तृत प्रपोजल, स्थानीय निकायहरुको सहमती, नक्सा सहितको विवरण पेश गर्न निर्देशन दिनुभयो ।

एउटा औद्योगीक क्षेत्र वनाउन डेढ अर्व वढी लगानी लाग्ने उहाले जानकारी दिनुभयो । सरकारले वाटो, विजुली, खानेपानी जस्ता आधारभुत कुराको ब्यवस्था गर्ने, छरिएर रहेका उद्योगहरुलाई ब्यवस्थीत रुपमा सञ्चालन गर्न औद्योगीक क्षेत्रको अवधारणा ल्याइएको हो ।

राजधानी डेलीगेसनमा आएको टोलीले उपप्रधान तथा सहकारी मन्त्री चित्रबहादुर केसीलाई भेट गरेको छ । दाङ जिल्लाको विकासका लागी राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठान कार्यान्वयन सहितका १५ वटा विकास निर्माणका योजनालाई प्राथमिकतामा राख्न अनुरोध गरिएको छ ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*